इसाइलाइ झोले भन्नेहरु इसाइ देशमा नै पैसाको झोला भर्न गयेको देखे ,
गाई खाने धर्म भन्ने हरु ,भट्टिमा गोरुको सिकुटी सग मस्त भयेको देखे
सन्सारका अरबौ मानिस केही नबुझी इसाइ भयेको हैन , चेतना भया ,
गरिबको नाउमा आयेको डलर, त्यही इसाइ बिरोधिले पहिल्यै चपायेको देखे ।
न त बेद,पड्न पाए न त रामायण ,गिता पड्न पाए
उल्टै धारा,मन्दिर,बिधालय ,घरमा छुवाछूतको तिरस्कार खाए
आफ्नो धर्ममा समानता म पनि चाहान्थे,कहिले परिवर्तन भयेन,
यसैले म शान्ती पाउन इसाइ बने, भन अब मैले के बिराए ??
म हिड्दै छु एउटा नयाँ बाटो ,पुरानोलाइ छाडेर ,
बनाउने छु सुन्दर बगैँचा,बिस्वासको फुल गोडेर ,
अचम्मको प्रेम छ उहाको ,खोजेर कतै पाइदैन ,
आयेको छु येशुको दुनियामा,बन्धनहरु तोडेर ।
by prem baraili



No comments:
Post a Comment