Sunday, September 29, 2019

दशैको सुभकामना आयो,के गर्ने ??

बिचार - ✍️Prem Baraili

मेरो बच्चा देखिको मिल्ने एउटा साथिले मलाइ,
" happy dashain and Dipawali"
भनेर म्यासेज पठायो ।।
म त्यो म्यासेजलाई हेरे र मैले केही प्रतिक्रिया दिन सकिन ।
same to u भन्नू भन्दा म दशै मनाउदिन ।
thank u भन्न पनि सकिन ।
मैले उसलाइ sorry साथी म त christian हो भन्दा उसले मलाइ के भन्ला ??
इसाइ भये पछि साथी भाइ,साइनो सम्बन्ध नै बिर्सिदिने रैछ्न । सायद यस्तै ।
यसैले म धेरैबेर अक्क न बक्क भयेर म त्यो म्यासेजको reply के दिने भनेर सोची रहे ।
सोच्दा सोच्दै अर्को दसै लागि सक्न लाग्यो । फेरि उसले र अरु धेरैले मलाइ दशैको सुभकामना म्यासेज पठाउछ्न ।
तर मैले भने केही न केही reply दिने योजना बनायेको छु ।
किनकी
# मेरो मिल्ने साथी लागायत धेरै साथी छ्न उनिहरु दशैको खुसी मनाउदा मलाइ पनि सम्झिन्छ्न । उनिहरु यो सोच्दैन कि उ इसाइ हो । तर उनिहरु आफ्नो खुसी मलाइ पनि साटिरहेका छ्न । त्यो बेलामा मैले म त christian हु भन्दा कति नमज्जा होला ।
# के christian हुने बित्तिकै हामि दोश्रो ग्रह बाट आये जस्तो व्यबहार गर्नु पर्छ र ? उनिहरुको रिस पुर्ण प्रस्न यस्तै हुन्छ ।
# हामी नेपाली christian मिसृत रुपमा भयेका हौ , जस्तो कि कसैको छोरा बुहारी,कसैको नाति नातिनी,कसैको ज्वाइँ छोरी र कसैको पुरै परिवार इसाइ भयेका यसकारण हाम्रो आफ्न्त अझै पनि हिन्दु वा बुद्धिस्ट छ्न उनिहरु दसै लगायत अन्य चाड मनाउछ्न । उनिहरुले त्यतिबेला केबल म्यासेज गर्दा हाम्रो के जान्छ ।
यश बिसयमा परमेस्वरले चेतावनी सगै स्वतन्त्रता दिनु भयेको छ ।
परमेस्वरले भन्नुहुन्छ कि तिमिहरु यी सन्सारका मानिस भन्दा अलग भयेर बस्न नखोज ।नत्र त तिमिहरु एक्लै हुनेछौ ।
अब हामी बाइबलिय रुपमा आफ्नो व्यबहार परिपक्क बनाउदै जान्छौ पनि हामी सामाजिक प्राणी हौ । हाम्रो समाजमा इसाइ मात्र हुदैन,हिन्दु मात्र हुदैन सबै धर्म मान्ने मान्छे हुन्छ्न । के त्यतिबेला हामी सरसहयोग गर्दैनौ र ?? पक्कै गर्छौ ।
हामी कसैको पुजामा नजाउला, मन्दिरमा नजाउला, तर हामिले सबै मान्छेलाइ प्रेमको नजरले हेर्नू पर्छ । जबकी हामिले परमेस्वरको प्रेम प्रचार त्यही अन्य जातिलाइ सुनाउने हो भने आफ्नो कुरा मात्र सहि तिमिहरु चाहिँ गलत हौ भन्ने कुराले इसाइ प्रती रिस,बितृस्णा पैदा भयेको हो ।
बरु उसलाइ happy dashai or dipawali भन्छ भने हामिले
#thank u,
#God bless u ,
#Same to u,
#Enjoy
यी शब्द प्रयोग गर्छु र सगै येशुको सुसमाचार पनि उसलाइ म्यासेज गरेर पठाउने योजना बनाउदैछु । किनभने कसैले हाम्रो कुरा सुनौदै छौ भने उसको कुरा इन्कार हरेर हैन उसको कुरा सुनेर मात्र हामिले उसलाइ सुनाउन सक्छौ ।
सुसाचारको वचन ,
यूहन्ना 14:6
6. येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।
यूहन्ना 6:35
35. येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।
तपाईं पनि थप्न सक्नु हुन्छ ।
बरु मैले उसको मन जित्न सक्छु र प्रभुको प्रेम उसलाइ पनि बाडेको हुन्छु ।
मेरो यो बिचारमा सहमती र बिमती भये मलाइ कमेन्ट गर्नुस है ।

No comments:

Post a Comment