कविता - अनमोल बलिदान
उ त मानिसबाट घृणा गरियो र इन्कार गरियो
दुखमा मानिसले मुख लुकाए,उ त क्रस्टले भरियो
हामीले उसलाई थुक्यउ र केहि मोलको गनेनौ
स्वर्गबाट ओर्ली आउने परमेस्वर्को पुत्र चिनेनौ।
तर उसले हाम्रा निम्ति निर्बलता बोक्यो, दुख भोग्यो
जन्मिदा नै लिएका पापहरु क्रुसमा लगेर ठोक्यो
तर हामीले उसलाई खुलमखुल्ला इन्कार गर्यौ
उसलाई परमेश्वरले दण्ड दिएको र पिटेको संझौ
हाम्रा पाप र अधर्मको निम्ति रात दिन पेलियो
हामीमा शान्ति र स्वतन्त्रता ल्याउने दण्ड उसमाथि पर्यो
उसमाथि परेका कोर्राको चोटले हामी निको भयौ।
उ थिचोमिचोमा पर्यो, क्रस्टमा पर्यो तर पनि मुख खोलेन
हामीलाई जिबन दिन र आत्मा बचाऊन उ केहि बोलेन
उसले कुटाइ, थुकाइ , र गिल्ला एकनाश सहिरह्यो
हामीलाई मुक्त गराउन हात पाउमा रगत बगाई दियो ।
शरीर धुजा धुजा परियो कोर्रा र काटिले चिरियो
हाम्रा निम्ति आफ्नो प्रणलाइ दोषबलि झैँ भयो
उसले जिबन मृत्युमा खन्याएर हामीले जिबन पायौ
उसले जिबन मृत्युमा खन्याएर हामीले जिबन पायौ
उसले जिबन मृत्युमा खन्याएर हामीले जिबन पायौ
