वुहान, चीन
चीन वुहानका इसाइहरूले नोबेल कोरोनाभाइरसको प्रकोप र सरकारी सतावटको बावजुद अझै पनि सडकमा सुसमाचार प्रचार गरिरहेका छन्।
इसाई साक्षीहरूले खुलेआम चीनको वुहानमा कोरोनाभाइरस प्रकोपको केन्द्रमा आफ्नो विश्वास बाँडिरहेका छन्। तिनीहरू घातक भाइरसले दूषित हुनबाट मात्र आफ्नो ज्यान जोखिममा हालेका छैनन्, तर चिनका अधिकारीहरूले उनीहरूलाई सताउनबाट पनि आफ्नो ज्यान जोखिममा पारिरहेका छन्। राष्ट्रिय सन्कट्को बाबजुद चीनको कम्युनिष्ट सरकारले इसाईहरुको सतावट अझै गम्भीर छ। कम्युनिष्ट सरकारले इसाई विश्वासका बारे खुला कुरा गर्नु गैरकानूनी हो। “त्यहाँ इसाईहरू छन्, वुहानमा एउटा सेवकाई, तिनीहरू सडकमा जान्छन्। तिनीहरू धेरै साहसी छन्, "CBN news Asia" संवाददाता लुसिल तालुसानले भने। "उनीहरूले मास्कहरू दिन्छन् र उनीहरू भन्छन् कि उनीहरू इसाईहरू हुन् र उनीहरूले ख्रीष्टको प्रेम बाँडिरहेका छन् र येशू र उनीहरूको परिवार र सम्पूर्ण चीनलाई आशा दिन इशारा गर्छन् ... यो वास्तवमै एक ब्रेक-थ्रु हो।" चिनियाँ क्रिश्चियन फेलोशिप अफ राइनिटीजका फादर फ्रान्सिस लियूले समुदायले सुन्नका लागि वक्ताहरूमा प्रोत्साहन प्रवचनहरूको एक भिडियो सार्वजनिक गर्नुभयो।
विश्वभरिका इसाईहरूलाई यस प्रकोपबाट प्रभावित भएका व्यक्तिहरूको लागि प्रार्थना गर्न आग्रह गरिएको छ। आउनुहोस्, हामी यस भाइरसमाथि ख्रीष्टद्वारा विजय र चङाइ दाबी गरौं ।
आमेन ।
नेपाली अनुबाद :- प्रेम बराइली
News translate from GOD TV PH

No comments:
Post a Comment