Wednesday, May 31, 2017

मैले भोगेको बिदेस

हजार सपना मर्छ्न, अनि हजार आसा मर्छ्न बिदेस्मा ,
उज्यालो ज्योतिमा झुम्मिने पुतली जस्तै,
हिलोमा फुल्ने कमल फुल जस्तै,
सुन्दा राम्रो तर बस्तबिकता अर्कै हुन्छ बिदेस्मा ,
सुन्दर सपना,खुसी परिवार बनाउने सपनाहरु
अनि बिहान बेलुका सुन्दर जिवनको खोजिमा भौतारिदा भौतारिदै बित्छ जीवन बिदेसमा
भोक,तिर्खा,निद्रा नभनी सपनाहरु सिउदा सिउदै बित्छ जीवन बिदेसमा
न चाडबाड,न त खुसियाली
रहरहरु फुल्ने आसामा बित्छ जीवन बिदेसमा
पैसा पैसा भन्दा भन्दै उमेर बित्छ बिदेस्मा ,
न त रोयेको कसैले देख्छ, न समस्याहरु
खुसी खोज्दा खोज्दै बित्छ जीवन बिदेसमा,
गाउँ घरको याद मन भरी राख्दै,
घर जाने दिन गन्दा गन्दै बित्छ जीवन बिदेसमा,
कहिले भोको पेट ,कहिले बासी खाना सग
परिवारको खुसी किन्दा किन्दै बित्छ जीवन बिदेससमा,
न सोचो जस्तो काम, न त खोजे जस्तो पैसा
अरुको गुलाम बन्दा बन्दै बित्छ जीवन बिदेस्मा ।
अफैले अफैलाई  बेच्दै, सुन्दर भबिस्य किन्दा किन्दै
बित्छ जीवन बिदेसमा

No comments:

Post a Comment