मान्छे हु म पनि , गल्ती हजार हुन्छ ,
अन्जानको गल्तिले यो मन पनि रुन्छ,
थाहा हुदैन कहिले काहीँ सहि छु या गलत ,
फसिन सकिन्छ है कसरी, दुस्टको नियत ।
पाप र अपराधमा डुबेको मानव जाती ,
खोज्नु पर्छ छुटकाराको के छ ओखती ,
दुनियाले खोज्दछ्न बाटो , तर भेट्टाउदैन ,
येशु नै हो उदारकर्ता भन्दा पत्याउदैनन ।
चोर्नु मार्नु र नाश गर्नु हो दुस्टको काम ,
सत्यलाइ मेटाउनु हो शैतानको काम,
साना साना गल्तिमा पनि क्षमा माग्नुपर्छ
पच्चतापी हृदय नै परमेस्वरलाइ मन पर्छ ।
दुस्टको हजार युत्ती हुन्छ, मानिस गिराउने,
होसियारी हुनलाइ प्राथना गरेर जोगिने ,
शुद्ध र पबित्र बन्न सधै कोसिस गर्नुपर्छ ,
प्रभुको आग्या पालनमा दृण हुनुपर्छ ।
होसियार बसौ,
एउटै गल्ती बारम्बार क्षमा हुदैन,
अनुग्रह पाप गर्ने इजाजत पत्र हैन
हरेक दिन पच्चतापि हृदय बनाउ ,
मुक्तिदाता येशुको , प्रसम्सा गरौ ।
पाप क्षमा कर्ता येशुको बढाइ गरौ ।
आमेन
✍️प्रेम बराइली

No comments:
Post a Comment