Sunday, September 29, 2019

कबिता - गोठालो प्रती आदर ।

गोठालोले भेडालाइ नुन दिन्छ
भेडाले गोठालोलाइ उन दुनु पर्छ ,
मण्डलिमा बिस्वासिहरु अगुवाको अधिनमा हुनु पर्छ
जिबनको हरेक अबस्थामा परिपुरक हुनुपर्छ ।
अगुवा बाटो देखाउने हो हिड्नु त आफैले पर्छ
बिस्वासमा अडिग नरहने मानिस अगुवासग गनगन गर्छ ।

चित दुखाइ र अ्मेलको कुरा के छ खुलेर कुरा गर्नुस
समाधान मन्डलिमा खोज्नुस,अन्यजातिको भर नपर्नुस।
भेटी दसाम्स कहाँ जान्छ भनेर चियो चर्चो नगर्नुस
बरु असल ठाउमा काम लागोस भनेर प्राथना गर्नुस ।
मण्डलिमा निदाउनेहरु सुन्नुहोस,के रातभरी निदाउन काफी थियेन र
हाइ गर्दै चर्च आउनेहरु, कर कसैले गर्यो कि तपाईं स्वतन्त्र हैन र



असल इसाइले मन्डली राम्रो देख्न चाहन्छ, रिस राख्दैन
सच्चा इसाइले आशिष् बोल्छ, अरुलाइ सराप्दैन
वचन पड्नुस हरेक दिन, केबल शनिबार मात्र हैन
आत्मालाइ पनि भोक लाग्छ, हरेक दिन एक दिन मत्र हैन ।

हाम्रो सानो परिवार सम्माहाल्न, त कति धेरै गारो पर्छ
उहाहरुको पनि परिवार छ ,झन मण्डलि सम्माल्नु पर्छ
हामी आफ्नै मात्र आभाब देख्छौ, के उहाहरुलाइ अभाब हुदैन होला
परिस्थिति कमजोर हुदा के कोहि मानिस रुदैन होला

चिसो वा तातो बन, निल्नु न ओकल्नु मन तातो नबन
येशुको पृय सन्तान बन, बोक्रे बिस्वासी नबन
बिस्वासी सग अगुवा रिसाये भने त्यो त अर्ति पो मान्नु पर्छ
चित्त दुखायेर नजानुस, बरु आफनै भलो को लागि ठान्नु पर्छ
डर,रिस, सन्का र तितोपना फालिदिनुस,त्यो त दुस्टको हतियार हो
एकले अर्कोलाइ स्रेस्ठ ठान्ने हृदय त हाम्रो जिबनको उपहार हो
के आफ्नो जिबनमा आशिष् देख्न चाहानु हुन्छ,अगुवको सम्मान गर्न सिक्नुस
आफुले गल्ती गरेर दोस,मन्डलिलाइ नदिनुहोस
बरु
एकले अर्कालाइ बुझ्ने कोसिस गरौ, येशुको प्रेममा रहेर
गोठाला बिनाको भेडा नबनौ, अग्या नमान्ने छाडा भयेर
अगुवाको आदर नगर्नेले ,परमेस्वरको आदर कसरी पाउछ
आफुखुसी चल्ने बिस्वासी,दुस्ट्को परिछा पर्छ र येशुको डण्ड पाउछ



किनभने मन्डली जन र अगुवाको सम्भन्ध भेडा र गोठालो जस्तै हुनु पर्छ
गोठालोको वास्ता फिकृको साटो ,हामिले पनि आदर दिनु पर्छ ।
होसियार मन्डली दुस्टको पासोमा नपर्नुस, के सत्री हो आजै जान्नु पर्छ
साचो गोठालोले हाम्रो भलाइ देख्नुहुन्छ, उहाको आग्या मान्नु पर्छ ।
✍️Prem baraili

दशैको सुभकामना आयो,के गर्ने ??

बिचार - ✍️Prem Baraili

मेरो बच्चा देखिको मिल्ने एउटा साथिले मलाइ,
" happy dashain and Dipawali"
भनेर म्यासेज पठायो ।।
म त्यो म्यासेजलाई हेरे र मैले केही प्रतिक्रिया दिन सकिन ।
same to u भन्नू भन्दा म दशै मनाउदिन ।
thank u भन्न पनि सकिन ।
मैले उसलाइ sorry साथी म त christian हो भन्दा उसले मलाइ के भन्ला ??
इसाइ भये पछि साथी भाइ,साइनो सम्बन्ध नै बिर्सिदिने रैछ्न । सायद यस्तै ।
यसैले म धेरैबेर अक्क न बक्क भयेर म त्यो म्यासेजको reply के दिने भनेर सोची रहे ।
सोच्दा सोच्दै अर्को दसै लागि सक्न लाग्यो । फेरि उसले र अरु धेरैले मलाइ दशैको सुभकामना म्यासेज पठाउछ्न ।
तर मैले भने केही न केही reply दिने योजना बनायेको छु ।
किनकी
# मेरो मिल्ने साथी लागायत धेरै साथी छ्न उनिहरु दशैको खुसी मनाउदा मलाइ पनि सम्झिन्छ्न । उनिहरु यो सोच्दैन कि उ इसाइ हो । तर उनिहरु आफ्नो खुसी मलाइ पनि साटिरहेका छ्न । त्यो बेलामा मैले म त christian हु भन्दा कति नमज्जा होला ।
# के christian हुने बित्तिकै हामि दोश्रो ग्रह बाट आये जस्तो व्यबहार गर्नु पर्छ र ? उनिहरुको रिस पुर्ण प्रस्न यस्तै हुन्छ ।
# हामी नेपाली christian मिसृत रुपमा भयेका हौ , जस्तो कि कसैको छोरा बुहारी,कसैको नाति नातिनी,कसैको ज्वाइँ छोरी र कसैको पुरै परिवार इसाइ भयेका यसकारण हाम्रो आफ्न्त अझै पनि हिन्दु वा बुद्धिस्ट छ्न उनिहरु दसै लगायत अन्य चाड मनाउछ्न । उनिहरुले त्यतिबेला केबल म्यासेज गर्दा हाम्रो के जान्छ ।
यश बिसयमा परमेस्वरले चेतावनी सगै स्वतन्त्रता दिनु भयेको छ ।
परमेस्वरले भन्नुहुन्छ कि तिमिहरु यी सन्सारका मानिस भन्दा अलग भयेर बस्न नखोज ।नत्र त तिमिहरु एक्लै हुनेछौ ।
अब हामी बाइबलिय रुपमा आफ्नो व्यबहार परिपक्क बनाउदै जान्छौ पनि हामी सामाजिक प्राणी हौ । हाम्रो समाजमा इसाइ मात्र हुदैन,हिन्दु मात्र हुदैन सबै धर्म मान्ने मान्छे हुन्छ्न । के त्यतिबेला हामी सरसहयोग गर्दैनौ र ?? पक्कै गर्छौ ।
हामी कसैको पुजामा नजाउला, मन्दिरमा नजाउला, तर हामिले सबै मान्छेलाइ प्रेमको नजरले हेर्नू पर्छ । जबकी हामिले परमेस्वरको प्रेम प्रचार त्यही अन्य जातिलाइ सुनाउने हो भने आफ्नो कुरा मात्र सहि तिमिहरु चाहिँ गलत हौ भन्ने कुराले इसाइ प्रती रिस,बितृस्णा पैदा भयेको हो ।
बरु उसलाइ happy dashai or dipawali भन्छ भने हामिले
#thank u,
#God bless u ,
#Same to u,
#Enjoy
यी शब्द प्रयोग गर्छु र सगै येशुको सुसमाचार पनि उसलाइ म्यासेज गरेर पठाउने योजना बनाउदैछु । किनभने कसैले हाम्रो कुरा सुनौदै छौ भने उसको कुरा इन्कार हरेर हैन उसको कुरा सुनेर मात्र हामिले उसलाइ सुनाउन सक्छौ ।
सुसाचारको वचन ,
यूहन्ना 14:6
6. येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।
यूहन्ना 6:35
35. येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।
तपाईं पनि थप्न सक्नु हुन्छ ।
बरु मैले उसको मन जित्न सक्छु र प्रभुको प्रेम उसलाइ पनि बाडेको हुन्छु ।
मेरो यो बिचारमा सहमती र बिमती भये मलाइ कमेन्ट गर्नुस है ।

Friday, September 20, 2019

यसकारण मैले हिन्दु धर्म छोडिदिये ।

✍️Prem Baraili , Taplejung


जब मैले यी कुरा हिन्दु धर्मशास्त्रमा लेखेको थाहा पाये त्यही दिन मैले हिन्दु धर्म त्याग्ने निर्णय गरे । बाउ बाजेको धर्म किन छोडेको ? बिदेशी धर्म किन अगालेको ? भन्नेहरुलाइ यी शब्दहरु काफी हुदैन र ??
हामी 21 औ सताब्दिमा त जातको कारणले मानिस मर्दै छ्न भने यो अन्धबिस्वास हैन रैछ यो त धर्मप्रती बिस्वास गर्नेले नै गर्दो रहेछन । 😎😎😎😎

हेर्नुस हिन्दु धर्म शास्त्र भित्र जातिय छुवाछूतको कुरा यसरी प्रस्ट सग लेखियेको छ, 🤔🤔🤔
📕📕📕📕📚️📚️📚️📝📝📝📝📝📝📝📝📝📝
यदि तल्लो जातको मान्छेले माथिल्लो जातको मान्छेलाइ जानिजानी छुन्छ भने तल्लो जातको मान्छेलाई मार्नु र उपल्लो जातिको मान्छे गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Bishnu smriti- 5, 104, Anhiras samhita 2.39

यदि तल्लो जातले पकायेको खाना खायेमा,वा उसको घर भित्र वा उसको भाडामा खान सख्त मनाइ गरिनु पर्छ,यदि त्यसो भयेमा गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Mahabharata 13,136,20-22
Manu 4,223

उपल्लो जातिको मान्छेले स्राद गरेको खानेकुरा सुद्र,तल्लो जाती,कुकुर र चरालाइ खानको लागि फ्याकी दिनु पर्छ ।
manu s 3.92,markandeya p 26.45-46,kurma p || 18.105-6

तल्लो जातिको नोकरले आफ्नो उपल्लो जाती मालिकको उबृयेको जुठो खाना खानै पर्छ ।
manu s 10. 125,mahabharata 13_143.29

यदि तल्लो जातिको मान्छेले बेद सुनेमा उसको कानमा सिसा पगालेर हाली दिनु पर्छ ,
यदि उसले बेद पढेमा उसको जिब्रो काटी दिनु पर्छ ।
यदि बेद कण्ठ गर्छ भने उसको शरीर दुई टुक्रा पारिनै पर्छ ।
Gautama D S 12.4-6
skanda purana v iiii 200.6
Brihaspati smriti 20.12

यदि तल्लो जातको मान्छेले माथिल्लो जातको छोरिलाइ बिबाह गर्छ भने उ मारिनु पर्छ ,यदि उ बयस्क वा जवान ठहरियो भने जिउदै जल्नु पर्छ ।
matsya p 227-131
Vaishtha D s 21.1-3,
Manu 8.374
यदि उपल्लो जाती बस्ने कुर्सिमा तल्लो जातिको मान्छे बस्यो भने उसको चाक डामेर खेदाउनु पर्छ ।
manu smriti 8 .281,bisnu smriti 5.20

तल्लो जातिका मानिसहरु कुकुर र सुगुर समान हुन ।
mahabharata 13.23.5 manu 3.239

तल्लो जातिका मान्छेले सम्पती कमाउनु हुदैन |
manu s 8.414
collect from Google
📝📝📝📝📝📝📝📝📝📝📝📝📝
यी माथिका कुरा पढे पछि तपाइको मनमा केही प्रस्नहरु आउन सक्छ्न , त्यसकारण रचनात्मक प्रस्न र उत्तर दियेको छ ।
📕📕📚️📚️📚️
#धर्म छाड्नु नै पर्छ र ? सुधार गर्न सकिँदैन ?

धर्म ग्रन्थ संविधान,किताब, एन जस्तो हैन समय अनुकुल परिमार्जन गर्न सकिने । यो त मनुस्मृती,महाभारत,बिस्नु स्मृतिमा जस्तो लेखियेको छ अनुयायीले मान्नु पर्छ, र त्यो चाहेर पनि परिवर्तन हुदैन ।
यसकारण धर्मग्रन्थ परिवर्तन जुन सग्दैन तर मान्छेले आस्था परिवर्तन गर्न सक्छ । यदि हामी हिन्दु नै रहि रहने हो भने आफुलाइ तल्लो जाती हु भनेर जीवन भर स्विकार गरि राख्नु पर्छ । तल्लो जातिमा जन्मिनु गल्ती हुदैन तर सधै हाम्रा पुस्ता जति उच्च काम गरे पनि निच नै ठान्ने धर्म नै छ , यसकारण त्याग्नु नै बिकल्प हो ।

#छुवाछूत अहिले त धेरै हटेको छ नि ?

छुवाछूत हटेको हैन तर जब देशमा प्रजातन्त्र आयो त्यस पछि धेरै दलित समुदाय लुकिछिपी पड्न थाले, र शिक्षा पायेर जातिय आन्दोलन सुरु गरे पश्चात् केही पछि मात्र हटेको हो तर मानशिक रुपमा हटेको छैन । यसको ज्वलत उदाहरण सामाजिक सन्जालमा छुवाछूतको सिकार धेरै दलित समुदाय भै सकेका छ्न र कति बाहिर आउदैन ।
# इसाइ हुने बितिकै कुसंस्कार हटेर गै हाल्छ ?

त्यो सोचाइ पनि गलत हुन्छ, कतिपय मानिस यहि जातभातको कुरामा रुमल्लिदै आयेको मान्छे हुन सक्छ्न, चर्चमा पनि जातिय कुरा उठ्नु अस्वभाबिक हो ,यदि बाइबलका वचन बुझेर पनि जातको कुरा गरिन्छ भने त्यो बिस्वासी उद्दार पायेको तर सुधार नभयेको बिस्वासी हो ।

# समाजमा पढे लेखेका उपल्लो जातिका मानिस धेरै छ्न उनिहरुले किन पहल गर्न सग्दैनन ??

हाम्रो नेपालमा भन्दा भारतमा झन डरलाग्दो जातिय विभेद छ, के भारतमा पढेलेखेका मानिस छैनन पक्कै छ्न बोरु अनपढ,सोझा इमान्दार मानिसले जात उपल्लो भये पनि त्यति ख्याल गर्दैनन तर जो पढेर पण्डित हुन्छ, धर्म कर्ममा बढी आस्था राख्न खोज्दछ उसले यी धर्म शास्त्रका कुरा मनन गर्दछ र उ पहिला भन्दा बढि भेदभाब गर्न सुरु गर्छ । हाम्रो समाजमा नपढेकोले हैन पढेकाले यो छुवाछूत प्रथा जिबित राखेका छ्न ।

# हिन्दु धर्म छोडेर नास्त्क बन्न सकिँदैन किन इसाइ नै बन्नु पर्यो ??
नास्तिकको सन्ख्या पनि धेरै छ । तर हामी सामाजिक प्रणी हौ , हाम्रो जन्म,मृत्यु ?बिबाह कुन रितिले गर्ने ?? त्यतिबेला हामी एउटा न एउटा आस्थामा बाधिनु नै पर्छ ।यसकारण हिन्दु छोडेर इसाइ भयेका छ्न जहाँ धेरै स्वतन्त्र महसुस गर्न पाउछ्न ।

सानो जात भयेर जन्मनु गल्ती हो ??

होइन । तर हाम्रो समाजले गल्ती नै हो भनेर युग्युग भ्रममा राखी रहेका थिये । जब मैले हिन्दु रहुन्जेल म आफुलाइ सानो,र तल्लो रहेछु । म जति ज्ञानि भये पनि,पढेलेखे पनि  उच्च हुन नसक्ने रहेछु जस्तो लाग्थ्यो । र समाजका उपल्ला जातिले हामिलाइ त्यसरी नै सिकाउथे । जब हामी सानो हुदा बाहुनको पानी छुनु पाप हो, बाहुनको छोरालाइ त भन्नू पाप हो, बाहुनको पेटि टेक्नु पाप हो भनेर सिकाउथे ।हामिलाइ त यति पीडा हुन्छ भने हाम्रा पुर्खाले कति पीडा सहे होला । जब बाइबलमा सबै मानिस समान हुन, भन्ने कुरा थहा पाये पछि इसाइ बन्नु नै पर्छ भन्ने सन्कल्प गरे । ता कि म पनि उच्च ब्यक्ति हुन सक्ने रहेछु ।

दलित समुदाय भन्दा जनजाती,मङोलियन धेरै इसाइ भयेका छ्न नि किन ?
हाम्रो समाज ब्राह्मण र छेत्री बाहेक अन्य जातिलाइ कहि न कहि भेदभाव गरेकै छ,अहिले मात्र त हो जनजातिहरु पनि माठिल्लो ठाउमा पुगेको । अर्को कुरा छुवाछूत छोड्नुको कारण हो तर त्यो भन्दा ठूलो कारण साचो परमेस्वरलाइ चिन्नु हो । जहाँ जातियता एउटा कारण हो तर ब्राह्मण ,छेत्री पनि धेरै इसाइ भयेका छ्न । यसको मतलब इसाइ हुनु समानता पाउनु मात्र हैन जिबनको गहिरो रहस्य बुझ्नु हो । जसले बुझेको छ उसले इसाइलाइ बिरोध गर्दैन ।

#कसरी सुरु भयो तो यो भेदबाब ??
भेदभावको सुरुवात हिन्दु धर्मको ब्रह्माबाट नै सुरु भयेको छ । सिरबाट जन्मियेको ले खुट्टाबाट जन्मिलेलाइ सधै दास बनायेको छ । के सर्बोच्च देउताले आफ्नो सन्तालनलाइ दास बनिरहने त्यो न्यायचित थियो ??? पक्कै थियेन । यो भेदभाब अन्त्य गर्न कि त ब्रम्हाका एउटै सन्तान हुन जो सानो ठूलो हैन भनेर परिमार्जन गर्नु पर्छ तर बेद , कहिले परिमार्जन हुन सग्दैन।
#त्यसो भये दलित( सुद्र) हरु हिन्दु हुन कि हैनन ?
जो जति नेपाल र भारतमा हिन्दु दलित छ्न बास्तबम उनिहरु हिन्दु हैनन । किनभने दलित अर्थात सुद्र कुकुर र सुँगुर समान भने पछि धर्ममा आस्था राख्न पाउदैन थिये । तर दास भयेर चाहिँ बस्नु पर्ने थियो । अर्को महत्वपुर्ण कुरा दलितहरुको धर्म हिन्दु हैन । कसरी भने जसले बेद,पुराण,महाभारत,पड्न नै पायेनन भने उनिहरुले कसरी धर्मको कर्म गरे होला । जो अहिले धर्म कर्म गरि रहेका छ्न हिन्दु हु भन्दै,उनिहरुले अरुले गरेको देखेको,सुनेको भरमा गरेका हुन । धर्म शास्त्रमा लेखेको अनुसार गरेका छैनन । नेपालका दलितहरुले सुगुरको मासु क्जान्छ्न तर हिन्दु धर्ममा सुगुरको मासु खानु पाप सरह हो । जो हाम्रो दलित समुदाय छ उनिहरुको घरमा कोहि कोहि सग धर्म शास्त्र,गीता, रामायण भये पनि प्राय कसैको घरमा धर्म शास्त्र हुदैन । अनि कसरी सिक्ने र आउने पुस्तालाइ सिकाउने ??


धन्यवाद ! यो लेख पढेर तपाइलाइ कुनै मनमा जिज्ञासा् भये हामिलाइ म्यासेस गर्न सक्नुहुनेछ ।

Friday, September 6, 2019

येशु पाये पछिको मेरो सोचाइ !




मैले आफ्नो जिबनलाइ गलत तरिकाले हेरेको रैछु ।
जुन बेला मलाइ लाग्थ्यो मेरो सोचाइ सहि हो ।
जस्तै ।

# म नराम्रो छु ।
# म कमजोर छु ।
# म बोल्न जान्दिन ।
# मलाइ डर लाग्छ ।
# मैले केही जानेको छैन ।
# म रोगी छु ,काम गर्न सग्दिन ।
# म आफैलाइ धिक्कार लाग्छ ।
# चिन्ता,फिक्री ,ले कहिले छोडेन ।
# पैसा कमाउन सक्दिन होला
# मलाइ एकदम रिस उठ्छ ।
# मान्छेहरुलाइ मलाइ के भन्लान ।
# सबै मान्छे स्वार्थी हुन्छ्न ।
# बाजुन्जेल मोज गर्ने हो मरे पछि कस्ले देख्ने ?
# अलि अलि ढाट्नु पर्छ,छल्नु पर्छ ,सोझो हुनु हुदैन ।
#

जब मैले येशुलाइ पाये , तब मेरो जीवन यसरी परिवर्तन भयो ।
# म त पर्मेस्वरको सुन्दर सृष्टि रैछु ।
# म बलियो हुन सक्ने रैछु
# म निरन्तर अभ्यासद्वारा बोल्न सक्ने रैछु ।
# म आशाबदी बन्न सक्ने रैछु ।
# म निडर भयेर काम गर्न सक्ने रैछु ।
# जन्मिदा कसैले जानेर आको हुदैन रैछ, सिक्न चायो भने सबै कुरा सिक्न सकिदो रैछ
# म आफुलाइ स्वस्थ जीवन यापन गर्न सक्ने रैछु ।
# खराब मानिसलाइ सुधार्न सकिने रैछ ।
# खराब,झैझगडा ,काटमार गर्नेहरुलाइ असल मानिस बनाउन सकिदो रैछ ।
# म आफुलाइ आत्मबिस्वासी बनाउन सक्ने रहेछु ।
# म मा जोश,जागर,खुसी उमङ कायम राख्न सक्ने रहेछु ।
# हतास,चन्चल मन हरु स्थिर हुन सक्ने रैछ ।
# जिबनको अर्थलाइ गहिरियेर बुझ्न सकिने रैछ ।
# जिबनमा उन्नति ,प्रगती,खुसी,शान्ती आनन्द,प्रेमको कुराले भरिपुर्ण हुन सक्ने रैछ ।


यसरि जिबनलाइ असम्भव देख्नेहरु येशुको प्रेममा सबै कुरा सम्भब छ । किनभने परमेस्वरमा सबै कुरा सम्भब हुन्छ ।