बिहानिको शीत राम्रो,
Poem
आफ्नै भाकामा गाउने गित राम्रो
मनै देखि लाउने पृत राम्रो
आज भोलि भन्दै बितेछ साल पनि
साथ दियौ आभाब र प्रसस्ततामा पनि
तिमी अर्कै घरको मान्छे म अर्कै घरको मान्छे
बोली व्यवहार फरक पर्छ,टाढाको मान्छे
बेशिमा फुल्ने शिमल
लेकैमा फुल्ने चिमल
त्यो मन साचै कोमल
खोलाको छेउ,खोलाको किनारा
बनैमा फुल्ने बनमारा
तिमी नै हौ जिबनको सहारा
बनकी चरी गाउछे बनैमा
धान चरी भुल्यो धानैमा
तिमिलाइ राखेको छु यो मनैमा
आकाशैको सेतो बादल
जुनेली रातमा जुनतारा झलमल
आखैमा लाउने कालो गाजल
चोली लाउने कपडा मखमल ,
शिरैमा लाउने शिरबन्दी
चोली नै राम्रो चौबन्दी
मधुरो बोली,मीठो छ भाका
दयालु मन,निर्दोस छ आखा
भमरा भुल्ने फुलबारी
यो मन भुल्ने तिम्रो वरिपरि
लाली लाउने ओठैमा
बसेकी छौ तिमी मुटुमा
पानी मीठो तिरतिरे धाराको
खासो छ सधै तिम्रै सहाराको
डडापाखा उडि हिड्ने पवन
राम्री छौ तिमी झनै राम्रो मन
सम्हाली राख्नु फुल झै जीवन
चौतारीमा शितल वरको छायाले
जीवन नै मीठो त्यो तिम्रो मायाले
अधेरी रातमा जुन तारा चम्किने
माया दिउला सधै सधै सम्झिने
डाडाखेतलाइ पानी लाउने कुलो
धनले के गर्नु र माया नै हो ठुलो
चादी झै टल्किने त्यो सेतो हिमाल
याद आउदा सम्झना रुमाल
टाढा हुँदा त्यो मनलाइ सम्महल ,
घाँस दाउरा गर्ने गैरिबारी
मयुर गाउने खोला पारी
सम्झनाले रुवाउछ घरिघरी ।
पहाडको माथी उकाली ओराली
थकान बिसाउने सितल चौतारी
तिमिलाइ पाये मन मिल्ने दौतरी,
ढुङ्गाको घर,खरको छानो
हिमालको फेदमा घर छ सानो
तिम्रो मायाले यो मन नै न्यानो ,
बासको झ्याङ, बसैको बासघारी
सरर सुसाइ रहने सल्लाघारी
मास फल्ने मासबारी
तिमी फुल्ने ठाउँ त यो मनभरी ।
सुखमा सगै हास्न पाउ
दुखमा दुखमा सगै रुन पाउ
जीवन बित्दै छ भन्दै साझ बिहानी
यो जीवन गाडे माटो जलाये खरानी ,
अजम्बरी रहोस हाम्रो प्रेम कहानी
सगै हास्न पाउ,सगै बाच्न पाउ,
सोचे झै भइ दिये हुन्थ्यो, यो जिन्दगानी ।
By Prem Baraili

No comments:
Post a Comment