Sunday, June 4, 2017

समय नजिक छ

कबिता
समय नजिक छ

समय नजिक छ, येशुको आगमन नजिक छ
स्वर्ग र पृथिबी काम्ने समय नजिक छ
सारा मानिस जातिमा न्यायको दिनहरु
इनाम र दन्ड पाउने समय अब नजिक छ
बोल्ने जाती चुप लाग्नेछ, न नबोल्ने चिज बोल्ने छ
यी ढुङ्गा बोल्नेछ,यी माटो बोल्ने छ
हाम्रा काम हरुका साक्षी यहि ढुङ्गा माटो हुनेछ
अद्यारो र एकान्तामा गरेका कामहरु देखिनेछ ।
राजा महाराजाले गरेका कर्तुतहरु ,
देश देसका घिनलाग्दा कामहरु देखिनेछ
बोल्ने जाती मानिस मर्न र मार्न दग्छ्न
तर यो ब्रह्माण्ड ,यो खोला,नाला जमिन मर्ने छैन,
उ जिउदो छ,चली रहेको छ, देखि रहेको छ
कसैले नदेखेको ठाउमा अनैतिक काम गर्ने हरु
अब ज्योतिमा थोपा थोपा दाग पनि देखिनेछ ,
महल र झुपडीमा गरिने राम्रा र नराम्रा काम
बेस्या आईमाई ,ब्याबिचारी पुरुष
हजारौ सग रात बिताइने महिला र पुरुष,
छ्मा दिन र लिन नसक्ने महिला र पुरुष,
पाप स्विकार गर्न नसक्ने राजा होस या प्रजा
लोभी,कपटी,चोर,डाका , गुन्डा
अङ्ग कटाई गर्ने हरु,काटमार गर्नेहरु
तिमिहरुले गरेको कामाको फल आउने बेला भयेकोछ
जस्को निम्ति नरक तयार भयेको छ,
आकासमा बिलाये पनि जमिनमा भासियेपनी
धनी गरिब जो भये पनि
परमप्रभुको क्रोध दन्किने बेला भयेको छ
तर
यी सब हुनु अगाबै समय थोरै छ,
जस्ले आफ्ना पाप स्विकार गर्छ
येशुलाई स्विकार गर्छ
उस्को निम्ति स्वर्ग तयार छ
सन्सारका सुन्दर देस र महलहरु भन्दा
लाखौ गुणा धेरै सुन्दर तिम्रो र मेरो निम्ति
स्वर्ग तयार छ,
जहाँ रुवाइ छैन, अभाब छैन दु:ख छैन
मृत्यु  छैन, कोलाहल  छैन,
त्यसैले
आउ हामी एक साथ, हाम्रा पापहरु येशु सामु स्विकार गरौ ।

प्रेम बराइली 

Saturday, June 3, 2017

त्यो रात मलाइ निद्रानै लागेन

त्यो रात मलाइ निद्रानै लागेन । बिहानिको झिसमिसे समयमा उठेर कपडा लगाये । स्रावनको समय थियो,अलि अलि सिमसिमे पानी परिरहेको थियो तर पनि आज भने उनलाइ भेटेर केही कुरा भन्नू थियो । सबै कुरा जुटायेर आट गरेर उनी आउने बाटो तिर बिस्तारै मर्निङ वकको पोजिसनमा चल्दै गये ।उनी सधै त्यही बाटो भयेर क्याम्पस आउने जाने गर्थिन, त्यही भयेर म उनिलाइ भेट्न आतुर भये । भेट हुदा के भन्ने होला, म तिमिलाइ मन पराउछु कसरी भन्ने होला? म साचै माया गर्छु कसरी भन्नू होला यस्तै कुरा सोच्दै म उकालो चड्दै गये । सिमसिम पानीले मेरो शरीर भिज्दै थियो, तर मलाइ जे भये पनि आज उनी सग म बोल्न मात्र पाये हुन्छ । आट पुगेछ भने म तिमिलाइ मया गर्छु त्यो पनि भन्छु भन्दै त्यो बिहानिको शीत पन्साउदै, सल्लाघारिको बाटो हुँदै उनी आउने तेर्सो बाटो मा पुगे ।
म यसरी तयार भये मानौ म साचै मर्निङ वक गर्दा गर्दै अचानक उन्लाइ भट्ने छु । म दौडिदै धेरै पर सम्म पुगे, कोहि कसैको अनुहार देखिन ।निकै बेर यत उता दौडिये, तर कोहि पनि आयेन ,एक छिन त्यही बसे रुखको फेदमा । अब भने आसा मर्यो,त्यही भयेर म निरास भयेर फर्कनलागे ।
तर म जब अगाडि बड्दै थिये ,कुइरोले अलि अलि छेके झै कोहि आइ रहेको मैले देखे, मैले सोचे अब भने म उनिलाइ साचचै भन्छु भनेर सोच्दा सोच्दै त्यो मान्छे त मेरि उनी त होइन रहेछिन । घाँस काट्न हिडेको मान्छे  पो रहेछ । फेरि आसा नै मर्यो , म भने मुन्टो निहुरायेर घर तिर लाग्नु परो भन्दै हिडे ।

म अगाडि  बड्दै थिये ।पर बाट कोहि आये झै लाग्यो । निलो कुर्ता सुरुवाल, चिटिक्क पारेर बाटेको केस, हातमा किताब, घाटिमा सल,ओठमा मधुरो लाली,निर्दोस ती आखाहरु, सुहाउदो ती स्तनहरु सिमसिम पानीले भिजेर प्रस्ट देखिन्थ्यो, म उनिलाइ हेर्दा हेर्दै उनी मेरो छेउमा आइ पुगिन । म भने मर्निङ वक गरे झै शरीर तन्काउन थाले । जब उनी मेरो छेउमा आउने बित्तिकै मैले अन्जान हुँदै सोधे ,
आरे तिमी यो बाटो क्याम्पस जान्छौ ?
उस्ले भनिन " हो त , अनि तिमी चाहिँ कता बाट यहाँ सम्म नि? ? मैले भने " अब असोजमा  uk आर्मी भिड्न जानू छ त्यही भयेर , रनिङ गर्न लगेको, तिमी सग भेट भयो " ।
उ मुस्कुराउदै भनी ल ल  best of luck .
म सग गोजिमा चकलेट थियो त्यही चकलेट झिकेर दिये,उनी पनि खुसी हुँदै किताबमा चकलेट थापिन , र भनिन मलाइ ढिलो हुन लाग्यो म जान्छु ल भनिन,
मैले पनि भने हुन्छ, ।
उनी बिस्तारै बाइ भनेर गाइन ।
म भने पछाडी बाट उनिलाइ हेर्दै टक्क उभिरहे ।

"पहिलो भेटमा नै मन पर्यो, तर तिमी सग बोल्नै सकिन ,
मया गर्छु तिमिलाइ भनी, मनका कुरा खोल्नै सकिन ,
आउने जाने बाटो कुरि बस्थे, केवल  तिमिलाइ हेर्नलाई ,
एकहोरो माया गरि बसे, तर यो मनका कुरा भन्नै सकिन ।"