Wednesday, November 18, 2020

कबिता:- प्रेम

 जुन कुरा खराब छ त्यसलाइ घृणा गर ,

आफुलाइ भन्दा बढी अरुलाइ प्रेम गर ,

पबित्र आत्मामा केही गर्न जोशिलो बन ,
सन्कस्ट आउदा स्थिर बन, निराश नबन ।

आशाबादी बनेर प्रभुको सेवामा आनन्द मनाउ,
शत्रुलाइ नसराप तर प्रेम गरेर आफ्नो ब

नाउ,
नम्र सग सगत गर , कदापी अहकारी बन्नु छैन,
कसैलाइ खराबिको बदला खराबी गर्नु हुदैन ।

असल काम गर, सके सम्म शान्तिसग बस ,
आफ्नै परिश्रमको फल खान कम्मर कस,
शत्रुसग बद्ला नलेउ, प्रभुको क्रोधमा छोडिदेउ
बरु उसको भोक तिर्खामा वास्त्ता गरिदेउ ।

खराबीको सट्टा खराबी नगर, बरु असल गर ,
आफ्नो छिमेकी सग आफुलाइ झै प्रेम गर ,
हास्ने सग हास, रुने सग रोउ, प्रभुको चाहाना,
एक अर्कामा प्रेम गरेर बाच, प्रभुको योजना ।