कबिता:- भुटान देखि अमेरिका सम्म ।✍️ प्रेम बराइली
म सोच्दै छु यतिबेला पृथ्वीमा मानिस भन्दा श्रेष्ठ प्राणी कुन होला ?
मानिसले लगाये देश देशमा पर्खाल,जन्म भुमी आफ्नो भयेन कस्तो होला ?
नेपाली भाशी हाम्रो दाजु भाइलाइ, भुटानी भन्दा गर्व लाग्छ हौ नेपाली ।
जात,वर्ण,भाशा सस्कृती सबै मिल्छ उनिहरुको सन्तान हुन हाम्रै गोर्खाली ।
लाखौ भुटानिलाइ नेपाली नालाक्पा भनेर रातारात देशबाट निकालियो ,
जन्मेको देशको माया हुदाहुदै ज्यान जोगाउन नेपालको शरणमा आइपुग्यो ।
कति मारिये उतै,कति चेली बलात्कृत भये,कति परिवार छिन्न बिन्न भयो हिसाब भयेन ,
गुडबाट भड्कोयेको चरी झै कहाँ बस्ने के खाने , कसैको केही होस थियेन ।।
हाम्रो धेरै आफ्नो पन मिल्यो नेपाली सग, त्यसैले घाम पानी छेक्ने ठाउँ पाइयो
त्यो दर्दनाक समय कस्ले लेख्ने ? कस्ले बुझ्ने हृदयमा नै दुखायेर अटाइयो ,
धेरै बर्स पछि बाशको छाप्रा जोडियेको घरमा उकुस मुकुस हुँदै बस्न त मन थियेन
तर सास रहुन्जेल आश हुन्छ भने झै आशा रहयो , बुझ्ने त कोहि थियेन ।
मिठो खायेर पिजडामा थुनिनु भन्दा भोको पेटमा स्वतन्त्र रमाउनु आनन्द हुन्छ ,
देश फर्किने रहरहरु थियो ,अहिले पनि घरी घरी बेस्सरी भुटान जाने रहर हुन्छ ।
तर सिमाना छ जाती र देशको , देश फिर्तिको फहल कसैले गरिदियेन ,
बर्शौ बित्यो शरणार्थी भयेर ,अब त जाने कुनै आशा पनि भयेन ।
विश्व खाध्य सस्थाले खान ,लाउन त दिन्थ्यो तर हाम्रो आवस्वक्ता कस्ले बुज्ने,
अरुले दया र माया गरेको पैसा र खानाले थुनियेर कहिले सम्म बाच्ने ?
म रनभुल्लमा छु
म भुटान बाट नेपाली भनेर लखेटिये तर म नेपाली हु भन्न अधिकार पनि छैन ,
मेरा पुर्खा नेपाली नै हुन भने कुन नियमले बाधेर हामिलाइ नेपाली भन्न दियेन ?
हुन त यतिका बर्श बस्दा हामिलाइ पनि उत्तिकै नेपालको माया लागेर आउँछ ,
मान्छे एक देशबाट अर्को देशमा जादा के उसका मानबियता पनि हराउँछ ??
कस्तो नियम हो यो कस्तो नमिलेको रिति ,छुट्याइन्छ यहाँ आफ्नो र बिरानो ,
हाम्रो पनि देश थियो,जहाँ हामी रमाथ्यौ भन्ने कुरा भै दियो पुरानो ।
भुगोलमा कोरियेको सिमानाको रङले, मानबता चटक्कै भुल्दो रैछ ,
जिबनमा कहिले काहीँ फुल रोप्दा बनमारा पनि फुल्दो रैछ ।
कयौ पटक खोजे मेरो देश तर बिस्तारै समयले आफै भुल्दो रैछ ।
बासको छाप्रो भित्रको काथा,जहाँ हजारौ कथा लुकेको थियो जो कतै लेखियेको छैन,
त्यहा भित्रको छट्पटी ,असहज कति थियो कति दुनियाले देखेको थियेन ।
हजारौ सन्ख्या भये पनि सुनसान जस्तै भयेर जीवन चलिरह्यो,
अरुले दिने आशामा , बिना परिस्रम हाम्रो घर भित्र चुल्हो बलि रह्य्हो ।
तर पनि हामी भुटान फर्कन पाये हुन्थ्यो भन्ने सन्त्रासले मन जलि रह्यो ।
हामिलाइ थाहा थियो यो छाप्राहरु परदेशिले बाँस बस्ने यात्रीको घर थियो,
हामी पनि स्वतन्त्र भयेर जिउने फेरि एउटा ठूलो रहर थियो ।
त्यसैले हामिले निर्णय लियौ कि हाम्रो आवाज परमेस्वर सम्म पुग्नु पर्छ ,
आशुसरी हजारौ घुडाहरु बिन्ती र प्राथनामा एकैमनको भयेर टेकिनु पर्छ ।
दुनियाको मानिसले नसुने पनि जिबित परमेस्वरले पक्कै सुन्नु हुन्छ ।
त्यसैले एकपछी अर्को गर्दै हामी प्राथना अभियान चलाउदै गयौ,
औलामा गन्न सकिने बिस्वासी आज अनगिन्ती सन्तान भयौ ।
त्यसैले हाम्रो प्राथना परमेस्वरले सुन्नु भयो ,अनि पोखिने गरि आशीस दिनुभयो,
भुटान जान नपाये पनि अमेरिका सम्मको बासस्थान खोलिदिनु भयो ।
एकपछी अर्को गर्दै हामी अमेरिका जान थाल्यौ,आत्म सम्मान पाउन?
आसिसको झरी बरसिये झै लाग्यो ,स्वतन्त्र भयेर पाउँदा जिउन ।
एउटै परिवार झै थियौ नेपालमा,आज सबै आफ्नै ब्यस्ततामा छुट्टियौ ,
जे भये पनि जिबनमा खुसी मिल्यो त्यसले परमेस्वरलाइ धन्यवाद दियौ ।
यो झिलिमिलीको देशको आधार त्यो सुनसान छाप्राहरु भुल्न सकिँदैन ,
कहिले काहीँ सपना झै लाग्छ जीवन तर सब्दमा भन्न नै सकिँदैन ।
जिबनका यति धेरै उतारचढाव , घाप पानी सग जुद्दै जीवन जिउनु पर्यो,
त्यो छट्पटी ,त्यो रुवाइ अनि त्यो निरासा आज खुशिको आँसु सगै झर्यो ।
यसैले परमेस्वरलाइ धन्यबाद बाहेक हामी सग दिन अरु केही छैन ,
सम्माल्नु भयो आफ्नै सम्झेर ,अब त तपाईं बाट टाढा कतै जानी छैन ।
आमेन ।