Wednesday, May 31, 2017

मैले भोगेको बिदेस

हजार सपना मर्छ्न, अनि हजार आसा मर्छ्न बिदेस्मा ,
उज्यालो ज्योतिमा झुम्मिने पुतली जस्तै,
हिलोमा फुल्ने कमल फुल जस्तै,
सुन्दा राम्रो तर बस्तबिकता अर्कै हुन्छ बिदेस्मा ,
सुन्दर सपना,खुसी परिवार बनाउने सपनाहरु
अनि बिहान बेलुका सुन्दर जिवनको खोजिमा भौतारिदा भौतारिदै बित्छ जीवन बिदेसमा
भोक,तिर्खा,निद्रा नभनी सपनाहरु सिउदा सिउदै बित्छ जीवन बिदेसमा
न चाडबाड,न त खुसियाली
रहरहरु फुल्ने आसामा बित्छ जीवन बिदेसमा
पैसा पैसा भन्दा भन्दै उमेर बित्छ बिदेस्मा ,
न त रोयेको कसैले देख्छ, न समस्याहरु
खुसी खोज्दा खोज्दै बित्छ जीवन बिदेसमा,
गाउँ घरको याद मन भरी राख्दै,
घर जाने दिन गन्दा गन्दै बित्छ जीवन बिदेसमा,
कहिले भोको पेट ,कहिले बासी खाना सग
परिवारको खुसी किन्दा किन्दै बित्छ जीवन बिदेससमा,
न सोचो जस्तो काम, न त खोजे जस्तो पैसा
अरुको गुलाम बन्दा बन्दै बित्छ जीवन बिदेस्मा ।
अफैले अफैलाई  बेच्दै, सुन्दर भबिस्य किन्दा किन्दै
बित्छ जीवन बिदेसमा

Monday, May 29, 2017

love you more

पहिलो भेटमा नै मन पर्यो, तर तिमी सग बिल्नै सकिन ,
मया गर्छु तिमिलाइ भनी, मनका कुरा खोल्नै सकिन ,
आउने जाने बाटो कुरि बस्थे, केवल तिमिलाइ हेर्नलाई ,
एकहोरो माया गरि बसे, तर यो मनका कुरा भन्नै सकिन ।

love you

तिमी कहाँ म कहाँ ,परिस्थितिले टाढा बानायो
यादहरुले रात बित्छ ,चोखो मायाले सारै रुवयो ,
मलाइ मात्र यस्तो हो कि, अरुलाइ नि हुन्छ,
सगै बस्ने मिठो रहरहरु,समयले एक्लो बनायो ।

Sayari for Nepali beautiful culture

जब सम्म म सग पैसा थियो ,तब सम्म मेरो राजा भन्यौ ,
तिमिले सबै लुट्यौ , रित्तो भये म,मयाको बदला फुटपातमा गन्यौ ,
तिमी सगै जिउने मर्ने सपना थियो ,आधी बाटोमा एक्लै छोड्यौ 
त्यसैले म एक्लै जिउन सिक्दै छु,दुनिया सामु पागल प्रेमी बनायौ ।

Wednesday, May 24, 2017

येशुमा नया जिवन

म एक्लै भौतारिदै हिड्ने त्यो अबस्था हिजो जस्तो लाग्छ,जब जागिर,काम नपायेर  उदेस्य बिहिन मानिस जस्तै भये, गोजिमा ५ रुपैया पनि हुन छोडेर,अनि भन्थे खोइ त तैले पढ्न जनेको उपलब्धी ? म निस्ब्द हुन्थे , देख्थे अरुले लगायेका सुन्दर र महगा लुगाहरु,देख्थे सबै कामम सफल भयेका हरु, म भने यता जान्थे उता जान्थे, एकान्तमा धेरै रुन्थे, हेर्थे वरिपरि कतै बाटो छैन जस्तो लाग्थ्यो , मन्दिर्मा गयेर धेरै पटक  घण्टी  बजाये, तर पनि सान्ती आनन्द कति पनि पाइन ,जिबनले आधार नपाउदा कयौं पटक रोयेको तितो अनुभव हिजो जस्तो लग्छ । देउरली पाखा, बरपिपललाइ देउता मानेर पुजा गरेको त्यो अन्धो बिस्वास, म कहिले हर्दिन भन्थे तर धेरै पटक हारे, खोज्दै गये, आफैलाइ रित्यौदै गये ,,, निरासाको अन्तिम अबस्थाहरुमा पुगे,,अभाबका आखिर अबस्थामा पुगे,,####एक दिन🎇 ,एउटा मैले हारेको दिन, पर्मेस्वर ममा बिजय भयेको दिन , मेरो घमण्ड  रित्तियेको दिन, मेरो पाप, मेरो स्राप पखलियेको दिन,,,त्यो दिन मेरो निम्ति स्वर्ग खुलेको दिन,,,मेरि निम्ति जिबनको पानी स्वर्गदेखि बगि निस्की आयो,,मलाइ कुटिपिटि उहाको मनपर्दो बानाउनु भयो,,, मैले अफैलाइ चिने,मैले साचैको पर्मेस्वरलाइ चिने,मेरो मालिक लाई चिने,मेरो राजालाइ चिने, अनि मैले भने, बाबा यतिका दिन सम्म मलाइ एक्लै किन छोडनु भयो?  म  कति रोये,,कति निरासामा पुगे ,,अनि उहाले  मलाइ भन्नू भो ,, ;;; छोरा म तिमिलाइ तिम्रो आमाको गर्व अघि देखि नै चिन्छु, तर तिम्रो घमण्ड ,तिम्रो अफ्नै पापको कारण  मैले मुख छोपे, जब तिमी थाक्योउ अनि मेरो महिमा तिमिमा प्रकट गरे ,,,, त्यस पछि म मा पस्चताप को आँसु बग्न थले अनि म रमाउदै गीत गाउन थाले,,,,      🎤🎤      जब म प्रभुको भयेर जिउन थाले ,मैले निरासामा सान्ती पाये
जिबनका धेरै यात्राहरु अफ्नै इछामा हिडि रहे,मैले हार सम्झे जिबनलाइ ,जिबनलाइ,ब्यर्थै थियो जीवन मेरो प्रभु तपाइमा साहारा पाये ।
✍ प्रेम बराइली,

Sunday, May 21, 2017

कबिता - खै त बुझेको ?

फेरि पनि एक पल्ट इतिहासले धिक्कार्ने छ
नेपाली जनता तिमिहरुलाइ , हिजो अस्ति सम्म खुसी लगेको थियो, देस नै उज्यालो  भयो रे,
जता ततै बिकास छायो रे ,भन्थे कुसल कुलमान आयो रे
तर खै आज त्यही उज्यालोको गुण तिर्न लाई मावोबादिलाइ हरायेछ्न ,
फेरि पनि नेपाली जनतालाइ भेडाको सग्या दिदै छ इतिहासले,
के उज्यालो देस बानाउनु गल्ती भयो र ?
के भ्रस्टाचार  रोक्नु कसुर भयो र ?
के मूल्य वृद्धि  रोक्नु दुर्भाग्य थियो र ?
के आर्थिक वृद्धि  गर्नु अभिसाप भयो र ?
के बन्द उधोग सन्चालन गर्नु पाप भयो र ?
हो यस्तै इतिहासिक गल्तिहरुले हामी बिस्वमा
बारम्बार  नेपाली भनेर हेपियेका छौ ,
धिक्कार छ काठमाडौ ,जहाबाट गरिब र गाउँको ब्यथा बुझेन
आफ्नो पार्टी स्वार्थको लागि राजनिती गर्यौ
गरिबहरुलाइ पैसामा किनि बस्यौ ,
युबाहरुलाइ खाडिमा उमेर र स्रम बेच्न  पठायौ
रहेकालाइ राजनितिमा खेलायौ
पार्टी भन्दा देस ठूलो भनेर कहिले सिकायेनौ ,
अनि यतिबेला एक थरी रमाइ रहेका छ्न होलान
अर्को थरी घोत्ली रहेका होलान ,
मावोबादी नहुदा पनि एमाले काग्रेस लाई जिताउने भये ,
गणतन्त्र  के का लागि ? लोकतन्त्र के का लागि ?
संविधान के का लागि ? चुनाब के का लागि ?

तर अझै पनि समय छ,त्यो ईतिहास बदल्न लाई ?
किन भने भाबी सन्तानले अझै नभनुन
*सतिले सरापेको देश *
जहाँ  असल गर्दा बेइजती पाइन्छ,
गुण लगाउदा रुनु पर्छ ।
आसा छ, मेरो देश  अझै पनि बिकास होस
लाखौ नेपाली बिदेसमा रुनु नपरोस ।
खै त बुझेको ?

प्रेम बराइली , साउदी अरब