Tuesday, December 17, 2019

नेपाली इसाइ गजल- सन्सारले ज्योती..

गजल

सन्सारले ज्योती पायेको दिन,खृस्टमस आउदैछ ।
नाच्न गाउन मन लाग्यो,यो दिलमा उमङग छाउदैछ ।

हिमालमा सेतै हिउँ पर्यो,तराइमा जाडो बड्यो,
लालुपाते फुलमा बसि ,कोइलीले गीत गाउदैछ ।

आकाशमा तारा झिलिमिली चिसो चिसो रात छ ,
सुसन्देश बोकि यो हावा पनि, गाउबेशी धाउदैछ ।

गोठाला बिनाको भेडा झै, बरालियेको मानिसलाई,
बेथेलेहेम नगरको, गाइको गोठले आज, प्रीत लाउदैछ ।

बाटो सत्य र जीवन येशु, अर्को बाटो छैन स्वर्ग जाने,
झिलिमिली उत्सबले आज स्वर्ग र सन्सार रमाउदैछ ।

✍️prem baraili

Wednesday, November 20, 2019

Merry Christmas वा happy Christmas भन्ने ??



हामिले Happy christmas भन्ने कि merry christmas भन्ने ???

2019 christmas पनि बिस्वभर उल्लास सग मनाउने तयारी भै रहदा मेरा धेरै साथिहरुले happy christmas भन्दै message गरे कतिले happy merry christmas भनेर गरे कोहिले merry christmas भनेर गरे । कोहिले merry होइन happy लेख्नु पर्छ भन्ने सुझाब पनि आयो । तर धेरै नेपाली क्रीस्चियनहरुमा merry christmas भन्ने कि happy christmas भन्ने कुरामा बिबाद भयेको देखियो । र कति पय चर्चमा merry हैन happy प्रयोग गर्नु पर्छ किनभने merry त roman catholics ले प्रयोग गर्छ्न । merry भनेको येशुको आमा हो भन्ने कुरा पनि पाइयेको छ । तर बास्तबमा के हो त यो merry christmas ?
मैले केही पुस्तक अध्यन गरेर तपाइलाइ पनि जानकारी गराउने कोसिस गरेको छु । christmas को ईतिहास बाट भन्दा साब्दिक अर्थ बाट जानकारी दिन खोजेको छु ।
merry को अर्थ के हो त के सच्ची merry शब्द येशुको आमाको नाम बाट लियेको हो त ?
wikipedia बाट

merry
/ˈmɛri/
adjective
cheerful and lively.
"the streets were dense with merry throngs of students"
synonyms:cheerful, cheery, in good spirits, high-spirited, blithe, bright, sunny, light-hearted, buoyant, bubbly, lively, carefree, without a care in the world, joyful, joyous, rejoicing, jolly, jocund, convivial, festive, mirthful, gleeful, happy, glad, laughing;

merry = को नेपाली अर्थ हुन्छ = प्रमुदित ( google) बाट
प्रमुदित = को पर्यायबाची सब्दहरु जस्तै = हसिलो , खुसी, पबित्र आत्मा,उज्यालो,चम्किलो,आनन्द आदि हुन्छ ।
 सधारण भासामा हामी कसैलाइ आदर गर्दा ज्यु, हजुर,आदरणीय ,मानननिय भन्ने गर्छौ उनी उच्च शब्द प्रयोग गर्दा हामी "सम्माननिय " सब्द प्रयोग गर्छौ । यस्तै हामी happy नभनेर merry उच्च शब्द प्रयोग भयेको बुझ्नुपर्छ । happy एउटा अबस्थामा प्रयोग गरिन्छ तर merry एउटा व्यबहार सग जोडियेर आउँछ ।
यसर्थ merry लाई उच्च शब्द भन्न सकिन्छ ।

बाइबल बाट पनि हेरौ ।
मत्तिको पुस्तकमा यसरी लेखियेको छ । english मा हेरौ ।
The Birth of Jesus Christ
18 Now the birth of Jesus Christ[a] took place in this way. When his mother Mary had been betrothed[b] to Joseph, before they came together she was found to be with child from the Holy Spirit
मत्ती 1:18 (NNRV)
18. येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।
-
अब हेरौ letter र word बाट
हामिले प्रयोग गर्ने merry हो अनि येशुको माताको नाम mary हो , अर्थात merry नाम हैन न त यो येशुको माता mary को छोटकरी रुप हो ।
यो complete objective हो ।
सुन्दा एउटै तर फरक अर्थ लाग्ने यो शब्द हो । नेपाली व्याकरण अनुसर जसलाइ श्रुतिसमभिन्नार्थक भन्निन्छ ।

What does the name Christion mean?
The meaning of the name “Christion” is: “Follower of Christ”.

christion भनेको येशुको अनुसरण गर्ने मानिस वा मानिशरु ।

अब हेरौ mass को अर्थ =
Mass is both a property of a physical bodyand a measure of its resistance to acceleration (a change in its state of motion) when a net force is applied.[1] The object's mass also determines the strength of its gravitational attraction to other bodies.

Mass on christ's day
अर्थात येशुको जन्मदिनको जमात

mass को अर्थ हुन्छ बस्तुको परिणाम र भौतिक रुपमा नाप्न सकिने बस्तु हो ।
Merry christmas
christian हरुको mass जमातलाइ कालान्तरमा
Christmas भन्न थालियो ।

merry = cheerful, cheery, in good spirits, highspirited, blithe, bright, sunny, lighthearted, buoyant, bubbly, lively, carefree, without a care in the world, joyful, joyous, rejoicing,
christion + Mass = Christmas

अझै गहिरियेर बुझ्न चाहानुहुन्छ भने google मा गयेर
#meaning of Merry लेखेर खोज्नुस,
# why do we say merry christmas not happy ?
यसर्थ
"Merry Christmas"
Merry = आनन्द,खुसी, उज्यालो
Christmas = येशुको दिनको जमात
अर्थात येशु प्रभु जन्मनु भयेको दिनमा आनन्द ,हर्ष मनाउनु  ।

यसर्थ
Merry Christmas
हामी सबै इसाइहरुले प्रयोग गर्न सक्छौ ।
ता कि हामिले Happy christmas पनि प्रयोग गर्न सक्छौ ।
धन्यवाद ।

यहाहरुको सल्लाह सुझाबको अपेक्षा गरेको छु ।
आमेन ।

✍️Prem Baraili

Thursday, November 7, 2019

गजल - रित्तो लाग्थ्यो जीवन


रित्तो लाग्थ्यो जीवन,येशुको प्रेममा खास भयो
निराश थिये म,तर अनन्त जिबनको आश भयो

अन्धकारमा हरायेको थिये ,तर उहाले खोज्नुभयो ,
बाटो छेक्ने मेरा पापहरु,येशुको नाउमा नाश भयो ।

रोटि मात्र हैन जीवन जिउनलाइ वचन पनि चाहिन्छ
प्रभुको वचन,भोको आत्माको लागि मीठो गाँस भयो

जिबनको रहस्य बुझन थाले,पर्मेस्वरको माया पायेर
म अधर्मिको लागि अनुग्रह ,जीवन दिने सास भयो ।


✍️ Prem Baraili

Tuesday, October 15, 2019

कबिता :- भुटान देखि अमेरिका सम्म ।

कबिता:- भुटान देखि अमेरिका सम्म ।✍️ प्रेम बराइली


म सोच्दै छु यतिबेला पृथ्वीमा मानिस भन्दा श्रेष्ठ प्राणी कुन होला ?
मानिसले लगाये देश देशमा पर्खाल,जन्म भुमी आफ्नो भयेन कस्तो होला ?
नेपाली भाशी हाम्रो दाजु भाइलाइ, भुटानी भन्दा गर्व लाग्छ हौ नेपाली ।
जात,वर्ण,भाशा सस्कृती सबै मिल्छ उनिहरुको सन्तान हुन हाम्रै गोर्खाली ।

लाखौ भुटानिलाइ नेपाली नालाक्पा भनेर रातारात देशबाट निकालियो ,
जन्मेको देशको माया हुदाहुदै ज्यान जोगाउन नेपालको शरणमा आइपुग्यो ।
कति मारिये उतै,कति चेली बलात्कृत भये,कति परिवार छिन्न बिन्न भयो हिसाब भयेन ,
गुडबाट भड्कोयेको चरी झै कहाँ बस्ने के खाने , कसैको केही होस थियेन ।।

हाम्रो धेरै आफ्नो पन मिल्यो नेपाली सग, त्यसैले घाम पानी छेक्ने ठाउँ पाइयो
त्यो दर्दनाक समय कस्ले लेख्ने ? कस्ले बुझ्ने हृदयमा नै दुखायेर अटाइयो ,
धेरै बर्स पछि बाशको छाप्रा जोडियेको घरमा उकुस मुकुस हुँदै बस्न त मन थियेन
तर सास रहुन्जेल आश हुन्छ भने झै आशा रहयो , बुझ्ने त कोहि थियेन ।

मिठो खायेर पिजडामा थुनिनु भन्दा भोको पेटमा स्वतन्त्र रमाउनु आनन्द हुन्छ ,
देश फर्किने रहरहरु थियो ,अहिले पनि घरी घरी बेस्सरी भुटान जाने रहर हुन्छ ।
तर सिमाना छ जाती र देशको , देश फिर्तिको फहल कसैले गरिदियेन ,
बर्शौ बित्यो शरणार्थी भयेर ,अब त जाने कुनै आशा पनि भयेन ।

विश्व खाध्य सस्थाले खान ,लाउन त दिन्थ्यो तर हाम्रो आवस्वक्ता कस्ले बुज्ने,
अरुले दया र माया गरेको पैसा र खानाले थुनियेर कहिले सम्म बाच्ने ?
म रनभुल्लमा छु
म भुटान बाट नेपाली भनेर लखेटिये तर म नेपाली हु भन्न अधिकार पनि छैन ,
मेरा पुर्खा नेपाली नै हुन भने कुन नियमले बाधेर हामिलाइ नेपाली भन्न दियेन ?
हुन त यतिका बर्श बस्दा हामिलाइ पनि उत्तिकै नेपालको माया लागेर आउँछ ,
मान्छे एक देशबाट अर्को देशमा जादा के उसका मानबियता पनि हराउँछ ??

कस्तो नियम हो यो कस्तो नमिलेको रिति ,छुट्याइन्छ यहाँ आफ्नो र बिरानो ,
हाम्रो पनि देश थियो,जहाँ हामी रमाथ्यौ भन्ने कुरा भै दियो पुरानो ।
भुगोलमा कोरियेको सिमानाको रङले, मानबता चटक्कै भुल्दो रैछ ,
जिबनमा कहिले काहीँ फुल रोप्दा बनमारा पनि फुल्दो रैछ ।
कयौ पटक खोजे मेरो देश तर बिस्तारै समयले आफै भुल्दो रैछ ।

बासको छाप्रो भित्रको काथा,जहाँ हजारौ कथा लुकेको थियो जो कतै लेखियेको छैन,
त्यहा भित्रको छट्पटी ,असहज कति थियो कति दुनियाले देखेको थियेन ।
हजारौ सन्ख्या भये पनि सुनसान जस्तै भयेर जीवन चलिरह्यो,
अरुले दिने आशामा , बिना परिस्रम हाम्रो घर भित्र चुल्हो बलि रह्य्हो ।

तर पनि हामी भुटान फर्कन पाये हुन्थ्यो भन्ने सन्त्रासले मन जलि रह्यो ।
हामिलाइ थाहा थियो यो छाप्राहरु परदेशिले बाँस बस्ने यात्रीको घर थियो,
हामी पनि स्वतन्त्र भयेर जिउने फेरि एउटा ठूलो रहर थियो ।

त्यसैले हामिले निर्णय लियौ कि हाम्रो आवाज परमेस्वर सम्म पुग्नु पर्छ ,
आशुसरी हजारौ घुडाहरु बिन्ती र प्राथनामा एकैमनको भयेर टेकिनु पर्छ ।
दुनियाको मानिसले नसुने पनि जिबित परमेस्वरले पक्कै सुन्नु हुन्छ ।
त्यसैले एकपछी अर्को गर्दै हामी प्राथना अभियान चलाउदै गयौ,
औलामा गन्न सकिने बिस्वासी आज अनगिन्ती सन्तान भयौ ।

त्यसैले हाम्रो प्राथना परमेस्वरले सुन्नु भयो ,अनि पोखिने गरि आशीस दिनुभयो,
भुटान जान नपाये पनि अमेरिका सम्मको बासस्थान खोलिदिनु भयो ।
एकपछी अर्को गर्दै हामी अमेरिका जान थाल्यौ,आत्म सम्मान पाउन?
आसिसको झरी बरसिये झै लाग्यो ,स्वतन्त्र भयेर पाउँदा जिउन ।

एउटै परिवार झै थियौ नेपालमा,आज सबै आफ्नै ब्यस्ततामा छुट्टियौ ,
जे भये पनि जिबनमा खुसी मिल्यो त्यसले परमेस्वरलाइ धन्यवाद दियौ ।

यो झिलिमिलीको देशको आधार त्यो सुनसान छाप्राहरु भुल्न सकिँदैन ,
कहिले काहीँ सपना झै लाग्छ जीवन तर सब्दमा भन्न नै सकिँदैन ।
जिबनका यति धेरै उतारचढाव , घाप पानी सग जुद्दै जीवन जिउनु पर्यो,
त्यो छट्पटी ,त्यो रुवाइ अनि त्यो निरासा आज खुशिको आँसु सगै झर्यो । 

यसैले परमेस्वरलाइ धन्यबाद बाहेक हामी सग दिन अरु केही छैन ,
सम्माल्नु भयो आफ्नै सम्झेर ,अब त तपाईं बाट टाढा कतै जानी छैन ।

आमेन ।



Thursday, October 3, 2019

दोधारे इसाइ


कबिता :- दोधारे खृस्टियन


हाम्रो खृिस्टियन जनले पनि दशै तिहार मनायेको देखे ।
टिकामात्र लाउन हुदैन भन्दै,फुलमाला लायेको देखे
कोशेली बोकेर माइती,ससुराली, धेरै धाउदा रहेछ्न
चाड सुरु देखि नै घर भरी रागा,सुगुरको मासु देखे ।

धर्मको चाड प्रती मेरो कति पनि पुर्बग्रह रिस छैन
यसको मतलब इसाइले अनुसरण गर्नु पर्छ भनेको हैन
कि एता आउ कि उता जाउ,दोधारे मानिस नबन
सबै तिर ठिक्क हुने अस्थिर सोचको नबनाउ जीवन ।

प्रभुले के भन्नू भयेको छ ,इसाइले बिस्वास भुल्नु हुदैन
जुन धर्म चाहन्छौ त्यसमा ढृण बन,दहि चिउरे हैन
खिचडी झै व्यबहारले तिम्रो पहिचान झल्किदैन
मान्ने नमान्ने तिम्रो अधिकार तर यसरी प्रेम हुदैन ।

यसैले जहाँ पनि अलमलिने,अधकल्चे इसाइ नबन
दुधे बाकक झै हैन अब परिपक्क बिस्वासी बन ।

✍️ Prem Baraili 

Sunday, September 29, 2019

कबिता - गोठालो प्रती आदर ।

गोठालोले भेडालाइ नुन दिन्छ
भेडाले गोठालोलाइ उन दुनु पर्छ ,
मण्डलिमा बिस्वासिहरु अगुवाको अधिनमा हुनु पर्छ
जिबनको हरेक अबस्थामा परिपुरक हुनुपर्छ ।
अगुवा बाटो देखाउने हो हिड्नु त आफैले पर्छ
बिस्वासमा अडिग नरहने मानिस अगुवासग गनगन गर्छ ।

चित दुखाइ र अ्मेलको कुरा के छ खुलेर कुरा गर्नुस
समाधान मन्डलिमा खोज्नुस,अन्यजातिको भर नपर्नुस।
भेटी दसाम्स कहाँ जान्छ भनेर चियो चर्चो नगर्नुस
बरु असल ठाउमा काम लागोस भनेर प्राथना गर्नुस ।
मण्डलिमा निदाउनेहरु सुन्नुहोस,के रातभरी निदाउन काफी थियेन र
हाइ गर्दै चर्च आउनेहरु, कर कसैले गर्यो कि तपाईं स्वतन्त्र हैन र



असल इसाइले मन्डली राम्रो देख्न चाहन्छ, रिस राख्दैन
सच्चा इसाइले आशिष् बोल्छ, अरुलाइ सराप्दैन
वचन पड्नुस हरेक दिन, केबल शनिबार मात्र हैन
आत्मालाइ पनि भोक लाग्छ, हरेक दिन एक दिन मत्र हैन ।

हाम्रो सानो परिवार सम्माहाल्न, त कति धेरै गारो पर्छ
उहाहरुको पनि परिवार छ ,झन मण्डलि सम्माल्नु पर्छ
हामी आफ्नै मात्र आभाब देख्छौ, के उहाहरुलाइ अभाब हुदैन होला
परिस्थिति कमजोर हुदा के कोहि मानिस रुदैन होला

चिसो वा तातो बन, निल्नु न ओकल्नु मन तातो नबन
येशुको पृय सन्तान बन, बोक्रे बिस्वासी नबन
बिस्वासी सग अगुवा रिसाये भने त्यो त अर्ति पो मान्नु पर्छ
चित्त दुखायेर नजानुस, बरु आफनै भलो को लागि ठान्नु पर्छ
डर,रिस, सन्का र तितोपना फालिदिनुस,त्यो त दुस्टको हतियार हो
एकले अर्कोलाइ स्रेस्ठ ठान्ने हृदय त हाम्रो जिबनको उपहार हो
के आफ्नो जिबनमा आशिष् देख्न चाहानु हुन्छ,अगुवको सम्मान गर्न सिक्नुस
आफुले गल्ती गरेर दोस,मन्डलिलाइ नदिनुहोस
बरु
एकले अर्कालाइ बुझ्ने कोसिस गरौ, येशुको प्रेममा रहेर
गोठाला बिनाको भेडा नबनौ, अग्या नमान्ने छाडा भयेर
अगुवाको आदर नगर्नेले ,परमेस्वरको आदर कसरी पाउछ
आफुखुसी चल्ने बिस्वासी,दुस्ट्को परिछा पर्छ र येशुको डण्ड पाउछ



किनभने मन्डली जन र अगुवाको सम्भन्ध भेडा र गोठालो जस्तै हुनु पर्छ
गोठालोको वास्ता फिकृको साटो ,हामिले पनि आदर दिनु पर्छ ।
होसियार मन्डली दुस्टको पासोमा नपर्नुस, के सत्री हो आजै जान्नु पर्छ
साचो गोठालोले हाम्रो भलाइ देख्नुहुन्छ, उहाको आग्या मान्नु पर्छ ।
✍️Prem baraili

दशैको सुभकामना आयो,के गर्ने ??

बिचार - ✍️Prem Baraili

मेरो बच्चा देखिको मिल्ने एउटा साथिले मलाइ,
" happy dashain and Dipawali"
भनेर म्यासेज पठायो ।।
म त्यो म्यासेजलाई हेरे र मैले केही प्रतिक्रिया दिन सकिन ।
same to u भन्नू भन्दा म दशै मनाउदिन ।
thank u भन्न पनि सकिन ।
मैले उसलाइ sorry साथी म त christian हो भन्दा उसले मलाइ के भन्ला ??
इसाइ भये पछि साथी भाइ,साइनो सम्बन्ध नै बिर्सिदिने रैछ्न । सायद यस्तै ।
यसैले म धेरैबेर अक्क न बक्क भयेर म त्यो म्यासेजको reply के दिने भनेर सोची रहे ।
सोच्दा सोच्दै अर्को दसै लागि सक्न लाग्यो । फेरि उसले र अरु धेरैले मलाइ दशैको सुभकामना म्यासेज पठाउछ्न ।
तर मैले भने केही न केही reply दिने योजना बनायेको छु ।
किनकी
# मेरो मिल्ने साथी लागायत धेरै साथी छ्न उनिहरु दशैको खुसी मनाउदा मलाइ पनि सम्झिन्छ्न । उनिहरु यो सोच्दैन कि उ इसाइ हो । तर उनिहरु आफ्नो खुसी मलाइ पनि साटिरहेका छ्न । त्यो बेलामा मैले म त christian हु भन्दा कति नमज्जा होला ।
# के christian हुने बित्तिकै हामि दोश्रो ग्रह बाट आये जस्तो व्यबहार गर्नु पर्छ र ? उनिहरुको रिस पुर्ण प्रस्न यस्तै हुन्छ ।
# हामी नेपाली christian मिसृत रुपमा भयेका हौ , जस्तो कि कसैको छोरा बुहारी,कसैको नाति नातिनी,कसैको ज्वाइँ छोरी र कसैको पुरै परिवार इसाइ भयेका यसकारण हाम्रो आफ्न्त अझै पनि हिन्दु वा बुद्धिस्ट छ्न उनिहरु दसै लगायत अन्य चाड मनाउछ्न । उनिहरुले त्यतिबेला केबल म्यासेज गर्दा हाम्रो के जान्छ ।
यश बिसयमा परमेस्वरले चेतावनी सगै स्वतन्त्रता दिनु भयेको छ ।
परमेस्वरले भन्नुहुन्छ कि तिमिहरु यी सन्सारका मानिस भन्दा अलग भयेर बस्न नखोज ।नत्र त तिमिहरु एक्लै हुनेछौ ।
अब हामी बाइबलिय रुपमा आफ्नो व्यबहार परिपक्क बनाउदै जान्छौ पनि हामी सामाजिक प्राणी हौ । हाम्रो समाजमा इसाइ मात्र हुदैन,हिन्दु मात्र हुदैन सबै धर्म मान्ने मान्छे हुन्छ्न । के त्यतिबेला हामी सरसहयोग गर्दैनौ र ?? पक्कै गर्छौ ।
हामी कसैको पुजामा नजाउला, मन्दिरमा नजाउला, तर हामिले सबै मान्छेलाइ प्रेमको नजरले हेर्नू पर्छ । जबकी हामिले परमेस्वरको प्रेम प्रचार त्यही अन्य जातिलाइ सुनाउने हो भने आफ्नो कुरा मात्र सहि तिमिहरु चाहिँ गलत हौ भन्ने कुराले इसाइ प्रती रिस,बितृस्णा पैदा भयेको हो ।
बरु उसलाइ happy dashai or dipawali भन्छ भने हामिले
#thank u,
#God bless u ,
#Same to u,
#Enjoy
यी शब्द प्रयोग गर्छु र सगै येशुको सुसमाचार पनि उसलाइ म्यासेज गरेर पठाउने योजना बनाउदैछु । किनभने कसैले हाम्रो कुरा सुनौदै छौ भने उसको कुरा इन्कार हरेर हैन उसको कुरा सुनेर मात्र हामिले उसलाइ सुनाउन सक्छौ ।
सुसाचारको वचन ,
यूहन्ना 14:6
6. येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।
यूहन्ना 6:35
35. येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।
तपाईं पनि थप्न सक्नु हुन्छ ।
बरु मैले उसको मन जित्न सक्छु र प्रभुको प्रेम उसलाइ पनि बाडेको हुन्छु ।
मेरो यो बिचारमा सहमती र बिमती भये मलाइ कमेन्ट गर्नुस है ।

Friday, September 20, 2019

यसकारण मैले हिन्दु धर्म छोडिदिये ।

✍️Prem Baraili , Taplejung


जब मैले यी कुरा हिन्दु धर्मशास्त्रमा लेखेको थाहा पाये त्यही दिन मैले हिन्दु धर्म त्याग्ने निर्णय गरे । बाउ बाजेको धर्म किन छोडेको ? बिदेशी धर्म किन अगालेको ? भन्नेहरुलाइ यी शब्दहरु काफी हुदैन र ??
हामी 21 औ सताब्दिमा त जातको कारणले मानिस मर्दै छ्न भने यो अन्धबिस्वास हैन रैछ यो त धर्मप्रती बिस्वास गर्नेले नै गर्दो रहेछन । 😎😎😎😎

हेर्नुस हिन्दु धर्म शास्त्र भित्र जातिय छुवाछूतको कुरा यसरी प्रस्ट सग लेखियेको छ, 🤔🤔🤔
📕📕📕📕📚️📚️📚️📝📝📝📝📝📝📝📝📝📝
यदि तल्लो जातको मान्छेले माथिल्लो जातको मान्छेलाइ जानिजानी छुन्छ भने तल्लो जातको मान्छेलाई मार्नु र उपल्लो जातिको मान्छे गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Bishnu smriti- 5, 104, Anhiras samhita 2.39

यदि तल्लो जातले पकायेको खाना खायेमा,वा उसको घर भित्र वा उसको भाडामा खान सख्त मनाइ गरिनु पर्छ,यदि त्यसो भयेमा गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Mahabharata 13,136,20-22
Manu 4,223

उपल्लो जातिको मान्छेले स्राद गरेको खानेकुरा सुद्र,तल्लो जाती,कुकुर र चरालाइ खानको लागि फ्याकी दिनु पर्छ ।
manu s 3.92,markandeya p 26.45-46,kurma p || 18.105-6

तल्लो जातिको नोकरले आफ्नो उपल्लो जाती मालिकको उबृयेको जुठो खाना खानै पर्छ ।
manu s 10. 125,mahabharata 13_143.29

यदि तल्लो जातिको मान्छेले बेद सुनेमा उसको कानमा सिसा पगालेर हाली दिनु पर्छ ,
यदि उसले बेद पढेमा उसको जिब्रो काटी दिनु पर्छ ।
यदि बेद कण्ठ गर्छ भने उसको शरीर दुई टुक्रा पारिनै पर्छ ।
Gautama D S 12.4-6
skanda purana v iiii 200.6
Brihaspati smriti 20.12

यदि तल्लो जातको मान्छेले माथिल्लो जातको छोरिलाइ बिबाह गर्छ भने उ मारिनु पर्छ ,यदि उ बयस्क वा जवान ठहरियो भने जिउदै जल्नु पर्छ ।
matsya p 227-131
Vaishtha D s 21.1-3,
Manu 8.374
यदि उपल्लो जाती बस्ने कुर्सिमा तल्लो जातिको मान्छे बस्यो भने उसको चाक डामेर खेदाउनु पर्छ ।
manu smriti 8 .281,bisnu smriti 5.20

तल्लो जातिका मानिसहरु कुकुर र सुगुर समान हुन ।
mahabharata 13.23.5 manu 3.239

तल्लो जातिका मान्छेले सम्पती कमाउनु हुदैन |
manu s 8.414
collect from Google
📝📝📝📝📝📝📝📝📝📝📝📝📝
यी माथिका कुरा पढे पछि तपाइको मनमा केही प्रस्नहरु आउन सक्छ्न , त्यसकारण रचनात्मक प्रस्न र उत्तर दियेको छ ।
📕📕📚️📚️📚️
#धर्म छाड्नु नै पर्छ र ? सुधार गर्न सकिँदैन ?

धर्म ग्रन्थ संविधान,किताब, एन जस्तो हैन समय अनुकुल परिमार्जन गर्न सकिने । यो त मनुस्मृती,महाभारत,बिस्नु स्मृतिमा जस्तो लेखियेको छ अनुयायीले मान्नु पर्छ, र त्यो चाहेर पनि परिवर्तन हुदैन ।
यसकारण धर्मग्रन्थ परिवर्तन जुन सग्दैन तर मान्छेले आस्था परिवर्तन गर्न सक्छ । यदि हामी हिन्दु नै रहि रहने हो भने आफुलाइ तल्लो जाती हु भनेर जीवन भर स्विकार गरि राख्नु पर्छ । तल्लो जातिमा जन्मिनु गल्ती हुदैन तर सधै हाम्रा पुस्ता जति उच्च काम गरे पनि निच नै ठान्ने धर्म नै छ , यसकारण त्याग्नु नै बिकल्प हो ।

#छुवाछूत अहिले त धेरै हटेको छ नि ?

छुवाछूत हटेको हैन तर जब देशमा प्रजातन्त्र आयो त्यस पछि धेरै दलित समुदाय लुकिछिपी पड्न थाले, र शिक्षा पायेर जातिय आन्दोलन सुरु गरे पश्चात् केही पछि मात्र हटेको हो तर मानशिक रुपमा हटेको छैन । यसको ज्वलत उदाहरण सामाजिक सन्जालमा छुवाछूतको सिकार धेरै दलित समुदाय भै सकेका छ्न र कति बाहिर आउदैन ।
# इसाइ हुने बितिकै कुसंस्कार हटेर गै हाल्छ ?

त्यो सोचाइ पनि गलत हुन्छ, कतिपय मानिस यहि जातभातको कुरामा रुमल्लिदै आयेको मान्छे हुन सक्छ्न, चर्चमा पनि जातिय कुरा उठ्नु अस्वभाबिक हो ,यदि बाइबलका वचन बुझेर पनि जातको कुरा गरिन्छ भने त्यो बिस्वासी उद्दार पायेको तर सुधार नभयेको बिस्वासी हो ।

# समाजमा पढे लेखेका उपल्लो जातिका मानिस धेरै छ्न उनिहरुले किन पहल गर्न सग्दैनन ??

हाम्रो नेपालमा भन्दा भारतमा झन डरलाग्दो जातिय विभेद छ, के भारतमा पढेलेखेका मानिस छैनन पक्कै छ्न बोरु अनपढ,सोझा इमान्दार मानिसले जात उपल्लो भये पनि त्यति ख्याल गर्दैनन तर जो पढेर पण्डित हुन्छ, धर्म कर्ममा बढी आस्था राख्न खोज्दछ उसले यी धर्म शास्त्रका कुरा मनन गर्दछ र उ पहिला भन्दा बढि भेदभाब गर्न सुरु गर्छ । हाम्रो समाजमा नपढेकोले हैन पढेकाले यो छुवाछूत प्रथा जिबित राखेका छ्न ।

# हिन्दु धर्म छोडेर नास्त्क बन्न सकिँदैन किन इसाइ नै बन्नु पर्यो ??
नास्तिकको सन्ख्या पनि धेरै छ । तर हामी सामाजिक प्रणी हौ , हाम्रो जन्म,मृत्यु ?बिबाह कुन रितिले गर्ने ?? त्यतिबेला हामी एउटा न एउटा आस्थामा बाधिनु नै पर्छ ।यसकारण हिन्दु छोडेर इसाइ भयेका छ्न जहाँ धेरै स्वतन्त्र महसुस गर्न पाउछ्न ।

सानो जात भयेर जन्मनु गल्ती हो ??

होइन । तर हाम्रो समाजले गल्ती नै हो भनेर युग्युग भ्रममा राखी रहेका थिये । जब मैले हिन्दु रहुन्जेल म आफुलाइ सानो,र तल्लो रहेछु । म जति ज्ञानि भये पनि,पढेलेखे पनि  उच्च हुन नसक्ने रहेछु जस्तो लाग्थ्यो । र समाजका उपल्ला जातिले हामिलाइ त्यसरी नै सिकाउथे । जब हामी सानो हुदा बाहुनको पानी छुनु पाप हो, बाहुनको छोरालाइ त भन्नू पाप हो, बाहुनको पेटि टेक्नु पाप हो भनेर सिकाउथे ।हामिलाइ त यति पीडा हुन्छ भने हाम्रा पुर्खाले कति पीडा सहे होला । जब बाइबलमा सबै मानिस समान हुन, भन्ने कुरा थहा पाये पछि इसाइ बन्नु नै पर्छ भन्ने सन्कल्प गरे । ता कि म पनि उच्च ब्यक्ति हुन सक्ने रहेछु ।

दलित समुदाय भन्दा जनजाती,मङोलियन धेरै इसाइ भयेका छ्न नि किन ?
हाम्रो समाज ब्राह्मण र छेत्री बाहेक अन्य जातिलाइ कहि न कहि भेदभाव गरेकै छ,अहिले मात्र त हो जनजातिहरु पनि माठिल्लो ठाउमा पुगेको । अर्को कुरा छुवाछूत छोड्नुको कारण हो तर त्यो भन्दा ठूलो कारण साचो परमेस्वरलाइ चिन्नु हो । जहाँ जातियता एउटा कारण हो तर ब्राह्मण ,छेत्री पनि धेरै इसाइ भयेका छ्न । यसको मतलब इसाइ हुनु समानता पाउनु मात्र हैन जिबनको गहिरो रहस्य बुझ्नु हो । जसले बुझेको छ उसले इसाइलाइ बिरोध गर्दैन ।

#कसरी सुरु भयो तो यो भेदबाब ??
भेदभावको सुरुवात हिन्दु धर्मको ब्रह्माबाट नै सुरु भयेको छ । सिरबाट जन्मियेको ले खुट्टाबाट जन्मिलेलाइ सधै दास बनायेको छ । के सर्बोच्च देउताले आफ्नो सन्तालनलाइ दास बनिरहने त्यो न्यायचित थियो ??? पक्कै थियेन । यो भेदभाब अन्त्य गर्न कि त ब्रम्हाका एउटै सन्तान हुन जो सानो ठूलो हैन भनेर परिमार्जन गर्नु पर्छ तर बेद , कहिले परिमार्जन हुन सग्दैन।
#त्यसो भये दलित( सुद्र) हरु हिन्दु हुन कि हैनन ?
जो जति नेपाल र भारतमा हिन्दु दलित छ्न बास्तबम उनिहरु हिन्दु हैनन । किनभने दलित अर्थात सुद्र कुकुर र सुँगुर समान भने पछि धर्ममा आस्था राख्न पाउदैन थिये । तर दास भयेर चाहिँ बस्नु पर्ने थियो । अर्को महत्वपुर्ण कुरा दलितहरुको धर्म हिन्दु हैन । कसरी भने जसले बेद,पुराण,महाभारत,पड्न नै पायेनन भने उनिहरुले कसरी धर्मको कर्म गरे होला । जो अहिले धर्म कर्म गरि रहेका छ्न हिन्दु हु भन्दै,उनिहरुले अरुले गरेको देखेको,सुनेको भरमा गरेका हुन । धर्म शास्त्रमा लेखेको अनुसार गरेका छैनन । नेपालका दलितहरुले सुगुरको मासु क्जान्छ्न तर हिन्दु धर्ममा सुगुरको मासु खानु पाप सरह हो । जो हाम्रो दलित समुदाय छ उनिहरुको घरमा कोहि कोहि सग धर्म शास्त्र,गीता, रामायण भये पनि प्राय कसैको घरमा धर्म शास्त्र हुदैन । अनि कसरी सिक्ने र आउने पुस्तालाइ सिकाउने ??


धन्यवाद ! यो लेख पढेर तपाइलाइ कुनै मनमा जिज्ञासा् भये हामिलाइ म्यासेस गर्न सक्नुहुनेछ ।

Friday, September 6, 2019

येशु पाये पछिको मेरो सोचाइ !




मैले आफ्नो जिबनलाइ गलत तरिकाले हेरेको रैछु ।
जुन बेला मलाइ लाग्थ्यो मेरो सोचाइ सहि हो ।
जस्तै ।

# म नराम्रो छु ।
# म कमजोर छु ।
# म बोल्न जान्दिन ।
# मलाइ डर लाग्छ ।
# मैले केही जानेको छैन ।
# म रोगी छु ,काम गर्न सग्दिन ।
# म आफैलाइ धिक्कार लाग्छ ।
# चिन्ता,फिक्री ,ले कहिले छोडेन ।
# पैसा कमाउन सक्दिन होला
# मलाइ एकदम रिस उठ्छ ।
# मान्छेहरुलाइ मलाइ के भन्लान ।
# सबै मान्छे स्वार्थी हुन्छ्न ।
# बाजुन्जेल मोज गर्ने हो मरे पछि कस्ले देख्ने ?
# अलि अलि ढाट्नु पर्छ,छल्नु पर्छ ,सोझो हुनु हुदैन ।
#

जब मैले येशुलाइ पाये , तब मेरो जीवन यसरी परिवर्तन भयो ।
# म त पर्मेस्वरको सुन्दर सृष्टि रैछु ।
# म बलियो हुन सक्ने रैछु
# म निरन्तर अभ्यासद्वारा बोल्न सक्ने रैछु ।
# म आशाबदी बन्न सक्ने रैछु ।
# म निडर भयेर काम गर्न सक्ने रैछु ।
# जन्मिदा कसैले जानेर आको हुदैन रैछ, सिक्न चायो भने सबै कुरा सिक्न सकिदो रैछ
# म आफुलाइ स्वस्थ जीवन यापन गर्न सक्ने रैछु ।
# खराब मानिसलाइ सुधार्न सकिने रैछ ।
# खराब,झैझगडा ,काटमार गर्नेहरुलाइ असल मानिस बनाउन सकिदो रैछ ।
# म आफुलाइ आत्मबिस्वासी बनाउन सक्ने रहेछु ।
# म मा जोश,जागर,खुसी उमङ कायम राख्न सक्ने रहेछु ।
# हतास,चन्चल मन हरु स्थिर हुन सक्ने रैछ ।
# जिबनको अर्थलाइ गहिरियेर बुझ्न सकिने रैछ ।
# जिबनमा उन्नति ,प्रगती,खुसी,शान्ती आनन्द,प्रेमको कुराले भरिपुर्ण हुन सक्ने रैछ ।


यसरि जिबनलाइ असम्भव देख्नेहरु येशुको प्रेममा सबै कुरा सम्भब छ । किनभने परमेस्वरमा सबै कुरा सम्भब हुन्छ । 

Sunday, August 25, 2019

password कसरी बलियो बनाउने ?

जयमसिह !  🙏🙏 साबधानको लागि जानकारि !!✅✅
        केही समय यता christian facebook account र page मा ह्याक भै रहेको देखियेको हुँदा  सम्पुर्ण नेपालि इसाइ परिवारमा सचेत रहन अनुरोध गर्दछौ । christian पेजलाइ मुस्लिम ब्यक्तिहरुले प्रयोग गरेको देखियेको छ । सामाजिक सन्जालमा ह्याक गरेर हाम्रा गोप्य कुराहरु चोरी गर्ने, आक्रमणको योजना बनाउने हुन सक्छ । साथै इसाइ बोरोधी सस्था या ब्यकिहरुले साइबर आक्रमण गर्न सक्ने हुदा ,अस्लिल फोटो,भिडियो, राख्न सक्ने हुँदा , आफ्नो facebook, instagram,whatsapp, tweeter,youtube को password security strog बनाउनु हुन अनुरोध गर्दछौ ।
साथै सम्बन्धित ब्यक्ती भन्दा बाहिरको कुरा आयेमा report गर्न सक्नु हुनेछ । report proceess को लागि comment गर्नुहोस । हामी बताइदिनेछौ ।
   ✍  कसरी  password strong राख्ने ?  केही टिप्स ।
        ✅🙏✍
#लामो पासवर्ड राख्नुहोस । तर 123456 जस्तो पासवर्ड नराख्नुहोस । जस्तै -: Anjs@3&-HK%ngh
#अर्थ नलाग्ने पासवर्ड राख्नुहोस ।
#Number,symbol ,capital letter and small letter राख्नुहोस ।
#ब्यकिगत कुरा सग सम्बन्धित पासवर्ड नराख्नुस । जस्तै फोन नम्बर,ATM code, Birthday, sachool name, city name, मन पर्ने जनावार, address आदि ।
# नजानेको र नचिनेको website मा email id र  password नहाल्नुहोस ।

#सबै account मा एउटै पासवर्ड नराख्नुस । सबैमा अलग अलग राख्नुहोस ।
#आफ्नो पासवर्ड कम्पुटर, वा मोबाइलमा तपाईं नभयेको बेला log out गर्नुहोस  र automatic log in मा नराख्नुहोस ।

#कसैले तपाइको पासवर्ड थाहा पाये जस्तो लाग्यो भने चेन्ज गर्नुहोस ।
please like,comment and share to know everybody .
Thank you and
God bless you .

Wednesday, July 10, 2019

कबिता : अनमोल प्रेम

तेरो मेरो भन्दा भन्दै यो सन्सार छोडी जाने हो
लोभ र लालच किन गर्छौ मरेर के लाने हो ?
धन सम्पतीले भरिए पनि एक दिन माटोमा मिल्नु छ ,
दुनियाको माया हुदाहुदै यी सबै भुल्नु छ
आफ्नै चिज छोडेर एक दिन त माटोमा मिल्नु छ ।

आफुलाइ झै अरुलाइ प्रेम् गर रिसले के हुन्छ र
ज्ञानि मान्छे भयेर जिउनु, मूर्ख बनेर क मिल्छ र ?
छोडिदेउ मोजमस्ती जसले हृदयमा सान्ती दिदैन
स्वार्थ भोको हुन्छ जसले पायेर तृप्त हुदैन ।

यो जीवन माटोमा मिल्नु अगि निर्णय गर बुझेर ,
आत्मा बचाउन सकिँदैन हेर सृजनालाइ पुजेर ,
येशुको प्रेम बुझ्यौ भने अनमोल लाग्ने छ जीवन,
पाउनेछौ पृथ्वीमा सान्ती र स्वर्गमा अनन्तको जिबन ।
©the true vine

Wednesday, July 3, 2019

गजल - धेरै फल फलेको रुख..



🙏🙏🎶🎤🎼🇳🇵✅❤🙏🙏🎶🎤🎼🇳🇵✅❤
धेरै फल फलेको बोटमा नै मानिसहरुले ढुङ्गा हान्छ्न ,
येशुमा अघि बड्नुस खुट्टा तान्नेहरु आफै

ठक्कर खान्छ्न ।

धर्मी मानिस हजार पल्ट लडे पनि उठ्छ, तर हार खादैन ,
हाम्रो यात्रा स्वर्गको हो तर कोहि नदेखेको सपना ठान्छ्न ।

बगेकोको खोला कस्ले रोक्न सक्छ,सुर्यलाइ कस्ले छेक्न सक्छ ?
आफ्नो व्यबहार सुसमाचार बनाउनुस, ता कि सत्रुले पनि येशुलाइ मान्छ्न ।

येशुलाइ स्विकार्छ्न जो पर्मेस्वरका हुन फर्कियेर आउछ्न ,
स्वार्थको लागि मात्र येशुमा आउने,परिक्षामा पर्दा फर्कियेर जान्छ्न ।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

Wednesday, June 26, 2019

कामी सब्द किन निच शब्द हो । अर्थ सहित हेर्नुस ।


subas mangol नाम गरेक एक ब्यक्तिको स्टाटसले झण्डै सामाजिक द्वन्द निम्त्यायो । उनले निरन्तर सिङो समुदायलाइ होच्यायेर लेखिरहे । सहमती र असहमति जनाउनेको ओइरो लाग्न थाल्यो । भनाभन हुन थाल्यो तर खुसिको खबर दुबै जना मिलेको सुन्न पाइयो । २१ औ सताब्दिमा पनि यस्तै जातको कुरामा अल्झिनु मानसिक रोगी हुनु नै हो । तर पनि यी कुराले केही प्रस्न भने जन्मायेको छ । ती प्रस्न र उत्तर दिने प्रयास गरेको छु ।

राइलाइ राई भन्न हुने तर कामिलाइ कामी भन्न नहुने ?
झट्ट सुन्दा कुरा सहि हो । तर्क पनि जायज हो । कामिलाइ कामी नै भन्नू पर्छ ,राई लाई राई , छेत्रीलाई छेत्री , मगरलाइ मगर,नेवारलाइ नेवार । तर कामी शब्द जात हैन । यो होच्यायेर बोल्ने शब्द हो ।

कामी भन्दा कसरी अपमान हुन्छ ?

पहिलो कुरा कामी जात हैन , यो शब्द हिजोका अति ब्राह्मणबादी हरुले निचको उपमा दियेका हुन । कामिको अर्थ हुन्छ - बेस्या पुरुस ( नेपाली शब्दकोश) , धेरै वटि श्रीमती ल्याउने, । नेपाली शब्द कोशमा त्यसरि लेखियेको कुरा आम बिस्वकर्माले चाल पाये । ता कि यो शब्द त हामिलाइ घृणा , दमन, निच तुल्याउन बोलियेको शब्द हो ।  बेस्या आइमाइलाइ कामिनी,कामुक जस्ता शब्द प्रयोग गरिन्छ । त्यस्तै नेपालिमा कामि भनेर होच्याइन्छ । छोरी मान्छेलाइ कमिनी । यसकारण कामी जात हैन , बिस्वकर्मा जात हो ।

त्यसो भये किन कामी जात लेखियो त ? 

हिजोको एकल हुन्दु अतिवाद बुझ्नेलाइ यो कुरा भनी रहनु आवश्यक छैन तर नया पुस्तालाइ यो कुरा ज्ञान् नहुन सक्छ । हिजो राज्यले विभेद गरेको थियो । नागरिकतामा थर लेख्ने ठाउमा कामी लेखिदिन्थे, कसैको कुरा बिक्दैन थियो । थरलाइ लेख्न पाइदैन थियो सिधै जात लेखी दिन्थे । अझै पनि हाम्रो बाउ बाजेको नागरिकतामा थर लेख्ने ठाउमा समेत जात कामी लेखी दिन्थे, छोरी मान्छेलाइ कमिनी लेखी दिन्थे । यसरी जबर्जस्ति जस्तै कामी बनाइयो ।


एउटा मान्छेले कामी भन्दैमा सबै रुष्ट हुनु पर्ने कारण के त ?


बास्तबमा यो बिसय थियो, सम्भु राइको गितको लय प्रकाश सपुतमा मिल्न पुगेछ । सयोग होस या प्रभाब । त्यो आफ्नो ठाउमा छ । सङितको नियम कानुन के छ त्यो अनुसार शम्भु राइले धेरै सघ सस्थामा निबेदन हालेछ्न । तर केही ब्यक्ती जो ब्यक्तिगत धारणा सामाजिक सन्जालमा पोस्ट गरेको कारण जातिय रुप लिन पुगगेको हो । " अर्काको गित चोर्ने कामी , हिजो मगेर खने कामी आज चोरेर खान थालेछ " भनेर सिङ्गो समुदाय माथी धावा बोल्न बन्द गरेन । र सामाजिक सन्जालमा भनाभन नै चल्न थाल्यो, ससद सम्म पुग्यो । एकले अर्काको चरित्र हत्या गर्ने खेलमा लागे । यसकारण यो बिबाद ल्याउने मान्छेलाइ सरकारले कारबाही गर्नु पर्छ । शम्भु राइलाइ उच्च शब्द प्रयोग गर्ने प्रकासलाइ जात सग जोडियेर गाली,बेइज्यत गर्ने भयेको कारण नै रुष्ट भयेको हो ।

कामी ( तत्काललाई ), दमाई र सार्किको संरक्षक को हो त ? 

हिन्दु धर्म परम्परा अनुसार कामी दमाई र सार्की सुद्र जातका हुन , यिनिहरुलाइ छोइछिटो हाल्नु पर्छ भनेर हिजोका ब्राह्मणहरुले नियम बनाये । धर्मको नाममा चरम विभेद गरियो र अझै पनि धेरै समाजमा बिधमान छ । अब ब्राह्मण ,छेत्रीले यी कामी दमाई र सार्की हिन्दु हुन , यिनिहरुलाइ हामिले समेट्नु पर्छ भनेर समेट्न सकेनन । हिन्दु हिन्दु पनि भेदभाव छ । उता मङोलजाती हरु कामी दमाई हरु आर्यन हुन, बाहुन कै साखा हुन भनेर समेट्न सग्दैन र पुर्खा सग नमिल्ने हुदा समेट्ने कुरा पनि भयेन । अब हाम्रो अभिभाक को हो त ? हाम्रो अभिभावक अब सरकार हो ।

हिजो बिहे,भोजमा मागेर खाने जात कसरि भये ?

कोहि मान्छे आफू सग प्रसस्त छ भने मागेर खादैनन ।
यहि समाजले मागेर खाने बनाइयो । जब मानिस सग पहुच , अधिकार हुदैन तब केही गर्न सग्दैन । उदाहरणको लागि पुर्ब राजा ज्ञानेन्द्र साह हिजो राजदरबारमा थिये , हजारौं सुरक्षाकर्मी,हजारौ सुसारे , सबै नेपालिले पुज्ने ठाउमा थिये ।तर आज सडकमा छ्न । हो अधिकार् नहुदा मान्छेले केही गर्न सग्दैन । त्यसैको उपज हो दलित अवस्था । तर १० बर्शे जनयुद्ध पछि मानिसले सार्बजनिक रुपमा अपमान गर्न केही हद सम्म छोडे ।

जातको कुरामा यसरी कलाकार बिबाद पहिलो हो त ?
जातको आधारमा कलाकार बिबाद पहिलो भने होइन
स्मरण रहोस 2058 सालमा खेमराज गुरुङ्ले " वारि जमुना पारी जमुना गित निकाले सगै बिबादमा पनि तानिये । कारण गितको बिचमा पोडे होला,चमार होला तिम्रै माया लाग्छ " सब्दले बिबाद निकालेको कारण गित नै परिमार्जन गर्नु परेको थियो । केही समय अघि सखर बिसि लाई पनि जातको आधारमा गाली गलोज गरियेको थियो । कतिपय कलाकारहरुले भोगेका हुन्छ्न तर बाहिर ल्याउन चाहादैनन ।

कलाकार द्वय मिलापले बिगि्रएको सद्भाव फेरि मिलाउन जरुरी छ । राई होस या बिस्वकर्मा जसको ईतिहास नेपाली हो । एउटा राई खराब भयो भन्दैमा अरु राई खराब हुन सग्दैन । प्रकाश सपूत एक नब कलाकार हुन यसमा शम्भु राइले सल्लाह ,सुझाब दिन जरुरी छ भने प्रकाश सपुतले पनि अग्रजहरु सग धेरै परामर्श लिन जरुरी छ ।
#प्रेम बराइली  

Monday, June 10, 2019

तिन मुक्तक



इसाइलाइ झोले भन्नेहरु इसाइ देशमा नै पैसाको झोला भर्न गयेको देखे ,
गाई खाने धर्म भन्ने हरु ,भट्टिमा गोरुको सिकुटी सग मस्त भयेको देखे
सन्सारका अरबौ मानिस केही नबुझी इसाइ भयेको हैन , चेतना भया ,
गरिबको नाउमा आयेको डलर, त्यही इसाइ बिरोधिले पहिल्यै चपायेको देखे ।

न त बेद,पड्न पाए न त रामायण ,गिता पड्न पाए
उल्टै धारा,मन्दिर,बिधालय ,घरमा छुवाछूतको तिरस्कार खाए
आफ्नो धर्ममा समानता म पनि चाहान्थे,कहिले परिवर्तन भयेन,
यसैले म शान्ती पाउन इसाइ बने, भन अब मैले के बिराए ??

म हिड्दै छु एउटा नयाँ बाटो ,पुरानोलाइ छाडेर ,
बनाउने छु सुन्दर बगैँचा,बिस्वासको फुल गोडेर ,
अचम्मको प्रेम छ उहाको ,खोजेर कतै पाइदैन ,
आयेको छु येशुको दुनियामा,बन्धनहरु तोडेर ।



by prem baraili 

Thursday, May 16, 2019

तीन दिन येशु सग स्वर्ग र नरकको यात्रा

म बेलुकाको खाना खाइ सके पछि बिस्तारामा गये । मेरो शरीर त्यति सन्चो थियेन । दिन भरी काममा जानू पर्ने राती म निकै थाकेको हुन्थे । र त्यो दिन मलाइ मनमा धेरै चिन्ता,फिक्री लागेको थियो । भबिस्यमा के गर्ने कसो गर्ने भनेर चिन्ता लागि रहन्थ्यो । घरमा आउने जाने चली रहन्थ्यो
। त्यो दिन म मेरो घर पुगेर आयेको थिये । 
सदा झै त्यो दिन बिस्तारामा सुत्नु अघि रातको प्राथना गर्न सुरु गरे । मेरो सरिरको रोगलाइ येशुको नाउमा निस्केर जा भन्दै थिये ।प्राथना गर्दा म निकै भावुक भयेर प्रभुलाइ भनी रहेको थिये प्रभु म यति धेरै बर्स भयो इसाइ भयेको तर मेरो जिबनमा त्यस्तो केही काम गर्नु भयेन । म कसरी तपाइलाइ नजिक बाट देख्न सक्छु । यसरी प्राथना गरे र मेरो आखामा आँसु बगि रहेको थियो । यतिकैमा मैले अचानक मेरो छेउमा डरलाग्दो चिज देखे, त्यो देखे पछि म डराये तर येशु नाउमा त्यो डरलाग्दो मानिसलाइ हप्काये । त्यो दुष्ट आत्मा म बाट निस्कियेर जान मानेको थियेन  । म येशुको नाउमा निरन्तर हप्काये । करिब ११ बजे राती मात्र त्यो आत्मा ठूलो स्वर निकालेर रुदै कराउदै गयो   म करायेको सुनेर आमा र बैनी हरु मेरो कोठामा आउनु भयो । मैले बमिट पनि गरे । जब बमिट गरि सके पछि मेरो शरीर हावामा उड्ने चङा भयो । त्यस पछि म प्राथना गर्दै थिये , एकछिन पछि वरिपरि सेता बस्त्र लगायेको स्वर्गदुतहरु हाम्रो घर वरिपरि देखे । मैले केही बुझ्न सकेको थिइन । अचानक मेरो छेउमा सेतो वस्त्र,उज्यालो, चगकिलो अनुहार, भयेको मानिसलाइ देखे । जब मेरो छेउमा आउनु भयो र भन्नू भयो नडराउ म येशु हु । म झन अचम्ममा परे , त्यतिबेला दुष्ट आत्मा र स्वर्गदुत हरु मेरो निम्ति लडाइ परे झै लागि रहेको थियो । म बोल्दै थिये तर मेरो दिमाग भने निष्क्रिय थियो । मेरो मुख आफै चले झै लागेको थोयो । त्यतिकैमा मलाइ धेरै जना रोगी बिरामी निको भयेका छन नाम,ठेगाना फोन नम्बर दिनु भयो । मलइ १४ जना मानिसको मोबाइल नम्बर दिनु भयो । मैले बैनी मनुकालाइ फोन नम्बर कापिमा टिप्न लागाये । तर मनुकाले तिप्नु भनेको नम्बर टिप्न भ्यायेन छ । तर नाम र ठेगाना छ ।  त्यतिबेला प्रभुले भन्दै हुनु हुन्थ्यो क्यान्सर जस्तो रोग पनि निको भयेको छ भन्नु भयो । बाथ, ग्यास्यृक , पाठेघरको समस्या,पिसाप पोल्ने, रोग निको भयेको कुरा नाम,ठेगाना , फोन नम्बर दिनु भयेको छ । र हामिली ती ब्यकिहरुलाइ सम्पर्क गरि रहेका छौ । जसरी मैले पायेको दर्सन जस्तै उनिहरुको जिबनमा रोग लागेको रहेछ । र निको भयेको छ ।सायद उनिहरुले गहबाइ भन्ने छ्न ।
 सम्बन्ध बिच्छेद फेरि मिलन कुरा पनि देखाउनु भयो । परमेस्वर सबै मानिस स्वस्थ्य र असल सफल रहेको देख्न चाहानु हुन्छ । तर त्यतिबेला आमा र बैनी के गर्ने कसो गर्ने भनेर अत्ताली राखेको रैछ्न । आमाको सुगर, प्रेसर थियो त्यतिबेलै निको  भयो, हामी अतालिदै,डराउदै  भये पनि प्राथना गर्न छोडेनौ ।
 त्यतिकै मा येशु प्रभुले भन्नू भयो तिम्रो भोलि बिहान ७:३० बजे
 ३ दिनको लागि बोली बन्द हुँदै छ म लिन आउछु । म डराये र अबुइ भने । जब मेरो अबुइ शब्द भन्ने बित्तिकै दुष्ट आत्मा म मा फर्कियेर आउन लाग्यो । तर फेरि मैले येशुको नाउमा हप्काये ।र त्यो भाग्यो । सन्का गर्यो भने सैतानले कति छिटो ठाउँ लिदो रैछ भन्ने कुरा था पाये । म त्यो प्राथना गरि रहे । मैले आँखा खोले । मेरो आफन्तहरू अचम्ममा परेको देखे । मैले सबै कुरा बताये । मलाइ प्रभुले यसो भन्नू भयो । भोलि बिहान ७:३० मिनेटमा तयारी हुनु । अनि हामी त्यही रात धरमपुर घर गयौ । र चर्चमा रातभरो प्राथनामा बस्यौ । जब बिहानै हामी प्राथनामा बस्यौ । हामी के भयो यस्तो के होला भनेर  के गर्ने के नगर्ने भनेर अत्ताली रहेका थियौ । 

जब ठिक बिहानको ७:३० बज्यो प्रभुले  मलाइ लिन आयेको देखे , सेतो वस्त्र्मा मन्डलिमा नै लिन आउनु भयो । त्यतिकैमा  मेरो आत्मा स्वाट आकासतिर लानु भयो । म हावामा उडेको बेलुन जस्तै स्वर्ग लैजानु भयो । म त्यतिबेला जमिनमा शरीर लडेछ । म निदाये झै भयेको थिये ।मैले उहालाई हेर्न सकिन । किन भने उहाँमा अति ज्योती थियो । 
सुरुमा मलाइ सानो नानिले लगाउने भोटो लगाउन दिनु भयो । र उहाले हातमा समायेर स्वर्ग देखाउनु भयो । स्वर्ग यति सुन्दर थियो भन्ने शब्द नै छैन । सुनको बाटो , सुनको सुनको घर, सुन्दर, हरियाली, फुलले भरियेको बगैचा ,स्वर्गदुतहरु आराधना गरिरहेका, पर्मेस्वर्को महिमा गरिरहेको , आनन्द ,सान्ती, त्यहा कुनै अभाब छैन, खाचो छैन, गरिबी छैन, डर छैन, मृत्यु छैन । मैले येशुको १२ जना चेलाहरुलाइ टेबुलमा रोटि भाज्दै खायेको देखे । र उहाँ मध्ये एकजनाले मलाइ लाउ छोरि यो जिबनको रोटि खाउ भनेर मलाइ रोटि भाचेर दिनु भये, मैले हातमा थापे । जहाँ सबै मानिस जातिलाइ लैजान चाहानु हुन्छ । कोहि पनि नरकको भागिदार नहोस । 
नरक यति डरलाग्दो छ , जहाँ ठूलो आगोको भट्ती छ, कहिले ननिभ्ने आगोको ठूलो खाडल , जहाँ चीत्कार,रुवाइ,दह्रा किटाइ मात्र मैले देखे । म रोये । 
अनि परमेस्वरले भन्नू भयो । छोरी मैले तिमिलाइ चुनेको छु तिम्रो काम मन्डली र अन्य मानिसलाइ यो सत्य कुरा सुनाउने हो । मैले पिताले सृष्टि गरेको मानिस जाती आफ्नै पापको कारण नरकमा नजावोस । कुनै पनि मानिसको मृत्युमा म प्रसन्न हुन्न तर पस्चताप गरेर बाचेको देख्न म चाहान्छु । मानिसको शरीर त मरेर माटोमा मिल्छ तर आत्मा नमरोस भन्न्ने ठूलो मेरो चाहाना हो भन्नू भयो । 
जति बेला म आत्ममा स्वर्ग र नरक घुम्दै थिये । यता मण्डलिमा प्राथना भै रहेको मैले अलि अलि था पाउथे । जब मन्डलिमा आरधना भयो । सबै जनाले अन्य भासा पाउनु भयो । त्यति बेला पर्मेस्वर अत्ति खुसी हुनु भयो । पर्मेसरलाइ मन पर्ने कुरा भनेको आराधना रैछ । सगै प्राथना , उपबास ,सुसमाचार इसाइ जिबनको लागि अति महत्वपूर्ण कुरा रैछ । 
जब म तेस्रो दिनमा मेरो सरिरमा पुरै होस खुल्यो । मन्डलिका सबै जना आउनु भको रैछ । मेरो निम्ति धेरै प्राथना देश बिदेशबाट भयेको रैछ । म निन्द्रा बाट बिउँझेको जस्तै थिये । तीन दिन मलाइ नत पानीको आवस्वक परो न त खानाको । यो अचम्मको काम प्रभु बाहेक कस्ले गर्न सक्छ र ?

(राधिकाले दियेको गहबाइ छोटकरीमा दियेको छ  )
हामी भिडियो पनि हाल्ने छौ अझै तपाईं लाई सहयोग मिल्ने छ । 

केही सल्लाह सुझाब भये म्यासेज गर्नुस है ।

Friday, May 10, 2019

आसिया बीबीः धर्मनिन्दा मुद्दामा सफाइ पाएपछि पाकिस्तान छाडिन्

8 मे 2019

आसिया बीबी
गत वर्ष त्यहाँको सर्वोच्च अदालतले आसिया बीबीविरुद्धको फैसला उल्टाइदिएको थियो।
छिमेकीसँगको भनाभनका क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा सन् २०१० मा उनलाई दोषी ठहर गरिएको थियो।
पाकिस्तानलाई ध्रुवीकृत गरेको सो घटनामा आसिया बीबीले आफू निर्दोष भएको बताउँदै आएकी छन्।
देश छाडेर आसिया बीबी कहाँ र कहिले गइन् भन्नेबारे पाकिस्तानी अधिकारीहरूले केही खुलाएका छैनन्।
तर उनका वकिल सैफ उल मलूकले आसिया बीबी आफ्ना दुई छोरीले शरण पाएकै देश क्यानाडा पुगेको बीबीसीलाई बताए।
देशबाहिर पठाउने चाँजोपाँजो मिलाइँदै गर्दा सामान्यतया आसिया बीबी भनेर चिनिने आसिया नोरीनलाई गोप्य स्थानमा राखिएको थियो।
गत अक्टोबरमा आसिया बीबीविरुद्धको फैसला उल्टाउने सर्वोच्च अदालतको फैसलापछि धर्मनिन्दासम्बन्धी कानुनको समर्थन गर्ने कट्टरपन्थीहरूले हिंसात्मक प्रदर्शनहरू गरेका थिए भने उदारवादी तप्काले रिहाइको माग गरेका थिए।

आसिया बीबीमाथि के आरोप थियो?

सन् २००९ को जुन महिनामा महिलाहरूको एउटा समूहसँग आसिया बीबीको भएको विवादबाट मुद्दा जन्मिएको थियो।
ती महिलाहरूले फलफूलबारीमा काम गरिरहेका बेला एक बाटा पानीको विषयलाई लिएर विवाद शुरू भयो।
आसिया बीबीले एउटा कप प्रयोग गरेकोले उनको धर्मका कारण त्यो अशुद्ध हुन पुगेको र आफूले त्यसलाई प्रयोग गर्न नसक्ने ती महिलाहरूले भने।
अभियोजनकर्ताहरूका अनुसार विवादपछि ती महिलाहरूले आसिया बीबीलाई धर्म परिवर्तन गर्नुपर्ने बताए र त्यसको जवाफ दिने क्रममा उनले पैगम्बर मुहम्मदबारे अपमानजनक टिप्पणी गरिन्।
पाकिस्तानतस्वीर कपीराइटEPA
त्यसपछि उनको घरमा उनीमाथि कुटपिट गरिएको थियो र त्यसबेला उनले गल्ती स्वीकारेकी थिइन्। प्रहरीले गरेको एउटा अनुसन्धानपछि उनलाई पक्राउ गरेको थियो।
सर्वोच्च अदालतले उनलाई सफाइ दिँदै उक्त मुद्दा भरपर्दो प्रमाणमा आधारित नभएको र "ज्यान मार्ने धम्कीका कारण" भीडसामु उनले गल्ती गरेको स्वीकारेको बतायो।

किन उनको मुद्दा विभाजन ल्याउने किसिमको थियो?

इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र त्यसले त्यहाँको कानुनी प्रणालीलाई समर्थन गर्छ।
धर्मनिन्दासम्बन्धी कडा कानुनको पक्षमा जनताको समर्थन रहिआएको छ।
आफूप्रतिको समर्थन बढाउने एउटा माध्यमका रूपमा कडा धारका राजनीतिज्ञहरूले धर्मनिन्दामा कठोर सजाय दिइनुपर्ने कुरालाई प्रायः समर्थन गर्दै आएका छन्।
पाकिस्तानतस्वीर कपीराइ
तर आलोचकहरू भन्छन्, धर्मनिन्दासम्बन्धी कानुनलाई व्यक्तिगत विवादमा रिस-इवी साध्नका लागि प्रयोग गर्ने गरिएको छ र कमजोर प्रमाणका आधारमा दोषी ठहर्‍याउने गरिएको छ।
दोषी पाइएकामध्ये अधिकांश मुस्लिम अथवा अहमदी समुदायका छन् जो आफूलाई मुस्लिम नै ठान्छन्, तर रुढिवादी मुस्लिमहरूले उनीहरूलाई अल्लाहमा विश्वास नगर्ने समुदाय ठान्छन्।
सन् १९९० को दशकयता कैयौँ इसाईहरू पनि धर्मनिन्दाको आरोपमा दोषी ठहर भएका छन्। उनीहरूको जनसङ्ख्या १.६ प्रतिशत छ।
पछिल्ला वर्षमा इसाई समुदायलाई निशाना बनाई कैयौँ आक्रमण भएका छन्। सन् १९९० यता ईशनिन्दाको आरोपमा कम्तीमा ६५ जना मारिएका छन्।
सन् १९७१ मा जन्मिएकी आसिया बीबीका चार सन्तान छन्। धर्मनिन्दाको आरोपमा मृत्युदण्ड पाउने उनी पहिलो महिला हुन्।
bbc नेपाली बाट साभार 

गजल -येशुको गहबाइ ...

येशुको गहबाइ दिन एक दिन ,यी ढुङा माटो पनि बोल्ने छ ,
सत्य बाटो हिड, हैन भने त, इन्साफको दिन तिम्रो पोल खोल्ने छ ।

कति जोतिन्छौ सैतानको जुवामा, स्वतन्त्र भयेर जिउने ठाउँ छ ,
अनि दुस्टले जीवन भरी बिक्रि गर्न ,सस्तो भाउमा मोल्ने छ ।


तिम्रो काब छ भने सुन कति निल्छौ, पिर र ब्यथाको घुट्कोहरु ,
पबित्र देख्न चाहादैन दियाबलसले सधै खराबिमा घोल्ने छ ।

अनन्त सम्म रमाहट गर्ने, स्वर्ग रोज्ने समय अझै छ ढिला नगर ,
येशुलाइ अझै बिस्वास गरेनौ भने नरकको आगोले सधै पोल्ने छ।

written by Prem baraili

Monday, April 22, 2019

कबिता - म स्तब्ध छु

म निसब्द छु, म स्तब्ध छु ,
श्रीलन्काली मेरो दाजुभाइको मृत्यु प्रती ,
म एकान्तमा रोये, यस्तो किन प्रभु भन्दै ,
म कसरी व्यक्त गरु,म के भनौ ?
कहालि लाग्दो नरसहारलाइ ।
त्यो प्राथनाको भवन एकाएक रगतको गर भै दियो,
सयौ सुन्दर परिवार छण भरमै चुडाइ दियो ,
ती कस्ता मानिसहरु यो धर्तिमा जन्म दिनु भयो ।
त्यो नरसम्हार हेर्न मात्र सके केही गर्न सकिन,
न्याय गर्ने त परमेस्वर हुनु हुन्छ म त केही हैन ।
तर पनि म बिचलित भाको छैन ,
त्यो महान बलिदान हो हार हैन ,
यी सबै देखेर ,मेरो बिस्वास अझै बड्यो ,
ता कि बाइबलको वचन पूरा हुँदै गयो ।
सायद ती अपराधी हरु यतिबेला
उत्सब मनाउदै होलान,
सफल भयौ भन्दै रमाउदै होलान ,
त्यो अपराधि आत्मालाइ म घृणा गर्छु
हे मेरो येशु यो रगतको साटो पक्कै लिनुस ,
सैतानको सिर नकुच्याये सम्म चुप नबस्नुस ।
किनभने सैतान
चोर्न, मार्न र नास गर्न आउँछ ,
हत्याराको इनाम अतल कुण्ड पाउछ ।
तपाइको सृष्टि बिगार्ने माथी प्रहार गर्नुस
ती मानिसमाथी पनि यस्तै सन्कस्ट ल्याउनुस ।
तपाइको डर र भय डुस्टले पनि मान्नुपर्छ ,
पावल झै हत्याराहरु परिवर्तन हुनु पर्छ ,
काटमर गर्ने पनि तपाइको प्रेम बुझेर रुनु पर्छ ।
परमप्रभु परमेस्वर ढिला नगर्नुस
तिनिहरुलाइ पनि पबित्र आत्माले छुनु पर्छ ।


 prem baraili

Saturday, April 13, 2019

कबिता: नयाँ बर्ष



  • जसरी रुखका पातहरु झरेर उजाड पछि, वसन्त ऋतु सगै हरियाली छाउछ,

येशुको साचो माया बुझ्नेले जिबनमा यसरी नै प्रसस्त खुसियाली पाउछ ,
सुनखरी,चाप,चिलाउने, लालिगुरास फुलले बनै घमाइलो 
यो नया बर्ष सगै आयेको बहारले झनै मनै रमाइलो ।


  • सुन्तला,कागती आरु अम्बाको फुल सेतै फुलेको देख्दा,

प्रभुको स्तुति गाउन मन लाग्यो कोइलिले बिहानै सुरिलो भाकामा गाउदा,
पुराना कुरा जे थियो मेरो खराबी, अब सबै येशुमा नया आयेको छ ,
निलो आकास,सेतो बादल र यो मौसमले साच्चै येशुको प्रेम छायेको छ ।


  • सुर्यको किरण जस्तै प्रचण्ड आसा तिम्रो जिबनमा छाइ रहोस ,

जुनतारा,आकास सृष्टिकर्ता परमेस्वरको अनुग्रह तिम्रो जिबनमा आइ रहोस,
जिन्दगिका उतारचढाव सग सामना गर्ने शक्ति तिमिलाइ मिलोस ,
यो सुन्दर सन्सार जस्तै खुसी र उमङ्ग तिम्रो जिबनमा फुलोस ।
त्यो कलबरी क्रुसको बलिदानले तिम्रो जिबनमा पनि उद्दार मिलोस ।


  • परमेस्वर सगको सगती,प्राथना उपबास तिम्रो जिबनको लागि गर्छु चाहाना,
२०७६ साल प्रसस्त आसिसको बर्ष बनोस, यहि छ मेरो हार्दिक सुभकामना ।

#प्रेम बराइली 

Wednesday, April 10, 2019

GOOD FRIDAY सम्बन्धी केही जानकारी ।

जब म सानो थिये रेडियो नेपालबाट सुखद शुक्रबार को रोदि कार्यक्रम सुन्न्थे । त्यतिबेला देखि नै मेरो मनमा लागेको थियो कि यो शुक्रबार चाहिँ किन सुखद भनेको होला ? म सोच्ने गर्थे , सायद स्कुल अधा दिन मात्र लागेर होला, सरकारी कार्यलयको आधामात्र काम गर्नु परेर होला, या त सनिबार पुरै छुट्टि भयेर होला भन्ने तर गहिरो रहस्य त अर्कै रहेछ ।
के हो त Goodfriday ?
Goodfriday को सम्बब्ध येशु मसिह र इसाइ समुदाय सग जोडियेको छ । जो येशु मसिहको कलबरी डाडामा क्रुसमा टागियेको दिन सग जोडियेको छ । उक्त दिन शुक्रबार अर्थात फ्राइडे थियो । यसकारण मानव जातिको पाप येशु मसिहको क्रुस सगै बगएको र उद्दार पायेको,मानिसजातिको लागि आफ्नो जीवन अर्पण गरेर निस्वार्थ प्रेम देखाउनु भयेको, र उहाको प्रेम भन्दा अर्को कुनै प्रेम ठूलो छैन यस कारण यो दिनलाइ goodfriday भनियेको हो । उक्त समयमा येशु प्रभुलाइ असहिय यातना दियेको थियो । सिरमा काडाको मुकुट लगाइ दियेर, कोर्‍राले शरीर छिया छिया बनाइयेको थियो ।
सुखद शुक्रबार एक ख्रीष्टियन हरुको चाड पनि हो कि कलभरीमा येशू र उहाँको मृत्युको सम्झनमा यो दिनलाइ विशेष मानिन्छ । यो पवित्र हप्ताको समयमा पेचल ट्रिड्यूमको शुक्रबार ईस्टर आइतबार अघि शुक्रबार बिहान मनाइएको छ, र यहूदीहरूको निस्तारको अनुयायी संग मेल खान सक्छ। यो पवित्र शुक्रबार, महान शुक्रबार र ब्ल्याक शुक्रबार पनि भनिन्छ।
सुखद शुक्रबारको मिति एक वर्ष देखि भिन्न हुन्छ जुन ग्रेगरी र जुलियन क्यालेन्डरहरूमा फरक पर्दछ। पुर्बिय र पच्चिमी इसाइ बिच मिति फरक पर्दछ ।

मानिसको पतन र येशुको बलिदान:
मानिसको पतन कसरी भयेको थियो ? बाइबलमा यसरी लेखियेको छ ।

(उत्पत्ति 3:1-24
1. परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन्‍य पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?”
2. स्‍त्रीले सर्पलाई भनिन्‌, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं,
3. तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
4. सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ।
5. किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।”
6. जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्‌, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्‌, र आफ्‍ना पतिलाई पनि दिइन्‌, र उनले पनि खाए।
7. अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए।
8. अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
9. तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?”
10. उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”
11. उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”
12. मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।”
13. अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌।” स्‍त्रीले भनिन्‌, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।”
14. तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैंले यसो गरेको हुनाले, “तँ सबै पालिने पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌।
15. तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”
16. स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”
17. त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, “तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌।
18. त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्‌।
19. माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।”
20. आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।
21. परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।
22. तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्‌, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।”
23. यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्‍यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।
24. उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।)

यसकारण सन्सारमा पाप अति बढेर गयो । र मानिसले गरेको पापको बलिदान मानिसले नै गर्नु पर्ने भयो । जो परमेस्करको योजनामा मात्र सिद्ध हुन्छ ।
परमेस्वरले मानिसको मृत्युमा सधै आँखा चिम्लनु भयेन । आफ्नो हातले बनायेको मानिसमा माथी ठूलो कृपा देखाउनु भयो ।र आफ्नो पुत्रलाइ सन्सारमा मारिने थुमा झै पठाउनु भयो ।
यूहन्ना 3:16 यसरी लेखियेको छ ।
16. “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

बाइबलमा येशु प्रभुलाई कसरि यातना दियेको थिय ?
(मत्ती 27:28-31
28. तिनीहरूले उहाँको वस्‍त्र फुकालेर उहाँलाई लाल वस्‍त्र लगाइदिए।
29. तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”
30. तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए।
31. उहाँको गिल्‍ला गरिसकेपछि तिनीहरूले त्‍यो वस्‍त्र फुकालिदिए, र उहाँको आफ्‍नै वस्‍त्र पहिराएर उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।)
येशु प्रभु सत्य हुनुहुन्छ र यहुदिहरु गलत थिये भन्ने प्रमाण बारब्बा भन्ने डाकालाइ छोडिदिन लगायेका थिये । हेर्नुस बाइबलबाट
मत्ती 27:17-22
17. जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट कहलाइने येशूलाई?”
18. किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्‍पिदिएका हुन्‌ भनी तिनलाई थाहा थियो।
19. तब न्‍याय-आसनमा बसिरहेको बेला तिनकी पत्‍नीले यसो भनी खबर पठाइन्‌, “त्‍यस निर्दोष मानिसलाई केही नगर्नुहोस्‌, किनकि आज सपनामा तिनको कारण मैले धेरै दु:ख भोगेकी छु।”
20. तर मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्‍बालाई छोडिदिने र येशूलाई मृत्‍युदण्‍ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्‍याए।
21. हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्‍ति मुक्त गरिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?” तिनीहरूले भने, “बारब्‍बालाई।”
22. पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।”


जब उहालाइ हात पाउमा किला ठोकेर क्रुसमा झुन्ड्याइयो । त्यो समयमा क्रुसमा झुण्डिने मानिस सबै भन्दा स्रापित मानिस हुन्थे । त्यही क्रुसमा हाम्रा स्राप, अधर्म,अपराध ,पाप, येशुको रगत सगै बगाइदिनु भयो ।

येशु प्रभुको मृत्यु कसरि भयो ?
मत्ती 27:50-51
50. तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्‍नो आत्‍मा त्‍याग्‍नुभयो।
51. त्‍यसै घड़ी मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो, र जमिन काँप्‍न लाग्‍यो, र चट्टानहरू फुटे।
यसरी परमेस्वरको पुत्र येशु मसिहले आफ्नो शरीर बलिदान दियेर आदम र हब्बा देखि टुकृयेको सम्बन्ध फेरि सदाको लागि मिलाप गराइ दिनु भयेको छ ।

२ कोरिन्थी 5:17 मा यसरी लेखियेको छ ।
"यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।"

यसकारण अब ती पुराना ब्यबस्था पाप हरणको लागि जति पनि बलि थिये ती सबै आवस्वक भयेन अब केबल येशु नै पर्मेस्वरको जिबित पुत्र हुनु हुन्छ भनेर बिस्वास गर्ने सबै मानिस जातिको लागि उद्दार आयेको छ ।
हो यहि महान मलिदान दिनु भयेको कारण सारा सन्सारमा Good Friday मनाउन थालियेको हो ।

सकलन - प्रेम बराइली