Wednesday, July 10, 2019

कबिता : अनमोल प्रेम

तेरो मेरो भन्दा भन्दै यो सन्सार छोडी जाने हो
लोभ र लालच किन गर्छौ मरेर के लाने हो ?
धन सम्पतीले भरिए पनि एक दिन माटोमा मिल्नु छ ,
दुनियाको माया हुदाहुदै यी सबै भुल्नु छ
आफ्नै चिज छोडेर एक दिन त माटोमा मिल्नु छ ।

आफुलाइ झै अरुलाइ प्रेम् गर रिसले के हुन्छ र
ज्ञानि मान्छे भयेर जिउनु, मूर्ख बनेर क मिल्छ र ?
छोडिदेउ मोजमस्ती जसले हृदयमा सान्ती दिदैन
स्वार्थ भोको हुन्छ जसले पायेर तृप्त हुदैन ।

यो जीवन माटोमा मिल्नु अगि निर्णय गर बुझेर ,
आत्मा बचाउन सकिँदैन हेर सृजनालाइ पुजेर ,
येशुको प्रेम बुझ्यौ भने अनमोल लाग्ने छ जीवन,
पाउनेछौ पृथ्वीमा सान्ती र स्वर्गमा अनन्तको जिबन ।
©the true vine

Wednesday, July 3, 2019

गजल - धेरै फल फलेको रुख..



🙏🙏🎶🎤🎼🇳🇵✅❤🙏🙏🎶🎤🎼🇳🇵✅❤
धेरै फल फलेको बोटमा नै मानिसहरुले ढुङ्गा हान्छ्न ,
येशुमा अघि बड्नुस खुट्टा तान्नेहरु आफै

ठक्कर खान्छ्न ।

धर्मी मानिस हजार पल्ट लडे पनि उठ्छ, तर हार खादैन ,
हाम्रो यात्रा स्वर्गको हो तर कोहि नदेखेको सपना ठान्छ्न ।

बगेकोको खोला कस्ले रोक्न सक्छ,सुर्यलाइ कस्ले छेक्न सक्छ ?
आफ्नो व्यबहार सुसमाचार बनाउनुस, ता कि सत्रुले पनि येशुलाइ मान्छ्न ।

येशुलाइ स्विकार्छ्न जो पर्मेस्वरका हुन फर्कियेर आउछ्न ,
स्वार्थको लागि मात्र येशुमा आउने,परिक्षामा पर्दा फर्कियेर जान्छ्न ।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹