Friday, March 20, 2020

कबिता :- होसियार बसौ प्रिय

 कबिता :- होसियार बसौ प्रिय


होसियार बसौ प्रिय ख्रीष्टको वचन पूरा हुँदै छ ,
रोग,रुढी र महामारीले हेर आज दुनिया रुदैछ ।
धनसम्पती,सुनचादी केही हैन, न् त देबि देवताले बचाउछ,
जीवन र मृत्युको अधिकार, केबल परमेस्वर सग छ ।

घमन्ड के का लागि गर्छौ, तिम्रो रबाफ धुलो जस्तै हुनेछ
एकै पटक सङ्कस्ट आउदा, दुनिया सबै रुनेछ्न ।
बचनको बेवास्ता गर्नेहरु,दुर्दशा आउदा कहाँ जाने
साचो प्रभुलाइ बिर्शेर, ढुङ्गा र काठलाइ पुजा गर्ने ?

क्षणिक रमझम छोडेर, अनन्त जिबनलाइ रोजन ,
स्वर्ग र पृथ्वीको मालिकलाइ जीवन छ्दा नै खोजन ,
प्रभुको आज्ञा पालन गर ,नत्र भने उहाले डाहा गर्नुहुन्छ
उहाको क्रोधमा को बाच्न सक्छ, त्यसैले रोग छर्नुहुन्छ ।

उहाकै आदर गर,सृजियेका बस्तुमा किन दिन्छौ आदर?
आफ्नै प्रजा पराइ भयेर, किन गर्छौ उहाको अनादर ?
अनिकाल,भुकम्प ,लडाइँ ,अशान्तिले सन्सार भरिनेछ ,
चुनियेका मानिस पनि, भ्रममा परि हण्डर खानेछ ।

हे मानिस बुझन सत्यलाइ,उहाँ भन्दा ठूलो को छ र ?
पापले पृथिबी ढाकी सक्यो,यहाँ धर्मी को छ र ?
नियालेर हेर त दुनियालाइ, कहानेर छ शान्ती ?
टोक्ने र चिर्थोर्ने मात्रै छ्न, कस्ले खोज्ने शान्ती ?

सक्तिको उन्मादले आज,देश देश लडाइ गर्दैछ्न
बच्चा,बुडाबुढी, जवान बम र बारुदमा मर्दैछ्न ।
पर्मेस्वरको इच्छा कहिले थियेन, घिणित कार्य गर्न
प्रभु प्रभु भन्छ्न जब आपत लाग्छ, बेला हुदा मर्न ।

बाइबल पल्टायेर हेर, चेतावनी हजार दियेका छ्न
चेतावनीको निको नहुने रोग, पृथ्वीमा पठाइनेछ्न
हे सबै मानिस,अब त फर्क न आफ्नो पितातिर
कति बरालिन्छौ, आउ फर्की सत्यको बाटोतिर ।

येशुको वचन पूरा हुदैछ,सत्य बाटो अब त रोजन ,
जीवन र मृत्युको अधिकार हुने, परमेस्वरलाइ खोजन
अब त येशुलाइ रोजन ।


✍️ प्रेम बराइली

Friday, March 13, 2020

कोरोना भाइरस - एक चेतावनी हुनसक्छ

कोरोना भाइरस - एक चेतावनी हुनसक्छ
✍️प्रेम बराइली  गत डिसेम्बरको अन्तिम शाताबाट चिनको बुहान सहरबाट फैलियेको नोबेल कोरोना भाइरस हाल सम्म बिस्वको शय देश बन्दा बडिमा असर पुर्याइ सकेको छ । चिनमा मात्रै हजारौको ज्यान गै सकेको छ । भने इटाली,इरान र कोरियामा झन यसको असर बढेको छ । आज विश्व भरी नै कोरोनाको डर मानिरहेका छ्न । सानिटाइजर, मास्क जस्ता बस्तुको कृतिम अभाब सुरु भै सकेको छ । सबै मानिस आफू सुरक्षित हुन साबधानी अपनाउन सुरु गरि सकेका छ्न ।हवाइ जाहाजहरु एक देशबाट अर्को देशमा जान प्रतिबन्ध लागि रहेका छ्न । बजारहरु सुनसान प्राय हुन थालेका छन । सभा सम्मेलन, पार्टी,खेलकुद , र्याली , जस्ता भिडभाडमा मानिस जान छोडी सकेका छ्न । बिस्वमा तेलको भाउ घटेको छ, आर्थिक मन्दी सुरु भयेको छ । सबै मानिस अब आफ्नो धर्मप्रती पुकारा गर्न थालेका छ्न कि हामिलाइ यो भाइरस बाट बचाउनुहोस भन्दै ।
बिस्वमा यस्तो ठुलो तरङ्ग ल्यायेको यो पहिलो घटना हुनु पर्छ ता कि एउटा भाइरसले विश्व नै आतंक मच्।
अब येति बेला एउटा प्रस्न उब्जिदछ कि
के यी सबै कुरा परमेस्वरले देख्नु भयेको छैन होला ?
किन यो भाइरस रोकिनको साटो झन बढी रहेको छ ?
के हाम्रो प्राथनाहरु ब्यर्थ हुन र ?
के हाम्रो बिस्वास ब्यर्थ थियो र ?
यी माथिका कुराहरुको उत्तर कसैले दिन सक्दैन । तर हामी बाइबल अध्यन गर्ने मानिसले यी स्वर्गको भेद खोल्ने ज्ञान् दिइयेको छ । ता कि
तर सत्य यहि हो कि यी सबै कुरा परमेस्वरको अघि छर्लङ छ ।
यी कुरा अगाडि ल्याइ राख्दा के पर्मेस्वरमा बिस्वस नगर्नेहरुलै परमेस्वरले दया नराखी मार्नु हुन्छ ?
पक्कै हैन ,
प्रत्येकले अनन्त जोबन पावोस ,
यूहन्ना 3:16 मा यसरी लेखियेको छ ।
16. “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

त्यसो भये यो भाइरसको बिपती किन ??

हामिले बुझ्नु पर्ने कुरा के छ भने लुसिफर लाई हेरौ । लुसिफर स्वर्गको उच्च स्थानमा रहेर , परमेस्वरको दाहिने बाहुली नेर बसेर परमेस्वरको आराधना गर्दथियो । तर जब उ घमण्डले भरियेर परमेस्वर झै हुन खोज्यो। त्यसपछी उ पृथ्वीको तल्लो भागमा खसालियो ।
भने अब हामी आफै सोचौ कि परमेस्वर सगै रहेको लुसिफर त खसालियो भने हामि आदमका सन्तान अनि स्रापमा फसेको सन्तान । यदि परमेस्वरले हामिलाइ दया नदेखाउनु भयेको भये । नोआको समयमा नै मानिसको लोप हुने थियो । तर नोआ एक धर्मी र परमप्रभुको भय मान्ने मानिस थिये । त्यसैले सम्पुर्ण मानिस उहाबाट नै बचाइये । आज बिस्वमा करिब सात अरब मानिस छ्न । उनिहरु मध्ये थोरैले मात्र स्वर्गीय परमेस्वरक्ल भय मान्दछ्न ।बाकी सबैले आफुले नै देवता बनायेका छ्न । कसैले जुनलाइ,कसैले सुर्यलाइ,कसैले काठलाइ,कसैले ढुङ्गालाई देवता बनाये । जब सारा दुनिया सृजनुहुनेलाइ मानिसले बिर्सिये ।
बाइबलमा यसरी लेखियेको छ ।
१ राजा 14:23
23. तिनीहरूले आफ्‍ना निम्‍ति पूजा गर्नलाई डाँड़ाका थानहरू, चोखा ढुङ्गाहरू र अशेरा देवीका मूर्तिहरू हरेक अल्‍गो डाँड़ामा र झ्‍याम्‍म परेको हरेक रूखमुनि खड़ा गरे।

यो भाइरस अशुद्ध जीव खायेको कारण आयेको भन्ने अनुमान गरिन्छ । किनकी बुहान सहर त्यस्तो सहर हो जहाँ सर्प,चमेरा,कुकुर,भ्यागुता,किराहरु,समुन्द्रका जिबहरु खानलाइ प्रक्यात सहर हो । जुन जिबहरु बाइबल अनुसार खान योग्यका होइनन ।अहिले आयेर यो भाइरस कुनै जीव खायेको कारण महामारी फैलियेको भन्ने कुरामा मानिस बिस्वास गर्न छोडि सकेका छ्न । किनको यो यस्तो खाले महामारी बिस्वलाइ नै तर्साउने पहिलो घटना भयेको बिज्ञ हरुको भनाइ छ । तर यो एक जैबिक हतियार हुन पनि सक्छ । जुन प्रयोगसालामा बनायेर आफ्नु सत्रु देशको लागि प्रयोग गरिन सक्ने आकल गरियेको पनि छ । यसै कारण यो प्रयोगसालाबाट चुहावभयेको हुन सक्ने अनुमान गरिन थालेको छ । कुरा जे भये पनि के यी सबै कुराको जानकारी परमेस्वरलाइ थियेन होला ??

पक्कै थियो ,।
जसरी मत्तिको पुस्तकमा लेखियेको छ ।
मत्ती 10:26,27,28,29,31
26. “यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन।
27. जे म तिमीहरूलाई अन्‍धकारमा भन्‍दछु, त्‍यो तिमीहरूले उज्‍यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्‍छौ, त्‍यो घरका धुरीहरूबाट प्रचार गर।
28. तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्‌, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।
29. के एक पैसामा दुई भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटा पनि तिमीहरूका पिताको इच्‍छाविना भूइँमा खस्‍नेछैन।
31. यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ्‌ता मूल्‍यवान्‌ छौ।

चाहे अशुद्ध जीव बाट आयेको होस या जैबिक हतियार होस । परमेस्वरको अघि केहि छिप्न सग्दैन ।

किन भने लेखियेको छ ।
यूहन्ना 1:3
3. सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।

त्यसो भये के यी सबै परमेस्वरले नै चाहनु भयेको हो ??

हैन
परमेस्वरले चाहानु भयेको हैन । मानिस आफ्नै चालको कारण आफै पासोमा फस्दछ । ताकी जब मानिस आफ्नो सृस्टिकर्तालाइ भुलेर आफ्नो अभिलासा तिर लाग्दछ तब समस्या आउदा मात्र प्रभु प्रभु भन्नेहरुलाइ परमेस्वरले सुन्नुहुन्न । यो कुरा सत्य हो कि परमेस्वर दया गर्न छिटो हुनुहुन्छ तर सैतानको योजना सफल हुन दिनु हुन्न । जस्तै कुखुराको चल्लाहरु आफ्नो आमाको पखेटा बाहिर छैन भने चील आयेर लाने सम्भावना बढी हुन्छ ,झन धेरै पर छ भने स्याल,सर्पले पने खाने सम्भावना बढी हुन्छ । यसकारण परमेस्वरले कहिले पनि मानिसलाइ मार्न चाहानु हुन्न तर मानिस आफ्नै पापको कारण मर्द्छ । बाइबलमा लेखिये अनुसार मानिस कसरी पापमा फस्दछ ।
उत्पत्ति 3:3-5
3. तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
4. सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ।
5. किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।”

जब आदम र हब्बा परमेस्वरको आज्ञाको बेवास्ता गर्दै शैतानको जालो फसे, तब सम्पुर्ण मानव जाती नै उसले गरेको पाप भोगी रहेकाछौ । तर पनि परमेस्वर भन्नू हुन्छ ।

इजकिएल 18:28
28. त्‍यसले विचार गर्छ र आफूले गरेका सबै अपराध सम्‍झन्‍छ र तीबाट फर्कन्‍छ। त्‍यसकारण त्‍यो निश्‍चय नै बाँच्‍नेछ, त्‍यो मर्नेछैन।
परमप्रभु भन्नू हुन्छ , यी सबै कुरा छोडेर के सत्य हो त्यो जान ,बुझ र बाच ।
तर पनि परमेस्वरले पापिलाइ पनि मौका दिनु हुन्छ, कतै पापको मार्ग छोडेर उ असल मार्ग आउँछ कि भनेर ।किन भने परमेस्वर सबै मानिस जातिलाइ प्रेम गर्नु हुन्छ ।
इजकिएल 18:32
32. किनभने कसैको मृत्‍युमा म प्रसन्‍न हुन्‍न, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। पश्‍चात्ताप गर, र बाँच।
जसले आफुले गरेको गल्तिको महसुस गर्छ र पस्चताप गर्छ त्यो मानिस बाच्दछ ।
आज बिस्वका मानिस अति सम्म्पन्न, अति उच्च ओहदामा रहनेलाई र शक्तिशाली रास्ट्रलाई पनि घुडा टेकाइसकेको छ ता कि एउटा आखाले नदेखिने भाइरसले । यी भाइरसको कुनै औसधि बनी सकेको छैन, बम बारुदले उडाउन सकिँदैन । सुन चादी र पैसा दियेर छुटाउन सकिँदैन । यी सबै कुरा बाट सम्भब नभये मानिसले सरण खोज्ने बाटो परमेस्वर मात्र हो । किन भने मानिसको बुद्धि परमेस्वरको अघि केही हैन भन्ने कुरा तब मात्र बुज्दछ जब मानिसको सबै योजना बिफल हुन्छ्न । बाइबल भित्र कयौ पटक मानिस माथी बिपत्ती ल्याउनु भयेको ईतिहास छ । ती सबै मानिसलाइ परमेस्वर तर्फ फर्किनको लागि चेतावनी दियेको थियो । अब हामिले अझै उहाको वचन बेवास्ता गर्ने ?
पृथ्वी ब्यभिचारले भरियेको छ,काटमार र हत्याको रगतले लतपतियेको छ,धोका र विस्वासघातले घेरियेको छ, बिस्वसामु आफ्नो तागत देखाउन युद्धको घोषणा गरिरहेका छ्न । दुधे बालकहरु बन बारुदले मारिदिइ राखेका छ्न । माया प्रेम, बिस्वास हराउदै छ, के अझै परमेस्वर यस्तो घिनलाग्दो काम पृथ्वीमा होस भन्ने चाहानु हुन्छ ?
पक्कै पनि चाहानु हुन्न ।
मानिस उन्माद्ले भरियेको छ्न । धर्म,जात,बर्गलाइ पर्खाल बनायेर बिधङ्स मच्चाइरहेको छ्न । के परमेस्वर्को इच्छा यस्तो बिनास गर्न र मार्न थियो ? अशान्ती ल्याउन थियो ? कहिले थियेन ।
कसैलाइ फुर्सद थियेन ? आज हेर्नुस बिस्वमा दिन कटाउन गारो परि रहेको छ ।
हामी बालक नै छौ ।हामी मानिस बालक नै छौ भन्ने कुरा प्रमाणित गर्न आज हात कसरी धुने,कति बेला धुने भन्ने कुरा मिडियाले हाइलाइट गरि रहेको छ । जब हामी भर्खर हात धुन सिज्दै छौ भने हामिले गरेका महान महान कामहरु ब्यर्थका हुन ।
तर बुद्धिमान मानिसले परमेस्वर्ले के भन्नू भयेको हो त्यो कुरा सुन्दछ र जिबनमा लागू गर्दछ ।
प्रकाश 1:3
3. त्‍यो धन्‍य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्‍य हुन्‌ तिनीहरू, जसले सुन्‍दछन्‌ र त्‍यहाँ लेखिएका कुरा पालन गर्दछन्‌, किनकि समय नजिक छ।
यो एक चेतावनी हुन सक्छ, मानबजातिको निम्ति । त्यसैले होसियार बसौ,आफुलाइ जाच्नुस । यी सबै देखेर हताश नहुनुहोस, पर्मेस्वरको आग्या पालना गर्नुस । चाहे दुनिया उथलपुथल भये पनि परमेस्वर सगको भरोसा नत्याग्नुस । किन भने उहाली हामिलाइ कहिले त्याग्नुहुने छैन ।
आमेन । 

Sunday, March 8, 2020

वुहान इसाईहरूले नोबेल कोरोनाभाइरस प्रकोपको बीचमा पनि सडकहरूमा सुसमाचार प्रचार गर्दछन्


वुहान, चीन
चीन वुहानका इसाइहरूले नोबेल कोरोनाभाइरसको प्रकोप र सरकारी सतावटको बावजुद अझै पनि सडकमा सुसमाचार प्रचार गरिरहेका छन्।
इसाई साक्षीहरूले खुलेआम चीनको वुहानमा कोरोनाभाइरस प्रकोपको केन्द्रमा आफ्नो विश्वास बाँडिरहेका छन्। तिनीहरू घातक भाइरसले दूषित हुनबाट मात्र आफ्नो ज्यान जोखिममा हालेका छैनन्, तर चिनका अधिकारीहरूले उनीहरूलाई सताउनबाट पनि आफ्नो ज्यान जोखिममा पारिरहेका छन्। राष्ट्रिय सन्कट्को बाबजुद चीनको कम्युनिष्ट सरकारले इसाईहरुको सतावट अझै गम्भीर छ। कम्युनिष्ट सरकारले इसाई विश्वासका बारे खुला कुरा गर्नु गैरकानूनी हो। “त्यहाँ इसाईहरू छन्, वुहानमा एउटा सेवकाई, तिनीहरू सडकमा जान्छन्। तिनीहरू धेरै साहसी छन्, "CBN news Asia" संवाददाता लुसिल तालुसानले भने। "उनीहरूले मास्कहरू दिन्छन् र उनीहरू भन्छन् कि उनीहरू इसाईहरू हुन् र उनीहरूले ख्रीष्टको प्रेम बाँडिरहेका छन् र येशू र उनीहरूको परिवार र सम्पूर्ण चीनलाई आशा दिन इशारा गर्छन् ... यो वास्तवमै एक ब्रेक-थ्रु हो।" चिनियाँ क्रिश्चियन फेलोशिप अफ राइनिटीजका फादर फ्रान्सिस लियूले समुदायले सुन्नका लागि वक्ताहरूमा प्रोत्साहन प्रवचनहरूको एक भिडियो सार्वजनिक गर्नुभयो।
विश्वभरिका इसाईहरूलाई यस प्रकोपबाट प्रभावित भएका व्यक्तिहरूको लागि प्रार्थना गर्न आग्रह गरिएको छ। आउनुहोस्, हामी यस भाइरसमाथि ख्रीष्टद्वारा विजय र चङाइ दाबी गरौं ।
आमेन ।
नेपाली अनुबाद :- प्रेम बराइली
News translate from GOD TV PH