Friday, September 20, 2019

यसकारण मैले हिन्दु धर्म छोडिदिये ।

✍️Prem Baraili , Taplejung


जब मैले यी कुरा हिन्दु धर्मशास्त्रमा लेखेको थाहा पाये त्यही दिन मैले हिन्दु धर्म त्याग्ने निर्णय गरे । बाउ बाजेको धर्म किन छोडेको ? बिदेशी धर्म किन अगालेको ? भन्नेहरुलाइ यी शब्दहरु काफी हुदैन र ??
हामी 21 औ सताब्दिमा त जातको कारणले मानिस मर्दै छ्न भने यो अन्धबिस्वास हैन रैछ यो त धर्मप्रती बिस्वास गर्नेले नै गर्दो रहेछन । 😎😎😎😎

हेर्नुस हिन्दु धर्म शास्त्र भित्र जातिय छुवाछूतको कुरा यसरी प्रस्ट सग लेखियेको छ, 🤔🤔🤔
📕📕📕📕📚️📚️📚️📝📝📝📝📝📝📝📝📝📝
यदि तल्लो जातको मान्छेले माथिल्लो जातको मान्छेलाइ जानिजानी छुन्छ भने तल्लो जातको मान्छेलाई मार्नु र उपल्लो जातिको मान्छे गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Bishnu smriti- 5, 104, Anhiras samhita 2.39

यदि तल्लो जातले पकायेको खाना खायेमा,वा उसको घर भित्र वा उसको भाडामा खान सख्त मनाइ गरिनु पर्छ,यदि त्यसो भयेमा गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Mahabharata 13,136,20-22
Manu 4,223

उपल्लो जातिको मान्छेले स्राद गरेको खानेकुरा सुद्र,तल्लो जाती,कुकुर र चरालाइ खानको लागि फ्याकी दिनु पर्छ ।
manu s 3.92,markandeya p 26.45-46,kurma p || 18.105-6

तल्लो जातिको नोकरले आफ्नो उपल्लो जाती मालिकको उबृयेको जुठो खाना खानै पर्छ ।
manu s 10. 125,mahabharata 13_143.29

यदि तल्लो जातिको मान्छेले बेद सुनेमा उसको कानमा सिसा पगालेर हाली दिनु पर्छ ,
यदि उसले बेद पढेमा उसको जिब्रो काटी दिनु पर्छ ।
यदि बेद कण्ठ गर्छ भने उसको शरीर दुई टुक्रा पारिनै पर्छ ।
Gautama D S 12.4-6
skanda purana v iiii 200.6
Brihaspati smriti 20.12

यदि तल्लो जातको मान्छेले माथिल्लो जातको छोरिलाइ बिबाह गर्छ भने उ मारिनु पर्छ ,यदि उ बयस्क वा जवान ठहरियो भने जिउदै जल्नु पर्छ ।
matsya p 227-131
Vaishtha D s 21.1-3,
Manu 8.374
यदि उपल्लो जाती बस्ने कुर्सिमा तल्लो जातिको मान्छे बस्यो भने उसको चाक डामेर खेदाउनु पर्छ ।
manu smriti 8 .281,bisnu smriti 5.20

तल्लो जातिका मानिसहरु कुकुर र सुगुर समान हुन ।
mahabharata 13.23.5 manu 3.239

तल्लो जातिका मान्छेले सम्पती कमाउनु हुदैन |
manu s 8.414
collect from Google
📝📝📝📝📝📝📝📝📝📝📝📝📝
यी माथिका कुरा पढे पछि तपाइको मनमा केही प्रस्नहरु आउन सक्छ्न , त्यसकारण रचनात्मक प्रस्न र उत्तर दियेको छ ।
📕📕📚️📚️📚️
#धर्म छाड्नु नै पर्छ र ? सुधार गर्न सकिँदैन ?

धर्म ग्रन्थ संविधान,किताब, एन जस्तो हैन समय अनुकुल परिमार्जन गर्न सकिने । यो त मनुस्मृती,महाभारत,बिस्नु स्मृतिमा जस्तो लेखियेको छ अनुयायीले मान्नु पर्छ, र त्यो चाहेर पनि परिवर्तन हुदैन ।
यसकारण धर्मग्रन्थ परिवर्तन जुन सग्दैन तर मान्छेले आस्था परिवर्तन गर्न सक्छ । यदि हामी हिन्दु नै रहि रहने हो भने आफुलाइ तल्लो जाती हु भनेर जीवन भर स्विकार गरि राख्नु पर्छ । तल्लो जातिमा जन्मिनु गल्ती हुदैन तर सधै हाम्रा पुस्ता जति उच्च काम गरे पनि निच नै ठान्ने धर्म नै छ , यसकारण त्याग्नु नै बिकल्प हो ।

#छुवाछूत अहिले त धेरै हटेको छ नि ?

छुवाछूत हटेको हैन तर जब देशमा प्रजातन्त्र आयो त्यस पछि धेरै दलित समुदाय लुकिछिपी पड्न थाले, र शिक्षा पायेर जातिय आन्दोलन सुरु गरे पश्चात् केही पछि मात्र हटेको हो तर मानशिक रुपमा हटेको छैन । यसको ज्वलत उदाहरण सामाजिक सन्जालमा छुवाछूतको सिकार धेरै दलित समुदाय भै सकेका छ्न र कति बाहिर आउदैन ।
# इसाइ हुने बितिकै कुसंस्कार हटेर गै हाल्छ ?

त्यो सोचाइ पनि गलत हुन्छ, कतिपय मानिस यहि जातभातको कुरामा रुमल्लिदै आयेको मान्छे हुन सक्छ्न, चर्चमा पनि जातिय कुरा उठ्नु अस्वभाबिक हो ,यदि बाइबलका वचन बुझेर पनि जातको कुरा गरिन्छ भने त्यो बिस्वासी उद्दार पायेको तर सुधार नभयेको बिस्वासी हो ।

# समाजमा पढे लेखेका उपल्लो जातिका मानिस धेरै छ्न उनिहरुले किन पहल गर्न सग्दैनन ??

हाम्रो नेपालमा भन्दा भारतमा झन डरलाग्दो जातिय विभेद छ, के भारतमा पढेलेखेका मानिस छैनन पक्कै छ्न बोरु अनपढ,सोझा इमान्दार मानिसले जात उपल्लो भये पनि त्यति ख्याल गर्दैनन तर जो पढेर पण्डित हुन्छ, धर्म कर्ममा बढी आस्था राख्न खोज्दछ उसले यी धर्म शास्त्रका कुरा मनन गर्दछ र उ पहिला भन्दा बढि भेदभाब गर्न सुरु गर्छ । हाम्रो समाजमा नपढेकोले हैन पढेकाले यो छुवाछूत प्रथा जिबित राखेका छ्न ।

# हिन्दु धर्म छोडेर नास्त्क बन्न सकिँदैन किन इसाइ नै बन्नु पर्यो ??
नास्तिकको सन्ख्या पनि धेरै छ । तर हामी सामाजिक प्रणी हौ , हाम्रो जन्म,मृत्यु ?बिबाह कुन रितिले गर्ने ?? त्यतिबेला हामी एउटा न एउटा आस्थामा बाधिनु नै पर्छ ।यसकारण हिन्दु छोडेर इसाइ भयेका छ्न जहाँ धेरै स्वतन्त्र महसुस गर्न पाउछ्न ।

सानो जात भयेर जन्मनु गल्ती हो ??

होइन । तर हाम्रो समाजले गल्ती नै हो भनेर युग्युग भ्रममा राखी रहेका थिये । जब मैले हिन्दु रहुन्जेल म आफुलाइ सानो,र तल्लो रहेछु । म जति ज्ञानि भये पनि,पढेलेखे पनि  उच्च हुन नसक्ने रहेछु जस्तो लाग्थ्यो । र समाजका उपल्ला जातिले हामिलाइ त्यसरी नै सिकाउथे । जब हामी सानो हुदा बाहुनको पानी छुनु पाप हो, बाहुनको छोरालाइ त भन्नू पाप हो, बाहुनको पेटि टेक्नु पाप हो भनेर सिकाउथे ।हामिलाइ त यति पीडा हुन्छ भने हाम्रा पुर्खाले कति पीडा सहे होला । जब बाइबलमा सबै मानिस समान हुन, भन्ने कुरा थहा पाये पछि इसाइ बन्नु नै पर्छ भन्ने सन्कल्प गरे । ता कि म पनि उच्च ब्यक्ति हुन सक्ने रहेछु ।

दलित समुदाय भन्दा जनजाती,मङोलियन धेरै इसाइ भयेका छ्न नि किन ?
हाम्रो समाज ब्राह्मण र छेत्री बाहेक अन्य जातिलाइ कहि न कहि भेदभाव गरेकै छ,अहिले मात्र त हो जनजातिहरु पनि माठिल्लो ठाउमा पुगेको । अर्को कुरा छुवाछूत छोड्नुको कारण हो तर त्यो भन्दा ठूलो कारण साचो परमेस्वरलाइ चिन्नु हो । जहाँ जातियता एउटा कारण हो तर ब्राह्मण ,छेत्री पनि धेरै इसाइ भयेका छ्न । यसको मतलब इसाइ हुनु समानता पाउनु मात्र हैन जिबनको गहिरो रहस्य बुझ्नु हो । जसले बुझेको छ उसले इसाइलाइ बिरोध गर्दैन ।

#कसरी सुरु भयो तो यो भेदबाब ??
भेदभावको सुरुवात हिन्दु धर्मको ब्रह्माबाट नै सुरु भयेको छ । सिरबाट जन्मियेको ले खुट्टाबाट जन्मिलेलाइ सधै दास बनायेको छ । के सर्बोच्च देउताले आफ्नो सन्तालनलाइ दास बनिरहने त्यो न्यायचित थियो ??? पक्कै थियेन । यो भेदभाब अन्त्य गर्न कि त ब्रम्हाका एउटै सन्तान हुन जो सानो ठूलो हैन भनेर परिमार्जन गर्नु पर्छ तर बेद , कहिले परिमार्जन हुन सग्दैन।
#त्यसो भये दलित( सुद्र) हरु हिन्दु हुन कि हैनन ?
जो जति नेपाल र भारतमा हिन्दु दलित छ्न बास्तबम उनिहरु हिन्दु हैनन । किनभने दलित अर्थात सुद्र कुकुर र सुँगुर समान भने पछि धर्ममा आस्था राख्न पाउदैन थिये । तर दास भयेर चाहिँ बस्नु पर्ने थियो । अर्को महत्वपुर्ण कुरा दलितहरुको धर्म हिन्दु हैन । कसरी भने जसले बेद,पुराण,महाभारत,पड्न नै पायेनन भने उनिहरुले कसरी धर्मको कर्म गरे होला । जो अहिले धर्म कर्म गरि रहेका छ्न हिन्दु हु भन्दै,उनिहरुले अरुले गरेको देखेको,सुनेको भरमा गरेका हुन । धर्म शास्त्रमा लेखेको अनुसार गरेका छैनन । नेपालका दलितहरुले सुगुरको मासु क्जान्छ्न तर हिन्दु धर्ममा सुगुरको मासु खानु पाप सरह हो । जो हाम्रो दलित समुदाय छ उनिहरुको घरमा कोहि कोहि सग धर्म शास्त्र,गीता, रामायण भये पनि प्राय कसैको घरमा धर्म शास्त्र हुदैन । अनि कसरी सिक्ने र आउने पुस्तालाइ सिकाउने ??


धन्यवाद ! यो लेख पढेर तपाइलाइ कुनै मनमा जिज्ञासा् भये हामिलाइ म्यासेस गर्न सक्नुहुनेछ ।

3 comments:

  1. Ho. Hami. Dalit. Bhaninew. Haru. Murkhw. Nai. Ho.

    ReplyDelete
  2. यो लेख पढेर हिन्दु धर्मले हाम्रो समुदाय माथि युगौयुगदेखि गर्दै आएको अन्याय र अत्याचार बारे थप स्पष्ट हुन मद्दत मिल्यो।साच्चै भन्ने हो नेपाल र भारतका कथित दलित समुदायले हिन्दु धर्म मान्नु कुनै पनि हिसाबले 1%पनि ठिक छैन।

    ReplyDelete