Saturday, April 6, 2019

परमेस्वरको विरुद्ध बोल्नेलाइ जबाफ !

( जब तपाईंलाइ कसैले तेरो परमेस्वर कहाँ छ? कस्तो छ ? के गर्छ ? भन्ने जस्ता प्रस्न गरे भने अयुबको पुस्तकबाट यसरि जबाफ दिनुस । ) ( Job : 38)


1. तब परमप्रभुले अय्‍यूबलाई आँधीबेहरीबाट यसरी जवाफ दिनुभयो:
4. “पृथ्‍वीको जग मैले बसाल्‍दा तँ कहाँ थिइस्‌? तैंले बुझ्‍छस्‌ भने मलाई बता।
5. त्‍यसको नाप कसले ठहरायो? तैंले ता जान्‍नुपर्ने! कसले त्‍यसमा नापको डोरी टाँग्‍यो?
6. त्‍यसलाई थाम्‍ने खम्‍बाहरू कहाँ अड़्याइएका छन्‌? त्‍यसको जगको ढुङ्गा कसले बसाल्‍यो?
8. “समुद्र पृथ्‍वीको गर्भबाट फुटेर निस्‍कँदा त्‍यसलाई रोक्‍न कसले ढोकाहरू बन्‍द गर्‍यो?
12. “तेरो जीवनकालमा के तैंले कहिल्‍यै बिहानीलाई आज्ञा गरेको छस्‌? अथवा प्रभातलाई त्‍यसको ठाउँ देखाएको छस्‌?
16. “के तँ समुद्रको मूलहरूसम्‍म झरेको छस्‌? अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्‌?
17. के मृत्‍युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्‌? के तैंले अँध्‍यारो ठाउँका ढोकाहरूलाई कहिल्‍यै देखेको छस्‌?
18. के तैंले पृथ्‍वीको विस्‍तृत फैलावटलाई बुझेको छस्‌? यी सबै तैंले जानेको भए मलाई बता।
19. “ज्‍योतिको मुहान कता छ? र अन्‍धकार कहाँ वास बस्‍छ?
20. के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌? र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
22. “के तँ हिउँको भण्‍डारमा पुगेको छस्‌? अथवा असिना थुपारेको स्‍थान तैंले देखेको छस्‌?
24. कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्‍छ, अथवा पूर्वीय बतास पृथ्‍वीमा चारैतिर उड़ाइन्‍छ?
25. महावृष्‍टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्‍ति बाटो कसले तयार गरेको छ?
27. उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई र सुक्‍खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्‍यो?
28. के वृष्‍टिको कुनै बाबु छ? शीतको थोपालाई जन्‍माउने बाबु को हो?
29. कसको गर्भले हिउँलाई जन्‍मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
31. “के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌? अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?
32. के तैंले गृह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्‍न सक्‍छस्‌? अथवा सप्‍तर्षि-तारा र तिनका दललाई डोर्‍याउन सक्‍छस्‌?
33. आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्‌? पृथ्‍वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्‍छस्‌?
34. र आफूलाई पानीको भलले ढाक्‍न सक्‍छस्‌?
35. के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्‌? के तिनीहरूलाई ‘हामी यहाँ छौं’ भनी तँलाई भन्‍छन्‌ र?
36. कसले हृदयलाई बुद्धि दियो? अथवा मनलाई समझदारी दियो?
37. को यस्‍तो बुद्धिमानी छ जसले मेघलाई गन्‍न सक्‍छ? र आकाशमा भएको पानीको भण्‍डारलाई रित्त्याउँछ?
38. कहिले धूलो माटो कड़ा हुन्‍छ, र माटोको डल्‍ला एकसाथ टाँसेर बस्‍छ?
39. “के सिंहनीको निम्‍ति तैंले शिकार खोजिदिन्‍छस्‌? र सिंहको भोकलाई तैंले तृप्‍त पार्न सक्‍छस्‌?
41. कागका बचेराहरूले खानेकुराको अभावमा परमेश्‍वरको पुकारा गर्दा, कसले कागलाई त्‍यसको आहार जुटाइदिन्‍छ?”
(अय्यूब 38:1,4,5,6,8,12,16,17,18,19,20,22,24,25,27,28,29,31,32,33,34,35,36,37,38,39,41)

No comments:

Post a Comment