Thursday, October 3, 2019

दोधारे इसाइ


कबिता :- दोधारे खृस्टियन


हाम्रो खृिस्टियन जनले पनि दशै तिहार मनायेको देखे ।
टिकामात्र लाउन हुदैन भन्दै,फुलमाला लायेको देखे
कोशेली बोकेर माइती,ससुराली, धेरै धाउदा रहेछ्न
चाड सुरु देखि नै घर भरी रागा,सुगुरको मासु देखे ।

धर्मको चाड प्रती मेरो कति पनि पुर्बग्रह रिस छैन
यसको मतलब इसाइले अनुसरण गर्नु पर्छ भनेको हैन
कि एता आउ कि उता जाउ,दोधारे मानिस नबन
सबै तिर ठिक्क हुने अस्थिर सोचको नबनाउ जीवन ।

प्रभुले के भन्नू भयेको छ ,इसाइले बिस्वास भुल्नु हुदैन
जुन धर्म चाहन्छौ त्यसमा ढृण बन,दहि चिउरे हैन
खिचडी झै व्यबहारले तिम्रो पहिचान झल्किदैन
मान्ने नमान्ने तिम्रो अधिकार तर यसरी प्रेम हुदैन ।

यसैले जहाँ पनि अलमलिने,अधकल्चे इसाइ नबन
दुधे बाकक झै हैन अब परिपक्क बिस्वासी बन ।

✍️ Prem Baraili 

1 comment: