Saturday, April 13, 2019

कबिता: नयाँ बर्ष



  • जसरी रुखका पातहरु झरेर उजाड पछि, वसन्त ऋतु सगै हरियाली छाउछ,

येशुको साचो माया बुझ्नेले जिबनमा यसरी नै प्रसस्त खुसियाली पाउछ ,
सुनखरी,चाप,चिलाउने, लालिगुरास फुलले बनै घमाइलो 
यो नया बर्ष सगै आयेको बहारले झनै मनै रमाइलो ।


  • सुन्तला,कागती आरु अम्बाको फुल सेतै फुलेको देख्दा,

प्रभुको स्तुति गाउन मन लाग्यो कोइलिले बिहानै सुरिलो भाकामा गाउदा,
पुराना कुरा जे थियो मेरो खराबी, अब सबै येशुमा नया आयेको छ ,
निलो आकास,सेतो बादल र यो मौसमले साच्चै येशुको प्रेम छायेको छ ।


  • सुर्यको किरण जस्तै प्रचण्ड आसा तिम्रो जिबनमा छाइ रहोस ,

जुनतारा,आकास सृष्टिकर्ता परमेस्वरको अनुग्रह तिम्रो जिबनमा आइ रहोस,
जिन्दगिका उतारचढाव सग सामना गर्ने शक्ति तिमिलाइ मिलोस ,
यो सुन्दर सन्सार जस्तै खुसी र उमङ्ग तिम्रो जिबनमा फुलोस ।
त्यो कलबरी क्रुसको बलिदानले तिम्रो जिबनमा पनि उद्दार मिलोस ।


  • परमेस्वर सगको सगती,प्राथना उपबास तिम्रो जिबनको लागि गर्छु चाहाना,
२०७६ साल प्रसस्त आसिसको बर्ष बनोस, यहि छ मेरो हार्दिक सुभकामना ।

#प्रेम बराइली 

No comments:

Post a Comment