Sunday, March 31, 2019

Good Friday / सुखद शुक्रबार


कबिता
परमेस्वरको पुत्र मानिस बनी , आउनुभयो सन्सारमा ,
कतिले बिस्वासै गरेनन,सम्भब कसरी भयो सरिरमा,
सन्सारले बुझेन,पर्मेस्वरको लागि असम्भ केही छैन ,
ब्रह्माण्ड रच्नु भयो भने मानिस बनेर आउनु असम्भ हैन । 
मानिसमा अधिकार थियो,फल्दै फुल्दै सन्सार राज्य गर्ने,
आदम र हब्बाको एउटा गल्तिले भयो सबै मानिस जाती मर्नु पर्ने,
त्यसपछी सन्सारमा पाप बढ्यो कसैले रोकेर रोक्न सकेन ,
बोका र बाछाको रगतले अपराध छमा हुन सकेन ।
यसैले मानिसले गरेको पापको बलि मानिसको रगतले धुनु पर्ने भयो ,
यसैले येशु प्रभु ,मसिह बनी पृथ्वीमा आउनुभयो ।
उहाको बचनमा सक्क्ती थियो, अनन्त जिबनको बाटो पनि ,
उदाहरण दिदै भन्नू भयो, कसरी उद्दार पाइन्छ भनि ।
अगमबक्क्ताको अगमबाडी झै, येशु प्रभुलाइ पक्राउ गरियो ,
थुकाइ कुटाइ,निन्दा , घृणा , तिरस्कार सहनुभयो ,
सिरमा काडाको मुकुट लगाइ, कोर्‍राले शरीर छिया छिया पारियो,
हजारौको बिचमा क्रुस बोकाइ, कलबरी डाडामा लगियो ।
हात पाउमा किला ठोकी दिये, दयामायाको सिमा नराखी,
दोसि बनाइ झुण्ड्याइयो क्रुसमा, पिडाको हेक्का नराखी,
साझ पर्ने बेला,आकास कालो भयो ,त्यो सुक्रबारको दिन थियो ,
सबै सिद्दियो भनेर येशुले आफ्नो प्राण त्याग्नु भयो ,
अनि मन्दिरको पर्दा च्यातियो,चट्टान फुटे भुकम्प गयो ,
त्यो कति अनौठो प्रेम, उहाको रगतले हाम्रो अपराधहरु छमा भयो ।
यसैले प्रिय् , उहाको कोर्‍राको चोटले हामी निको भयौ ,
अब उहालाइ बिस्वास गर्ने सबै मानिस स्वर्गीय जाती भयौ,
सोचनुस त कसैले हामिलाइ गाली गर्दा,घृणा गर्दा कस्तो हुन्छ ?
सानो चोटमा पनि आँसु आउँछ, तर उहाको चोटमा रुने को हुन्छ ?
तर उहालाइ त शरीर चिरा चिरा पारेर मारियो,
त्यो अचम्मको प्रेमले नै हाम्रो अपराध क्षमा पारियो ,
परमेस्वर सग फेरि मिलाप भयेको दिन,यो खुसी तिम्रो मेरो लागि ,
त्यही सुक्रबार Good Friday बन्यो , सबै मानिस जातिको लागि ।





Sunday, March 24, 2019

सबै इसाइ एक जुट हौ ।

म धेरै बर्ष सम्म अन्धभक्त बिस्वासी थिये,
पबित्र आत्मा नमान्ने त इसाइ होइन भन्ने शिक्षा लिये,
यसरी मण्डलिमा एकाग्र भये अन्य मण्डलि सग सम्पर्क थियेन,
हामी मात्र असल अरु त कमसल भन्ने भावनाले मित्रता बड्न दियेन,


बास्तबमा मानिसको दिमागमा जे रोपिन्छ त्यही सहि लाग्दो रैछ ,
बिस्वासी असल र खराब हुन, अगुवाको ठूलो हात हुदो रैछ ,
यसरी धेरै बर्ष बिते आफ्नो अहकार र घमण्ड भित्र ,
जब मैले येशुको प्रेमको शिक्षा पाय, था पाये म रैछु रनभुल भित्र ।
बुझदै गये कोहि क्याथोलिक,प्रोटेस्ट अर्थोडोक्स ,मेथोडिस्ट एक पछि थरीथरी
एकले अर्कोलाइ दोस्याउने मानिशरु देखे, व्यबहार देखे परिपरी,
मैले सोचे घर पो अलग हो त पिता एउटै हो यहि कुराले झस्कायो घरिघरि ।
अन्य भासा बोले पनि, अगमबाडि, दर्सन देख्नेले नदेख्नेलाइ फरक देख्ने किन?
येशुलाइ नै बिस्वास गर्ने मानिसलाई अर्को सम्प्रदाय जस्तो व्यबहार गर्ने किन ?
मेरा प्रियजन इसाइ परिवार एकले अर्कालाइ उच निच देख्ने कहिले सम्म ?
येशुको शिक्षा पायेर पनि इसाइहरु नै रिसारिस गर्ने कहिले सम्म ?
निल्नु न ओकल्नु मन तातो पानी जस्तै इसाइ भै राख्ने कहिले सम्म ?
अब त बद्लिनु पर्छ हिजो जे थियौ किनकी परमेस्वरको चोखो प्रेम पायेका छौ ।
अगम्बक्ताका सबै ब्यब्स्था प्रेममा सिद्द हुन्छ भन्ने दिब्यबचचन पायेका छौ ।
मण्डली मण्डलीमा मतभेद देख्ने आत्माहरु
येशुको नाउमा तोडिनु पर्छ ,
येशुमाथी बिस्वास गर्ने एक एक मानिशहरु
एउटै मनको भयेर जोडिनु पर्छ,
उहाको राज्य ल्याउनलाइ,बिगत्लाइ छोडेर
एकताको लागि पाइला मोडिनु पर्छ ।

Wednesday, March 20, 2019

कबिता- पुनरुत्थान

कबिता :- 






पुनरुत्थान

यो जिबनको लागि मात्र येशु प्रभुलाइ स्विकारे
तिम्रो बिस्वास ब्यर्थ छ ,
बुझ्नु पर्छ हामिले मृत्युु पारिको आसामा मात्र 
जिउनुको अर्थ छ, 
भन्छौ होला तिमी, खाउ, पिउ किनभने
भोलि त मरिहालिन्छ,
अनि दुई दिनको जिन्दगी मोज गरौ,
मरेर के लगिन्छ ?
तिम्रो बिस्वास खान र पिउन मात्रै रहयो भने,
येशुको आगमनमा के इनाम रह्य्यो ?
पुनस्र्त्थानमा बिस्वास गरेनौ भने 
तिम्रो येशुमा परिस्रम कहाँ गयो ?
सन्सारको खुसिको लागि मात्र हैन प्रिय् ,
मृत्यु पारिको जीवन खोज्नु पर्छ ।
सान्ती र आनन्दको देस जान,
सत्य बाटो येशुलाइ नै रोज्नु पर्छ
मृत्युलाई जित्नु हुने येशुमा ,
आत्मा जिबित हुन्छ, मात्र शरीर मर्छ ।
मानिसको निन्दा र हानी देखेर 
बिचलित हुनु हुदैन ,
तिम्रो आसालाइ सन्सारको थोकले
छुनु हुदैन ।
यो शरीर त ओइलाइ जाने घाँस जस्तो हो,
एक दिन त माटो मिलि हाल्छ ।
एक दिन, दुई दिन भन्दै सन्सारले भुली हाल्छ ।
तर पर्मेस्वरको लागि ,
स्वर्गमा सधै हाम्रो सम्झना हुन्छ ,
येशुमा बिस्वास गर्नेको सबै जातिको लागि
अनन्तको आसा हुन्छ ।
यसैले एकले अर्कोलाइ उत्साह देउ,
सबै जातिका पर्मेस्वर येशु, 
क्षमा पाउने दोस्रो कुनै ठाउँ छैन ,
स्वर्ग मुनि,उद्दारकर्ता,सान्तिदाता,
स्वर्ग उठाइलाने येशु बाहेक दोस्रो नाउ छैन 
स्वर्ग उठाइलाने येशु बाहेक दोस्रो नाउ छैन ।

https://www.facebook.com/741311556264469/posts/742791732783118/

Monday, March 4, 2019

बिबाह अघिको सम्बन्ध कतिको जायज ?

 valentine's day खास गरि नया पुस्तामा मौलाउदै गरेको यो प्रेम दिबस आफ्नो प्रेम जोडि हुनेको लागि त रमाइलो नै होला तर नहुनेको लागि भने tention थपिने दिन हुन सक्छ । हामी बिबाहित हौ भने आफ्नो जीवन साथी सग माया बाड्न सक्छौ , नया ठाउँ घुम्न जान सक्छौ, मन परेको गिफ्ट दिन सक्छौ , यसरी श्रीमान् श्रीमतीमा माया प्रेममा सामिप्यता ल्याउन सक्छौ  तर यहाँ कुरा रहयो अबिबाहित युबा युबतिको । खास गरि यो दिन फेसन जस्तै भयेको छ , प्रेम प्रस्ताब राख्ने, घुम्न जाने, उपहार सटा साट गर्ने ,माया प्रेमका कुरा गर्ने  । धेरै युबा युबतिलाइ होटेल,रेस्टुरेन्ट , पार्क, एकान्त ठाउमा देख्न सकिन्छ । यि सबै दृश्य देखि रहदा हामी ती युबायुबतिको आमा बुबा भयेर एकछिन सोचौ त ! के यो साच्चै सहि सस्कृतीमा हाम्रा नानिहरुलाइ हुर्काउदै छौ । आफुखुसि जवान छोराछोरिलाइ हिड्न नदिनुस ।किशोर किशोरी जोशिला हुन्छ्न तर व्यबहारमा परिपक्क हुदैनन , आफुलाइ मन लागेको कुरा  सबै नै सहि ठान्छ्न ।  कोहि जवान महिला वा पुरुस डेटिङ जान्छ्न , खान्छ्न, घुम्छन त्यो तपाइले गर्नै पर्छ भन्ने छैन । आफ्नो जोडि छैन भनेर नुन खाको कुखुरा जस्तो झोक्राएर बस्न जरुरी छैन , समय आये पछि तपाइको जोडि आफै मिल्ने छ ।  कसैको boyfirind अनि girlfriend छ भन्दैमा आफू पनि बनायेर घुम्न जाने योजना नबनाउनुस । देखाउनको लागि बनायेको जोडि हरायेर जान्छ । किनकी स्त्री होस या पुरुष एक दिन कसै सग बिबाह गर्नु पर्छ । के ग्यरेण्टी love परेको मान्छे सग नै बिबाह हुन्छ भनेर ?  यदि कसैलाइ मन पराउनु हुन्छ , माया गर्नु हुन्छ । यो सामानय कुरा हो । तर बिबाह अघि एकान्त्मा भेट्ने, सारिरिक सम्बन्ध राख्ने जस्ता व्यबहार नगर्नुस   । कतिपय  जवानहरु बिबाह अघि प्रेमी सग सारिरिक सम्बब्ध बनायेको खबर सुन्नमा आउँछ  त्यसपछी गाउमा हल्ला हुन्छ,बेइज्यत हुन्छ, हल्ला भये पछि प्रेम छुट्ने संभावना  बडि हुन्छ र तपाइको चरीत्र हत्या गर्ने संभावना बढी हुन्छ । अहिले त  सबैको हातमा स्मार्ट फोन, नेट,फेसबुक, ट्विटर,इन्स्टग्राम छ ,रमाइलो गरेको फोटो  रिसको बेलामा एउटा मात्र हाली दियो भने दुनियाभरी पुग्छ । आजको दुनिया स्वार्थी छ आफ्नो हुदा मात्र राम्रो अरुको भये सबै भन्दा नराम्रो । बिबाह अघि आफ्नो जिबनको अधिकार कसैलाइ दिनु हुदैन । प्राय धेरैले सोच्ने गर्छ्न जीवन दुई दिनको हो यसैले ररमाइलो गर्ने, मजा गर्ने सिधाान्त बनायेका हुन्छ्न । तर एउटा असल मानिशले त्यस्तो सोच्न सग्दैन । बरु आफ्नो सपनाको राजकुमार वा राजकुमारी आउने समय पर्खिन्छ, इज्यतले समाजमा बस्न सक्छ किनभने पर्खाइको फल मीठो हुन्छ ।
💞💞💞💞💞😎😎😎😍😍😍💞💞💞💕💕