Friday, May 10, 2019

आसिया बीबीः धर्मनिन्दा मुद्दामा सफाइ पाएपछि पाकिस्तान छाडिन्

8 मे 2019

आसिया बीबी
गत वर्ष त्यहाँको सर्वोच्च अदालतले आसिया बीबीविरुद्धको फैसला उल्टाइदिएको थियो।
छिमेकीसँगको भनाभनका क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा सन् २०१० मा उनलाई दोषी ठहर गरिएको थियो।
पाकिस्तानलाई ध्रुवीकृत गरेको सो घटनामा आसिया बीबीले आफू निर्दोष भएको बताउँदै आएकी छन्।
देश छाडेर आसिया बीबी कहाँ र कहिले गइन् भन्नेबारे पाकिस्तानी अधिकारीहरूले केही खुलाएका छैनन्।
तर उनका वकिल सैफ उल मलूकले आसिया बीबी आफ्ना दुई छोरीले शरण पाएकै देश क्यानाडा पुगेको बीबीसीलाई बताए।
देशबाहिर पठाउने चाँजोपाँजो मिलाइँदै गर्दा सामान्यतया आसिया बीबी भनेर चिनिने आसिया नोरीनलाई गोप्य स्थानमा राखिएको थियो।
गत अक्टोबरमा आसिया बीबीविरुद्धको फैसला उल्टाउने सर्वोच्च अदालतको फैसलापछि धर्मनिन्दासम्बन्धी कानुनको समर्थन गर्ने कट्टरपन्थीहरूले हिंसात्मक प्रदर्शनहरू गरेका थिए भने उदारवादी तप्काले रिहाइको माग गरेका थिए।

आसिया बीबीमाथि के आरोप थियो?

सन् २००९ को जुन महिनामा महिलाहरूको एउटा समूहसँग आसिया बीबीको भएको विवादबाट मुद्दा जन्मिएको थियो।
ती महिलाहरूले फलफूलबारीमा काम गरिरहेका बेला एक बाटा पानीको विषयलाई लिएर विवाद शुरू भयो।
आसिया बीबीले एउटा कप प्रयोग गरेकोले उनको धर्मका कारण त्यो अशुद्ध हुन पुगेको र आफूले त्यसलाई प्रयोग गर्न नसक्ने ती महिलाहरूले भने।
अभियोजनकर्ताहरूका अनुसार विवादपछि ती महिलाहरूले आसिया बीबीलाई धर्म परिवर्तन गर्नुपर्ने बताए र त्यसको जवाफ दिने क्रममा उनले पैगम्बर मुहम्मदबारे अपमानजनक टिप्पणी गरिन्।
पाकिस्तानतस्वीर कपीराइटEPA
त्यसपछि उनको घरमा उनीमाथि कुटपिट गरिएको थियो र त्यसबेला उनले गल्ती स्वीकारेकी थिइन्। प्रहरीले गरेको एउटा अनुसन्धानपछि उनलाई पक्राउ गरेको थियो।
सर्वोच्च अदालतले उनलाई सफाइ दिँदै उक्त मुद्दा भरपर्दो प्रमाणमा आधारित नभएको र "ज्यान मार्ने धम्कीका कारण" भीडसामु उनले गल्ती गरेको स्वीकारेको बतायो।

किन उनको मुद्दा विभाजन ल्याउने किसिमको थियो?

इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र त्यसले त्यहाँको कानुनी प्रणालीलाई समर्थन गर्छ।
धर्मनिन्दासम्बन्धी कडा कानुनको पक्षमा जनताको समर्थन रहिआएको छ।
आफूप्रतिको समर्थन बढाउने एउटा माध्यमका रूपमा कडा धारका राजनीतिज्ञहरूले धर्मनिन्दामा कठोर सजाय दिइनुपर्ने कुरालाई प्रायः समर्थन गर्दै आएका छन्।
पाकिस्तानतस्वीर कपीराइ
तर आलोचकहरू भन्छन्, धर्मनिन्दासम्बन्धी कानुनलाई व्यक्तिगत विवादमा रिस-इवी साध्नका लागि प्रयोग गर्ने गरिएको छ र कमजोर प्रमाणका आधारमा दोषी ठहर्‍याउने गरिएको छ।
दोषी पाइएकामध्ये अधिकांश मुस्लिम अथवा अहमदी समुदायका छन् जो आफूलाई मुस्लिम नै ठान्छन्, तर रुढिवादी मुस्लिमहरूले उनीहरूलाई अल्लाहमा विश्वास नगर्ने समुदाय ठान्छन्।
सन् १९९० को दशकयता कैयौँ इसाईहरू पनि धर्मनिन्दाको आरोपमा दोषी ठहर भएका छन्। उनीहरूको जनसङ्ख्या १.६ प्रतिशत छ।
पछिल्ला वर्षमा इसाई समुदायलाई निशाना बनाई कैयौँ आक्रमण भएका छन्। सन् १९९० यता ईशनिन्दाको आरोपमा कम्तीमा ६५ जना मारिएका छन्।
सन् १९७१ मा जन्मिएकी आसिया बीबीका चार सन्तान छन्। धर्मनिन्दाको आरोपमा मृत्युदण्ड पाउने उनी पहिलो महिला हुन्।
bbc नेपाली बाट साभार 

No comments:

Post a Comment