Sunday, March 31, 2019

Good Friday / सुखद शुक्रबार


कबिता
परमेस्वरको पुत्र मानिस बनी , आउनुभयो सन्सारमा ,
कतिले बिस्वासै गरेनन,सम्भब कसरी भयो सरिरमा,
सन्सारले बुझेन,पर्मेस्वरको लागि असम्भ केही छैन ,
ब्रह्माण्ड रच्नु भयो भने मानिस बनेर आउनु असम्भ हैन । 
मानिसमा अधिकार थियो,फल्दै फुल्दै सन्सार राज्य गर्ने,
आदम र हब्बाको एउटा गल्तिले भयो सबै मानिस जाती मर्नु पर्ने,
त्यसपछी सन्सारमा पाप बढ्यो कसैले रोकेर रोक्न सकेन ,
बोका र बाछाको रगतले अपराध छमा हुन सकेन ।
यसैले मानिसले गरेको पापको बलि मानिसको रगतले धुनु पर्ने भयो ,
यसैले येशु प्रभु ,मसिह बनी पृथ्वीमा आउनुभयो ।
उहाको बचनमा सक्क्ती थियो, अनन्त जिबनको बाटो पनि ,
उदाहरण दिदै भन्नू भयो, कसरी उद्दार पाइन्छ भनि ।
अगमबक्क्ताको अगमबाडी झै, येशु प्रभुलाइ पक्राउ गरियो ,
थुकाइ कुटाइ,निन्दा , घृणा , तिरस्कार सहनुभयो ,
सिरमा काडाको मुकुट लगाइ, कोर्‍राले शरीर छिया छिया पारियो,
हजारौको बिचमा क्रुस बोकाइ, कलबरी डाडामा लगियो ।
हात पाउमा किला ठोकी दिये, दयामायाको सिमा नराखी,
दोसि बनाइ झुण्ड्याइयो क्रुसमा, पिडाको हेक्का नराखी,
साझ पर्ने बेला,आकास कालो भयो ,त्यो सुक्रबारको दिन थियो ,
सबै सिद्दियो भनेर येशुले आफ्नो प्राण त्याग्नु भयो ,
अनि मन्दिरको पर्दा च्यातियो,चट्टान फुटे भुकम्प गयो ,
त्यो कति अनौठो प्रेम, उहाको रगतले हाम्रो अपराधहरु छमा भयो ।
यसैले प्रिय् , उहाको कोर्‍राको चोटले हामी निको भयौ ,
अब उहालाइ बिस्वास गर्ने सबै मानिस स्वर्गीय जाती भयौ,
सोचनुस त कसैले हामिलाइ गाली गर्दा,घृणा गर्दा कस्तो हुन्छ ?
सानो चोटमा पनि आँसु आउँछ, तर उहाको चोटमा रुने को हुन्छ ?
तर उहालाइ त शरीर चिरा चिरा पारेर मारियो,
त्यो अचम्मको प्रेमले नै हाम्रो अपराध क्षमा पारियो ,
परमेस्वर सग फेरि मिलाप भयेको दिन,यो खुसी तिम्रो मेरो लागि ,
त्यही सुक्रबार Good Friday बन्यो , सबै मानिस जातिको लागि ।





No comments:

Post a Comment