subas mangol नाम गरेक एक ब्यक्तिको स्टाटसले झण्डै सामाजिक द्वन्द निम्त्यायो । उनले निरन्तर सिङो समुदायलाइ होच्यायेर लेखिरहे । सहमती र असहमति जनाउनेको ओइरो लाग्न थाल्यो । भनाभन हुन थाल्यो तर खुसिको खबर दुबै जना मिलेको सुन्न पाइयो । २१ औ सताब्दिमा पनि यस्तै जातको कुरामा अल्झिनु मानसिक रोगी हुनु नै हो । तर पनि यी कुराले केही प्रस्न भने जन्मायेको छ । ती प्रस्न र उत्तर दिने प्रयास गरेको छु ।
राइलाइ राई भन्न हुने तर कामिलाइ कामी भन्न नहुने ?
झट्ट सुन्दा कुरा सहि हो । तर्क पनि जायज हो । कामिलाइ कामी नै भन्नू पर्छ ,राई लाई राई , छेत्रीलाई छेत्री , मगरलाइ मगर,नेवारलाइ नेवार । तर कामी शब्द जात हैन । यो होच्यायेर बोल्ने शब्द हो ।
कामी भन्दा कसरी अपमान हुन्छ ?
पहिलो कुरा कामी जात हैन , यो शब्द हिजोका अति ब्राह्मणबादी हरुले निचको उपमा दियेका हुन । कामिको अर्थ हुन्छ - बेस्या पुरुस ( नेपाली शब्दकोश) , धेरै वटि श्रीमती ल्याउने, । नेपाली शब्द कोशमा त्यसरि लेखियेको कुरा आम बिस्वकर्माले चाल पाये । ता कि यो शब्द त हामिलाइ घृणा , दमन, निच तुल्याउन बोलियेको शब्द हो । बेस्या आइमाइलाइ कामिनी,कामुक जस्ता शब्द प्रयोग गरिन्छ । त्यस्तै नेपालिमा कामि भनेर होच्याइन्छ । छोरी मान्छेलाइ कमिनी । यसकारण कामी जात हैन , बिस्वकर्मा जात हो ।
त्यसो भये किन कामी जात लेखियो त ?
हिजोको एकल हुन्दु अतिवाद बुझ्नेलाइ यो कुरा भनी रहनु आवश्यक छैन तर नया पुस्तालाइ यो कुरा ज्ञान् नहुन सक्छ । हिजो राज्यले विभेद गरेको थियो । नागरिकतामा थर लेख्ने ठाउमा कामी लेखिदिन्थे, कसैको कुरा बिक्दैन थियो । थरलाइ लेख्न पाइदैन थियो सिधै जात लेखी दिन्थे । अझै पनि हाम्रो बाउ बाजेको नागरिकतामा थर लेख्ने ठाउमा समेत जात कामी लेखी दिन्थे, छोरी मान्छेलाइ कमिनी लेखी दिन्थे । यसरी जबर्जस्ति जस्तै कामी बनाइयो ।
एउटा मान्छेले कामी भन्दैमा सबै रुष्ट हुनु पर्ने कारण के त ?
बास्तबमा यो बिसय थियो, सम्भु राइको गितको लय प्रकाश सपुतमा मिल्न पुगेछ । सयोग होस या प्रभाब । त्यो आफ्नो ठाउमा छ । सङितको नियम कानुन के छ त्यो अनुसार शम्भु राइले धेरै सघ सस्थामा निबेदन हालेछ्न । तर केही ब्यक्ती जो ब्यक्तिगत धारणा सामाजिक सन्जालमा पोस्ट गरेको कारण जातिय रुप लिन पुगगेको हो । " अर्काको गित चोर्ने कामी , हिजो मगेर खने कामी आज चोरेर खान थालेछ " भनेर सिङ्गो समुदाय माथी धावा बोल्न बन्द गरेन । र सामाजिक सन्जालमा भनाभन नै चल्न थाल्यो, ससद सम्म पुग्यो । एकले अर्काको चरित्र हत्या गर्ने खेलमा लागे । यसकारण यो बिबाद ल्याउने मान्छेलाइ सरकारले कारबाही गर्नु पर्छ । शम्भु राइलाइ उच्च शब्द प्रयोग गर्ने प्रकासलाइ जात सग जोडियेर गाली,बेइज्यत गर्ने भयेको कारण नै रुष्ट भयेको हो ।
कामी ( तत्काललाई ), दमाई र सार्किको संरक्षक को हो त ?
हिन्दु धर्म परम्परा अनुसार कामी दमाई र सार्की सुद्र जातका हुन , यिनिहरुलाइ छोइछिटो हाल्नु पर्छ भनेर हिजोका ब्राह्मणहरुले नियम बनाये । धर्मको नाममा चरम विभेद गरियो र अझै पनि धेरै समाजमा बिधमान छ । अब ब्राह्मण ,छेत्रीले यी कामी दमाई र सार्की हिन्दु हुन , यिनिहरुलाइ हामिले समेट्नु पर्छ भनेर समेट्न सकेनन । हिन्दु हिन्दु पनि भेदभाव छ । उता मङोलजाती हरु कामी दमाई हरु आर्यन हुन, बाहुन कै साखा हुन भनेर समेट्न सग्दैन र पुर्खा सग नमिल्ने हुदा समेट्ने कुरा पनि भयेन । अब हाम्रो अभिभाक को हो त ? हाम्रो अभिभावक अब सरकार हो ।
हिजो बिहे,भोजमा मागेर खाने जात कसरि भये ?
कोहि मान्छे आफू सग प्रसस्त छ भने मागेर खादैनन ।
यहि समाजले मागेर खाने बनाइयो । जब मानिस सग पहुच , अधिकार हुदैन तब केही गर्न सग्दैन । उदाहरणको लागि पुर्ब राजा ज्ञानेन्द्र साह हिजो राजदरबारमा थिये , हजारौं सुरक्षाकर्मी,हजारौ सुसारे , सबै नेपालिले पुज्ने ठाउमा थिये ।तर आज सडकमा छ्न । हो अधिकार् नहुदा मान्छेले केही गर्न सग्दैन । त्यसैको उपज हो दलित अवस्था । तर १० बर्शे जनयुद्ध पछि मानिसले सार्बजनिक रुपमा अपमान गर्न केही हद सम्म छोडे ।
जातको कुरामा यसरी कलाकार बिबाद पहिलो हो त ?
जातको आधारमा कलाकार बिबाद पहिलो भने होइन
स्मरण रहोस 2058 सालमा खेमराज गुरुङ्ले " वारि जमुना पारी जमुना गित निकाले सगै बिबादमा पनि तानिये । कारण गितको बिचमा पोडे होला,चमार होला तिम्रै माया लाग्छ " सब्दले बिबाद निकालेको कारण गित नै परिमार्जन गर्नु परेको थियो । केही समय अघि सखर बिसि लाई पनि जातको आधारमा गाली गलोज गरियेको थियो । कतिपय कलाकारहरुले भोगेका हुन्छ्न तर बाहिर ल्याउन चाहादैनन ।
कलाकार द्वय मिलापले बिगि्रएको सद्भाव फेरि मिलाउन जरुरी छ । राई होस या बिस्वकर्मा जसको ईतिहास नेपाली हो । एउटा राई खराब भयो भन्दैमा अरु राई खराब हुन सग्दैन । प्रकाश सपूत एक नब कलाकार हुन यसमा शम्भु राइले सल्लाह ,सुझाब दिन जरुरी छ भने प्रकाश सपुतले पनि अग्रजहरु सग धेरै परामर्श लिन जरुरी छ ।
#प्रेम बराइली



