Wednesday, April 1, 2020

गजल



रोगले भन्दा धेरै,सन्सारमा हेर ,मानिसमा डर छायेको छ,
प्रभु प्रभु भन्नेहरु पनि हेर ,अचानक ठक्कर खायेको छ ।

हत्यारा,ब्यभिचारी जादुगर,झुटाको लागि क्रोध खनिन्छ ,
झिलिमिली देश हेर आज,एकै पलमा बिपत आयेको छ ।

महामारिले विश्व चिहान झै भयो,असहिय पीडा भयो,
कहाँ चुक्यौ हामी, प्रभुको चेतावनी, कस्ले पायेको छ ?

सायद हामी घमन्डी भयौ,उच्च ठान्यौ, परमेस्वरलाइ भुल्यौ
त्यसैले
उहाले बिपतिमा मुहार छुप्नु भयो ,दुष्ट मुख बायेको छ ।

मानिस जाती,घुडा टेकौ,भाग्रा लगाउ,पच्चताप गरौ अब,
निर्दयी हुनुहुन्न स्वर्गीय पिता,सुन्नुहुन्छ क्रन्दन गायेको छ ।

झुटा कृस्ट आउदैछ्न,भुकम्प जादैछ,दुख क्रस्ट भोग्दैछौ,
येशुको आगमन नजिक छ ,समय तयारी हुन लायेको छ।

बत्तिमा तेल थपौ,होसियार बनौ,बिस्वास्मा स्थिर बनिरहौ,
पापहरु धोयेर जसले, स्वर्गीय पहिरन लाउन चाहेको छ ।


✍️Prem Baraili

No comments:

Post a Comment