Wednesday, January 29, 2020

के कोरोना भाइरस अशुद्ध जिबबाट आयो ?

कोरोना भाइरसले चिनको स्वस्थ्य स्वरुप बिगारी सकेको छ, यसले सयौ मानिसको ज्यान लिइ सकेको छ । बैज्ञानिक हरुले पत्ता लागाइ सकेका छन कि यो भाइरस अशुद्ध जिबजन्तु खायेको कारण भाइरस बिकास भयेको हो । बाइबलमा यस्ता अशुद्ध खानेकुराहरुलाइ नखान भनियेको छ तर जब येशुको अनुग्रहमा प्राथना द्वारा शुद्धिकरण हुने बिस्वास गरिन्छ । हेरौ बाइबलमा के लेखियेको छ त ।

लेवीहरू 11:1-47
1. परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
2. “इस्राएलीहरूलाई यसो भन्‌: पृथ्‍वीमा भएका सारा जीवित पशु-पन्क्षीहरूमा तिमीहरूले यीचाहिँ खानु हुन्‍छ।
3. पशुहरूमध्‍ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्‍छ।
4. “ ‘तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन– अर्थात्‌ ऊँट, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।
5. अनि शापन, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।
6. अनि खरायो, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।
7. अनि सुँगुर, किनभने त्‍यसको खुर पूरै चिरिएको त हुन्‍छ, तर उग्राउँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।
8. तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌।
9. “ ‘जल-जन्‍तुहरूमध्‍ये यो तिमीहरूले खानु हुन्‍छ, अर्थात्‌ सागर र नदीहरूमा भएका पखेटा र कत्‍ला हुने जति तिमीहरूले खानु हुन्‍छ।
10. तर पानीमा चलहल गर्ने सबै जन्‍तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन्‌ र जसमा पखेटा र कत्‍ला छैनन्‌, ती सब तिमीहरूका निम्‍ति घृणित हुन्‌।
11. ती तिमीहरूका निम्‍ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।
12. पानीमा हुने तर पखेटा र कत्‍ला नहुने जति तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।
13. “ ‘पन्क्षीहरूमा यीचाहिँ तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌, ती खानु हुँदैन, किनभने ती घृणित हुन्‌– अर्थात्‌ गरुड, गिद्ध, कालो गिद्ध।
14. चील र सबै थरीका बेसारा,
15. सबै थरीका काग,
16. शुतुरमुर्ग, हुचील, जल-कुखुरा, र सबै थरीका बाज,
17. लाटोकोसेरो, हाड़गील, भुल्‍का,
18. राजहंस, धनेस, माछा खाने चील,
19. सारस, सबै थरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।
20. “ ‘पखेटा भएका चारै खुट्टाले हिँड्‌ने जीवातहरू सबै तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।
21. तर पखेटा भएका चार खुट्टाले हिँड्‌नेहरूमध्‍ये भूइँमा उफ्रनलाई खुट्टामा जोर्नी भएकाहरूचाहिँ तिमीहरूले खानु हुन्‍छ।
22. तीमध्‍ये यी तिमीहरूले खानु हुन्‍छ– अर्थात्‌ सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्‌ग्रो।
23. चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।
24. “ ‘यिनीहरूबाट तिमीहरू अशुद्ध हुनेछौ। जसले यिनीहरूका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहन्‍छ।
25. जसले यिनीहरूमध्‍ये कुनैको सिनु बोक्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
26. “ ‘हरेक पशु जसको खुर पूरै चिरिएको हुँदैन,र जसले उगेरा गर्दैन, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो। ती छुने हरेक अशुद्ध हुन्‍छ।
27. चार खुट्टाले हिँड्‌ने सबै पशुहरू जो पन्‍जाले टेकेर हिँड्‌छन्‌, ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌। तिनको सिनु छुने सबै साँझसम्‍म अशुद्ध हुनेछन्‌।
28. तिनीहरूको सिनु बोक्‍नेले आफ्‍ना लुगा धुनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ। ती तिमीहरूका निम्‍ति अशुद्ध हुनेछन्‌।
29. “ ‘भूइँमा घस्रने जीवमध्‍ये यीचाहिँ तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌– अर्थात्‌ न्‍याउरीमूसो, मूसो, सबै थरीका छेपारो,
30. गोहोरो, सालक, भालेमुङ्‌ग्रो, बालुवाको छेपारो र रङ्ग बद्‌लने छेपारो।
31. घस्रनेहरूमा अशुद्ध यी नै हुन्‌। यिनीहरूको सिनु जसले छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
32. यीमध्‍ये मरेको कुनै एउटा केही कुरामा पर्‍यो भने, त्‍यो थोक अशुद्ध हुन्‍छ, चाहे काठको थोक होस्‌, अथवा लुगा, छाला, भाङ्‌ग्रो, वा जुनसुकै कामको भाँड़ा होस्‌। त्‍यो पानीमा चोपल्‍नुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध हुनेछ, त्‍यसपछि मात्रै त्‍यो चोखो हुन्‍छ।
33. कुनै माटोको भाड़ामा यी प्राणीहरूमध्‍ये कुनै एउटा पर्‍यो भने त्‍यो भाँड़ामा भएका सबै थोक अशुद्ध हुनेछन्‌। त्‍यो भाँड़ा तिमीहरूले फोरिदिनू।
34. त्‍यसभित्रको पानी परेको जुनसुकै खानेकुरो अशुद्ध हुन्‍छ, र त्‍यस्‍तो भाँड़ामा भएका जुनसुकै पिउने कुरा अशुद्ध हुन्‍छ।
35. कुनै कुरामा, चाहे चुलो होस्‌ वा पकाउने भाँड़ो होस्‌, त्‍यसमा तिनीहरूको सिनु खस्‍यो भने त्‍यो अशुद्ध हुन्‍छ। त्‍यसलाई टुक्रा-टुक्रा पारेर फोर्नू। ती अशुद्ध हुन्‌, र तिमीहरूका लागि अशुद्धै हुन्‍छन्‌।
36. तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्‍छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्‍छ।
37. छरिने बीउमा तिनीहरूको सिनु पर्‍यो भने पनि त्‍यो शुद्धै हुन्‍छ।
38. तर त्‍यस बीउमा पानी हालेको छ र तिनीहरूको सिनु त्‍यसमाथि पर्‍यो भने, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हुन्‍छ।
39. “ ‘तिमीहरूले खाने कुनै पनि पशु मर्‍यो भने त्‍यसको सिनु छुने साँझसम्‍म अशुद्ध हुन्‍छ।
40. सिनु खाने वा बोक्‍नेले आफ्‍ना लुगा धुनुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
41. “ ‘भूइँमा घस्रने सबै प्राणी घृणित हुन्‌, ती नखानू।
42. पेटले सुल्‍कने, कि चार खुट्टाले घस्रने, कि धेरै खुट्टाले भूइँमा घस्रने प्राणीहरू तिमीहरूले नखानू, किनभने ती घृणित हुन्‌।
43. कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू। तीबाट तिमीहरू अशुद्ध भएर अपवित्र नहुनू।
44. म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।
45. किनकि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्‍याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।
46. “ ‘पशु, पन्क्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्‌।
47. शुद्ध र अशुद्ध, अनि प्राणीमा खानु हुने र नहुनेमा भेद राख्‍नुपर्छ’।”

Wednesday, January 15, 2020

दलितहरुको धर्म हिन्दु थियेन !


दलितहरुको धर्म हिन्दु थियेन !

✍️प्रेम बराइली 
प्रस्न - दलितहरुको धर्म हिन्दु थियेन भने कुन धर्म थियो त ??
उत्तर - दलितहरुको कुनै धर्म थियेन, केबल ब्राह्मणहरुको सेवा गर्नु मात्र थियो ।
प्रस्न - कसरी ?
उत्तर - तल दियेको विश्लेषण बाट केही जानकारी मिल्न सक्छ ।

यो शब्द सुन्ने बित्तिकै धेरै दलितलाई रिस उठ्ने छ । कि दलितको धर्म हिन्दु हैन ।
बास्तबमा दलितको सनतनदेखिको धर्म हिन्दु थियेन । कालान्तरमा आयेर हिन्दु धर्म स्विकार गरेका हुन । कोहि पनि मानबजातिलाइ धर्मको कुरा लियेर गाली,गलोज ,अपसब्द बोल्यो भने त्यो गम्भीर र सबेदन्शिल कुरा हो । धर्मलाई लियेर होच्याउन खोजियो भने त्यसले मानिसमा द्वन्द पनि मच्चाउन सक्छ । म यो कुरा किन लेखिरहेको छु भन्दा मैले यहि

परिबेशलाइ बर्शौ नियाली रहेको छु, ब्यबहारिक र शैदान्तिक कुरामा म सतय र असत्य के हो त्यो खोजी रहेको छु । समाजमा बिधमान छुवाछुत भोगिराखेको धेरै नै छ्न तर यस्ता छुवाछुत पनि मैले यतिका बर्स सम्म हजारौ छुवाछूत भोगेको छु , ता कि जो उजुरी गर्दा प्रमाण नै न भेटिनए खालका भेदबाभहरु ।

#जस्तै बिबाह भोजमा सामेल नगराउने
#सगै चिया खान बस्दा अर्को तिर गयेर बस्ने
#कसैलाइ गाली गर्नु परे कामी दमाइको नाम लियेर गाली गर्ने ,
# कोठा भाडा नदिने ,
# जात थाहा पाये पछि कम बोल्ने,
आदि
दलितहरुको धर्म हिन्दु हैन कसरी ?
# हिन्दु धर्म अनुसार मानिसको उत्पती ब्रह्माबाट भयेको हो , शिरबाट ब्राह्मण छातिबाट छेत्री ,कम्मर अर्था जागबाट बेस्य र पैतालाबाट सुद्रको जन्म भयेको थियो ।
बैज्ञानिक रुपमा हेर्ने हो भने मानिसको जन्म शरिरको फरक फरक अन्ङ्बाट हुदैन । यदि भयो भने पनि त्यो देवताको पालामा होला भन्न सकिन्छ । जब ब्रह्माले चारजनालाई जन्म दिये तर किन समान व्यबहार दियेन । यहाँ छुवाछूत र भेदभाब मानिसको सृष्टिकर्ता ब्रह्मा बाट नै भयेको छ ।
यहि सृष्टिकर्ताको ब्यबस्थामाथी रहेर विभिन्न,नियम,ब्यबस्था,भेदभाब र छुवाछूत सुरु भयो ।





# आफुले मान्दै आयेको धर्मले आफैलाइ निच देखाउछ भने त्यो आफ्नो धर्म हैन ।
# के दलितहरुले बेद र गिता अनुसार धर्म कर्म गरेका छन ?
#के सबै दलितको घरमा बेद र गिता छ ??
# बाहुन हिन्दुले जाड,रक्सी,खानु नहुने दलित हिन्दुले खान हुने कुरा धर्म शास्त्रमा लेखियेको छ ??
# बाहुनले जनाइ लाउनै पर्ने दलितले नलाये पनि हुने ?
# बाहुन हिन्दुलाइ सबैको घरमा छिर्न अनुमती हुन्छ दलित हिन्दुलाइ किन हुदैन ?
# बाहुन फोहोरि भये पनि जातले सफा हुने ?? अनि दलित सफा भये पनि छोयेको नखाने ?
#कि ठूलो हिन्दु ,सानो हिन्दु, छुन मिल्ने हिन्दु नमिल्ने हिन्दु हुन्छ ?
# हिन्दु धर्मले सुगुरलाइ पुर्ण निशेध गरेको छ के दलितहरुले सुगुरको मासु खादैनन ??
#बेद कति वटा हुन्छन ?? थाहा छैन ?
त्यसो भये हामी जन्म,मृत्युु ,बिबाह कुन सस्कार अनुसार गर्ने ?? अरुले भनेको सुनेको भरमा ?
# जबकी हामिलाइ सिक्ने अधिकार पनि छैन र सिकाउने मान्छे पनि छैन भने त्यो धर्म कसरी दलितको कसरी आफ्नो भयो ??
यस्तो अबस्थामा पनि हिन्दु हाम्रो पिता पुर्खाको धर्म भनेर गर्व गर्नु भनेको आफुलाइ दास बनायेकोमा गर्व गर्नु जस्तै हो ।
यो धर्म नै ठिक छ भनेर अनुशरण गर्नेलाइ मेरो भन्नू केही छैन तर धर्म शास्त्र अनुसार र मानिसले यतिबेला नेपाल र भारतमा भोगी रहेको अबस्था देखेर हामिले बुझ्न जरुरी छ कि के छ त धर्म शास्त्र भित्र जो कि आजको अत्याधुनिक युगमा पनि मानिसहरु जातिय बिभेदलाइ प्रसय दिई रहन्छ्न ।
कुनै पनि धर्म कसैको ब्यतिगत हुदैन । धर्मलाई जसले पनि मान्न पाउछ तर मेरो मात्र धर्म हो भन्नू मुर्खता हो ।
कतिले प्रसन गर्लान कि त्यसो भये दलितहरुको धर्म के थियो ??
यसको उत्तर हामिले भन्दा हाम्रा बाउबाजेले मजाले दिन सक्छ्न । कि ब्राह्मण र छेतृलाइ हजुर,ज्यु गर्दै उनिहरुको काम गरिदिनु पर्ने, हामिले छोयेको पनि नचल्ने, धारा ,कुवामा जाद परैबाट बाटो छोडिदिनु पर्ने,मन्दिरमा पस्न नपाइने, हाट बजारमा दलितलाइ निसेध गरियेको, बिबाह भोजमा सबैभन्दा पर राखेर उबृयेको खानेकुरा खुवाउने , मर्दा पर्दा ब्राह्मण छेत्री न आउने, उनिहरुको काम सितैमा गरिदिनु पर्ने, दलितले@ पड्नु हुदैन भन्ने सिछा दिने,ब्राह्मणको पानी छुनु पाप हो । यस्तै कुरा नै धर्म हो भनेर स्विकार गर्नेलाइ मैले भन्नू केहिछैन ।
यो ईतिहास हैन न त कथा हो । यो त अझै पनि तपाईं हामिले भोगेको कुरा हो


✍️हिन्दु शर्म शास्त्र अनुसार जातियताको बिसयमा के लेखियेको छ ??
⏩️यदि तल्लो जातको मान्छेले माथिल्लो जातको मान्छेलाइ जानिजानी छुन्छ भने तल्लो जातको मान्छेलाई मार्नु र उपल्लो जातिको मान्छे गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Bishnu smriti- 5, 104, Anhiras samhita 2.39

⏩️यदि तल्लो जातले पकायेको खाना खायेमा,वा उसको घर भित्र वा उसको भाडामा खान सख्त मनाइ गरिनु पर्छ,यदि त्यसो भयेमा गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Mahabharata 13,136,20-22
Manu 4,223

⏩️उपल्लो जातिको मान्छेले स्राद गरेको खानेकुरा सुद्र,तल्लो जाती,कुकुर र चरालाइ खानको लागि फ्याकी दिनु पर्छ ।
manu s 3.92,markandeya p 26.45-46,kurma p || 18.105-6

⏩️तल्लो जातिको नोकरले आफ्नो उपल्लो जाती मालिकको उबृयेको जुठो खाना खानै पर्छ ।
manu s 10. 125,mahabharata 13_143.29

⏩️यदि तल्लो जातिको मान्छेले बेद सुनेमा उसको कानमा सिसा पगालेर हाली दिनु पर्छ ,यदि उसले बेद पढेमा उसको जिब्रो काटी दिनु पर्छ ।यदि बेद कण्ठ गर्छ भने उसको शरीर दुई टुक्रा पारिनै पर्छ ।
Gautama D S 12.4-6
skanda purana v iiii 200.6
Brihaspati smriti 20.12

⏩️यदि तल्लो जातको मान्छेले माथिल्लो जातको छोरिलाइ बिबाह गर्छ भने उ मारिनु पर्छ ,यदि उ बयस्क वा जवान ठहरियो भने जिउदै जल्नु पर्छ ।
matsya p 227-131
Vaishtha D s 21.1-3,
Manu 8.374

⏩️यदि उपल्लो जाती बस्ने कुर्सिमा तल्लो जातिको मान्छे बस्यो भने उसको चाक डामेर खेदाउनु पर्छ ।
manu smriti 8 .281,bisnu smriti 5.20

⏩️तल्लो जातिका मानिसहरु कुकुर र सुगुर समान हुन ।
mahabharata 13.23.5 manu 3.239
तल्लो जातिका मान्छेले सम्पती कमाउनु हुदैन |
manu s 8.414

त्यसैले दलितको धर्म हिन्दु हैन ।

यदि एउटा दलित सिङो समुदायबाट कुटिन्छ,वा अपहेलित हुन्छ तर त्यो समुदायको कुनै पनि उपल्लो जातिको मान्छेले उसलाइ संरक्षक भयेर उभिदैन ता कि उ पनि हिन्दु हो । हामी एउटै हौ भनेर बोल्न सग्दैन ।।
दलित समुदायको संरक्षक कोहि पनि छैन , देशमा नया संविधान बने पनि बाधक धर्म नै बनेको छ । जातको आधारमा गरिने भेदभाब र छुवाछूत गरे कानौन अनुसार कारबाही हुने नियम छ तर त्यो हुन सग्दैन। छुवाछूतको घटना हामिले दैनिक जसो नै भोगी रहेको देखेका छौ ।धेरै घटना बाहिर आउदन किन भने यो त परमपरा हो भनेर हामी भन्दा अघिल्लो पुस्ताले स्विकार गरि सकेका छ्न । तर अबको नया पुस्ताले यो कुरा बिस्वास गर्न राजी छैनन त्यसैले भेदभावको घटना बाहिर आउन थालेका छ्न, प्रतिकार गर्न थालेका छन र धर्म छोडेर अन्य धर्म इसाइ वा मुस्लिम बन्न थालेका छन । प्रहरिमा जाहेरी दिदा पनि प्रहरिले यस्ता जाती छुवाछूतको घटनालाइ महत्व दिदैन । न अहिले सम्म कोहि जेल गयेका छ्न । किन भने मानिसले थाहा पायेका छन कि यो त धर्म हो ।
उपल्लो जातिले तल्लो जातिलाइ भेदभाब गर्नु धर्म नै भनेर मानिसले बुझेका छ्न ।

जसलाइ बेद पड्ने अधिकार नै थियेन उसले हिन्दु धर्म मेरो धर्म हो भन्नू ब्राह्मणको दास हो भनेर स्वीकार गरि राख्नु हो ।
यसर्थ धर्म रुपान्तरणको मुख्य कुरा जातियताको भेदभाबले हैरान भयेर नै नेपाल र भारतका दलितहरु इसाइ बन्छ्न ।
र सत्य कुरा थाहा पाये पछि स्वतन्त्र जीवन जिउन थाल्दछ्न ।

⏩️दलित समुदायले ब्राह्मण बादी र पण्डितलाई बेदमा जातियता छैन भनेर छुवाछूत हटाउनु र गाई धोयेर गधा बनाउनु उस्तै हो ।
किन भने बेद,गीता पड्नेहरुले नै छुवाछूत कायम राखेका छ्न ।
🔀🔀🔀🔀🔀🔀🔀🔀🔀🔀🔀🔀🔀🔀🔀🔀
✍️कबिता - खै त समानता
प्रेम बराइली

सगै चिया खान बस्दा, पल्लो मेचमा खान बस्नेलाइ
गाउमा मान्छे एउटै हो भन्दै, चिल्ला कुरा घस्नेलाइ
म के भनौ मान्छे मान्छे पनि छुन मिल्ने र नमिल्ने हुन्छ र?
म कसरी तिमिलाइ साथी भनौ, अछुत बनाइ डस्नेलाइ ।
बिबाह भोज हुदा, तिमी घर भित्र म बारिको तल्लो छेउमा,
आउ साथी भित्रै भन्न सग्दैनौ,टाढा हुन्छौ पर्दैनौ छेउमा ,
हुन त तिमिले जति गिता,रामायण , बेद मैले कहाँ पढेको छु र !
तिमिले जति आदर्सका कुरा मैले कहाँ बुझेको छु र ?
तर पनि तिमी नै गर्छौ छुवाछूत र भेदभावको चलन ,
यसकारण तिमिलाइ म के भनौ म मुर्ख वा बुद्धिमान ?
धारा,मन्दिरमा त छुवाछूत हटे पनि तिम्रो मनमा हटेको छैन ,
जात हेरेर व्यबहार गर्छौ अझै आचरण हेरेर हैन ,
अब यता बिचार गरौ, !!!
बिस्वकर्माको सुनकाम तिमिलाइ ज्वेलरी भनेर चल्ने भयो ,
लुगा सिउने काम उच्च जातिलाइ टेलर भनेर, उच्च काम भयो,
चपल जुत्तालाई सुज र स्लिपर भनेर काम चल्ने भयो ,
तिमिलाइ एउटा कुरा सोध्न मन लाग्यो!
कामको आधारमा जात झर्ने हो भने तिम्रो जात के भयो ?
हामिले गर्ने काम तिमिले गर्दा सम्मानित हुने ?
बुद्दिको काम मैले गरे पनि म चाहिँ अछुत नै हुने ?
हे मित्र ! अब त तिम्रो पनि मनका आँखा खुले हुन्थ्यो
समानताको शब्द तिम्रै बगैचामा फुले हुन्थ्यो,
हिजो जे थियो अब त्यो सकियो, नया हुन जरुरी छ ,
समानताको सुरुवात तिमिबाटै हुन जरुरी छ ।
धन्यवाद !

Sunday, January 12, 2020

वास्तविक सिनै पर्बत - साउदी अरब ।

साउदी अरेबिया पर्यटकहरूको अगाडि बढ्न थालेपछि त्यस देशका ट्राभल समूहले यस हप्ता "दुर्लभ साईटहरूको पहिलो इसाई टूर" प्रस्ताव गर्न थालेको छ , सहभागीहरूले उनीहरूलाई वास्तविक पर्वत सीनै हो भन्ने ठानेका विवादास्पद स्थानको नजिकबाट हेर्ने आशा गरेका थिए। बाइबलले बताएको पहाड जहाँ परमेश्वरले मोशालाई दश आज्ञा दिनुभयेको थियो ।
गएको धेरै दशकहरुमा पर्यटनका लागि बन्द रहेका साउदी अरेबिया र मानवअधिकारको बारेमा निराशाजनक अभिलेख रहेको अमेरिकाले इभान्जेलिकल नेताहरुको दोस्रो प्रतिनिधिमण्डलको पछिल्लो वर्ष साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानद्वारा आयोजना गरेको भ्रमणमा पर्यटक भिसा दिने निर्णय गरियो।
"यो आधुनिक इतिहासको सब भन्दा महत्वपूर्ण पुरातात्विक साइट भएको दाबी गर्दछ," रिचर्डसनले फक्स न्यूजलाई भने। "हामीलाई ठूलो आशिष लागेको छ कि साउदी सरकारले हामीलाई केही समृद्ध ऐतिहासिक र भौगोलिक खजाना हेर्न राज्यको भ्रमण गर्न दिइरहेको छ।"

रिचर्डसनले भने, "यो उनको जीवनको सबैभन्दा विश्वास जगाउने अनुभव हो। उनले भने," ऐतिहासिक पर्वत र अन्य साइटहरू छोटो वृत्तचित्रमा ढाकिएको देख्न पर्यटकहरू ओइरिरहेका हुनेछन, "मोशाको पर्वत खोज्ने: साउदी अरेबियाको रियल माउन्ट सीनै "रायन मउरोद्वारा, जो फेब्रुअरीमा भ्रमणको नेतृत्व पनि गर्ने छन्।
सबैभन्दा उल्लेखनीय कुरा के छ भने, त्यो समूह मिद्यानको पुरानो भूमिमा जेबेल अल-लाउज पर्वतमा भ्रमण गर्दैछ। प्रारम्भिक यहूदी, इसाई र बेदौइन परम्पराहरूले यस साइटलाई सिनै पर्वत भन्ने अभिलेखलाई लामो समयदेखि प्रमाणित गरिसकेका छन। विवादास्पद सिद्धान्तले मिश्री सिनाई प्रायद्वीपमा परम्परागत स्थान प्रतिस्पर्धा गर्दछ। पहाडको उत्तर-पश्चिम तर्फ होरेबको स्प्लिट रक छ - एउटा ठूलो ढुगाको बीचमा धेरै अग्लो पहाडहरू विभाजित छन् र यसको आधारमा पानीको क्षति भएको प्रमाण छ।

Tuesday, January 7, 2020

झुटो शिक्षा

(झुठाे शिक्षा)
`WORLD MISSION SOCIETY CHURCH OF GOD´
[माता पर्मेस्वर,पवित्र यरुसलेमकी अामा,अर्थात स्वर्गीय माता]
# अहिले याे झुठाे (कल्ट)नेपालमा धेरै नै फैलिन थालेको छ।
छाेटकरिमा हामी यसलाई बुज्ने प्रयास गर्नेछौं,उनिहरुले पहिले मुक्ति पाउनलाई (निस्तार चाड)मान्नु पर्छ भनी सिकाउंथ्याे तर अहिलाे त्याे प्राचारलाई केही (MODIFIE) गरेर मुक्ति पाउन विस्वास गर्नु पर्छ भनी प्राचार गर्न थालेका छन।
अनि त्याे विस्वास मृत्युकाे तीन दिन पछि बौरी उठ्नु हुने यसु प्रभु माथी हाेईन तर उनिहारुकाे व्याख्या बेग्लै छ।पहिलाे कुरा,उनिहरुले त्रि एक काे परिभाषा राम्राे संग बुझेकाे छैन, त्रि एक,पर्मेस्वर चै,एउटै पर्मेस्वर तर फरक तीन व्याक्ति हुनु हुन्छ भन्ने कुरालाई अस्विकार गर्छन,र भन्छन,त्रि एक भनेको एउटै पर्मेस्वरका तीन रुप हुन भन्दै पानी,बरफ,र बाफ लाई उदाहरण दिन्छन।
#उनिहरुकाे ब्याख्यालाई छाेटकरिमा हामी हेर्नेछौं।
समय विभानलाई ३ तरिकाले व्याख्या गर्छन,
* पिताकाे युग,
* पुत्रकाे युग,र
* पवित्र अात्माकाे युग।
# मत्ति,(२८-१८..२०) सम्मकाे पद लाई यसरी अाधार बनाउंछन,जहाँ लेखिएको छ,पिताकाे पुत्रकाे र पवित्र अात्माकाे नाउमा बप्तिस्मा देउ।,,यश पद अनुसार पिताकाे नाउ (यहाेवा)पुत्रकाे नाउ(यशू)हाे भने पवित्र अात्माकाे नाउ पक्कै हुनु पर्छ भनी दावी गर्छन।
#पुरानाे करारमा,पिताकाे नाउमा प्रार्थना गर्थे,अर्थात पिताकाे नाउमा विस्वास गरेर मुक्ति पाउथे,भनी यी पदहरुलाई दावी गर्छन,(यसैया,४३-११) साथै (याेएल,२-३२) किनभने याे पिताको युग हाे भन्छन।
#नया करार मा,पुत्रकाे नाउमा मुक्ति पाउथ्याे भनी यश पदलाई दावी गर्छन,(रामी,१०-९) र (प्रेरित,४-११,१२) किनभने याे पुत्रकाे युग हाे भन्छन।
#अब पिताकाे र पुत्रकाे युग सक्याे त्याे नाउँमा मुक्ति छैन किनभने (AD-1948)बाट पवित्र अात्माकाे युग सुरु भएको छ,र अब जसले त्याे पवित्र अात्माकाे नाउँमा विस्वास गर्छ उसले मुत्ति पाउछ भन्छन।किनभने पुत्रले (AD-1948) मा नया युग सुरु गर्नु भयाे अर्थात अात्माकाे युग,अनि साथै त्याे नया नाउ पनि दिनु भयाे भनी यी पदहरुलाई दावी गर्छन।
(प्रकाश,३-१२) जहाँ लेखिएको छ,मेराे नया नाउ छ।साथै (प्रकाश,२-१७) जहाँ लेखिएको छ,मेराे नाउ लेखिएको त्याे सेताे पत्थर दिनेछु।अनि त्याे पत्थर ख्रिष्ट हुनु हुन्छ भनी यी पदलाई दावी गर्छन(१पत्रुस,२-४..८)सम्म।
त्यसैले यी पदहरुमा यशु प्रभुले मेराे नया नाउ,छ म दिनेछु जस्ता कुरा गर्नु भएको ले,,,अात्माकाे युग मा खास त्याे नया नाउ चाहिँ (अानसान हाेग्ङ) भन्छन।र अब जसले अानसान हाेङकाे नाउमा विस्वास गर्छ उसले मुक्ति पाउछ भन्छन।
साथै यशु प्रभु लाई पुरै उहाँको ईश्वरत्वलाई अस्विकार गर्छन,र यशु #प्रभु भन्दैनन तर यसु जि भन्छन।
#साथै याे पनि थप्छन कि,हामी यशु जि लाई अस्विकार गर्ने मानिसहरु हाेईनै तर याे अात्माकाे युग भएकोले यशु जि काे नया नाउलाई प्रयाेग गरेका मात्रै हौं जाे (अानसान हाेङ) हुनु हुन्छ भनी प्रचार गर्दछन।
 #साथै याे पनि भन्छन, कि यशु जी,र (अानसान हाेङ) मा फरक छैन,साथै यहाेवा र (अानसान हाेङ) फरक छैन,मात्र याे युग अनुसार नाम मात्र फरक भएको हाे।जस्तै तरल हुदां पानी भनिन्छ,बाफ हुदां,ग्यास भनिन्छ,र ठाेस हुदां,बरफ भनिन्छ भन्दै उदाहरण दिन्छन।
        # तर अब हामी भन्नेछौं,(WORLD MISSION SOCIETY CHURCH OF GOD)झुठाे हाे।
# कारण यसलाई नेतृत्य गर्ने,दक्षीण काेरियाली (अानसान हाेङ) हुन उनकाे जन्म।(AD-1918) मा भएको थियाे।
(AD-1964) मा वर्ड मिसन साेसाईटि चर्च अफ गडकाे सुरुवात भएको थियाे।
उनी पहिले नै सेभेन्थ् डे एडभेन्टिस्ट नामक अर्काे झुठाे समुह बाट अाएकाे हाे।(अानसान हाेङ झुठाे भविस्य बक्ता) हुन किनभने उसले ख्रिस्टकाे अागमन (1967 र 1988) मा हुनेछ भनी दुई पटक सम्म झुठाे अगमवाणी गरेका थिए।उक्त भविस्य वाणी झुठाे ठहरिए पछि,त्याे अागमन गाेप्य रुपमा भएको थियाे भनी दावी गर्दै त्याे झुठलाई ढाकछाेप गरियाे।तर
हामीलाई बाईबल बाट स्पष्ट थाहा छ।पुत्रकाे अागमनकाे विषयमा पितालाई बाहेक कसैलाई थाहा छैन।(मति,२४-३६)यहि पदबाट हामीलाई थाहा हुन्छ,पुत्रकाे अागमन संवधि तिथि,मिति ताेक्ने सबै झुठा हुन,साथै अागमन गाेप्य रुपमा भयाे भन्ने सबै झुठा हुन।
AD-1985 मा अानसान हाेङ काे मृत्यु भए पछि,(वर्ड मिसन साेसाईटी चर्च अफ गड)काे नेतृत्व (चाङ्ग गिल चा) ले गर्दै अाएकि छिन।
जसलाई उसका अनुयायिहरुले (स्वर्गीय माता) अर्थात (माता पर्मेस्वर) साथै ( यरुसलेकाे पवित्र माता) भनी संबाेधन गर्दछन।
AD-1988 मा अानसान हाेङ काे भविस्य वाणी पूरा हुन नसके पछि,अानसान हाेङ द्वारा प्रतिवादित,चर्च अफ गड काे शिक्षा हरुलाई पुन व्याख्या गर्ने काम (चाङ गिल चा) ले गर्न थालिन। जाे युवाअवस्थामा अानसान हाेङ का प्रेमिका थिईन।
मरिसकेको अानसान हाेङ काे जन्मलाई उनले अब ख्रिस्टकाे दाेस्राे गाेप्य अागमनकाे (#संज्ञा)दिन थालिन।
जबकि अाफु जिवित छदै,अानसान हाेङ ले म ख्रिस्ट हु भन्ने कुरा कहिल्यै दावी गरेका थिएनन।ख्रिष्टकाे दाेस्राे अागमनमा उहाँको नाउ यशु नै हुनेछ भन्ने कुरा अानसान हाेङ ले सिकाएकाे भए ता पनि उनकाे मृत्यु पछि ख्रिष्टकाे अागमनमा उहाँको नया नाउ अानसान हाेङ हुनेछ भन्दै (प्रकाश,३-१२) लाई दुरुपयाेग गर्न थालियाे।
चाङ गिल चा अानसान हाेङ कि पत्नी भएको हुनाले ख्रिस्टकाे दुलही तथा,(# स्वघाेसित) पवित्र यरुसलेमकाे माता बनिन।उनैले अानसान हाेङकाे जन्म अादी गाेप्य राखेकि छिन।
                  (#अानसान हाेङ झुठा हुन)
#किनभने प्रभु यशू ख्रिष्ट दाेस्राे पटक अाउंनु हुदा अर्कै व्याक्ति अानसान हाेङ भएर,अाउने कुरा झुठाे हाे।
#साथै उहाँ फेरि जन्मेर अाउने कुरा,पनि झुठाे हाे।यश कुरालाई पुष्टि गर्न बाईबलमा थुप्रै अाधारहरु भए ता पनि यहाँ एउटै पद नै काफि छ।
(प्रभु यसु ख्रिस्टकाे स्वर्गराेहणकाे घडिमा दुई जना स्वर्गदुतहरुले उहाँको चेलाहरुलाई याे घाेषणा गरे,हे गालिलका मानिसहरु हाे,तिमिहरु किन अाकाश तिर हेर्दै उभिंदछौ?तिमिहरुकाे बिचबाट,स्वर्गमा उठाईनुहुने (#उहीँ यशु) नै यहि प्रकारले अाउनु हुनेछ।जसरी उहालाई स्वर्गतिर जाँदै गर्नु भएको देख्यौ(प्रेरित,१-११)
#यश पदबाट निम्न कुराहरु स्पष्ट हुन्छ।
(१) दाेस्राे अागमनमा प्रभु यसु ख्रिस्ट बेग्लै शरीर नभएर,अाफ्नै स्वर्गराेहणकै शरिरमा अाउनु हुनेछ।
(२) जुन प्रकारले उहाँ स्वर्ग तिर अाराेहण हुनु भयाे त्यहि प्रकारले उहाँ पृथ्वीमा अबराेहण हुनु हुनेछ।
यसु ख्रिस्टकाे अागमन जन्मरुपि हुनेछैन,
#तर अानसान हाेङकाे जन्म बाईबलकाे अगमबाणी अनुसार भएको हाेईन तर AD-1918 मा सामान्य रुपमा बौध धर्मालम्बी बाबू अामा बाट भएको थियाे।
साथै साचाे ख्रिस्टले अाफु बौरनु भएको केही दिन पछि,यसरी भन्नुभयाे,(नडराउ,प्रथम र अन्तिम म नै हु)अनि जिवित म नै हु म मरेकाे थिए अनि हेर म सदा सर्वदाकाे लागि जिवित भएको छु(प्रकाश,१-१७.१८)।
अनि साचाे ख्रिस्ट पाप रहित हुनु हुन्थ्याे,जसरि लेखिएको छ।
उहाले कुनै पाप गर्नु भएन,न ता कुनै छल कपट नै उहाँको मुखमा पाईयाे।( १पत्रुस,२-२२)।
#तर अानसान हाेङले झुठा भविस्य बाणी गरे,उनले पटक पटक विवाह र पारपाचुके गरे,उनले एकै समयमा एक नजा भन्दा बढि पत्निहरु राखे,
र साथै (world mission society church of god)
 झुठाे हाे किनभने यसलाई नेतृत्व गर्ने (चाङ्ग गिल चा) स्व घाेसित पवित्र यरुसलेमकि माता भनेर चिनिने स्वमले पनि (2012)मा  संसारकाे अन्त्य हुन्छ भनी झुठाे अगम वाणी गरेकाे थियाे।तर अहिले हामी 2012 मा हाेईन तर 2020 मा जिई रहेका छौं।त्यसैले याे समूह झुठ हुन भन्ने कुरा समय अाफैले प्रमाण गर्दै अाएकाे छ।
     #त्यसैले निस्कर्ष।
 अन्त्यमा वर्ड मिसन साेसाईटि चर्च अफ गडले मान्ने ख्रिस्ट बाईबलका ख्रिस्ट हाेईन,र उनिहरुले मान्ने पर्मेस्वर बाईबलका पर्मेस्वर हाेईन।

*